ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले चिनिया ‘ग्लोबल सेक्युरिटि इन्सियटिभ’लाई पहिलो पटक समर्थन


ABC News

काठमाडौं १५ भदौ । नेपालले पहिलो पटक चिनिया राष्ट्रपति सी जिनपिंगले अघि बढाएको विआरइसँगै ग्लोवल सेक्युरिट इन्सिएटिभलाई पनि समर्थन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया सरकारले अघि बढाएको वैश्विक पहलहरु मध्ये वैश्विक सुरक्षा पहल(द ग्लोवल सेक्युरिटि इन्सिएटिभ) लाई सांघाइ कोअपरेशन अर्गनाइजेशनको वार्षिक शिखर सम्मेलनका क्रममा भएको दुई पक्षीय वार्तामा समर्थन गर्ने प्रतिवद्धता जनाएका छन ।
प्रधानमन्त्री ओली र चिनिया राष्ट्रपतिका बीचमा शनिबार सांझ चीनको तियान्जीन शहरमा दुई पक्षीय वार्ता भएको थियो । परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार करिब २५ मिनटे प्रतिनिधिमण्डल स्तरमा र करिब २० मिनेट प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग वान अन वान वार्ता गरेका थिए ।
भेटवार्ता लगत्तै चिनिया विदेश मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा नेपालका प्रधानमन्त्री ओलीले विआरआई, ग्लोबल डेभलपमेन्ट इन्सियटिभ र ग्लबोल सेक्युरिटि इन्सिएटिभ तथा ग्लोबल सिभिलाइजेशन इन्सियटिभलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरिएको छ ।
तर नेपालको परराष्ट्र मन्त्रालयले अहिलेसम्म कुनै वक्तव्य निकालेको छैन भने बेइजिंग स्थित नेपाली दूतावासले जारी गरेको वक्तव्यमा भने यसबारेमा कुनै उल्लेख गरिउको छ ।
नेपाली दूतावासले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री ओलीले हालै चीन र भारतले लिपुलेकलाई सीमा नाका र बजार बनाउन सहमति गरेको भन्ने कुराप्रति राष्ट्रपति सीको ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ । तर चिनिया विदेश मन्त्रालयलले जारी वक्तव्यमा यस विषयमा कुनै उल्लेख गरिएको छैन ।


चिनिया विदेश मन्त्रालयले जरी गरिएको वक्तव्यमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध धेरै परीक्षाहरूबाट गुज्रिएर झन् बलियो बनेको बताए। दुवै पक्षले सधैं एकअर्काको सम्मान र विश्वास गरेका छन् र एकअर्काको चासोलाई ध्यान दिएका छन्। चीनसँगको सहकार्यले नेपालको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ। नेपाल एक–चीन सिद्धान्तप्रति दृढतापूर्वक प्रतिबद्ध छ, ‘ताइवान स्वतन्त्रता’ को दृढतापूर्वक विरोध गर्छ र कुनै पनि शक्तिलाई आफ्नो भूभाग प्रयोग गरेर चीनको हितविरुद्ध काम गर्न अनुमति दिँदैन। नेपाल निरन्तर विकास हासिल गर्न प्रतिबद्ध छ र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को सन्दर्भमा चीनसँग सहकार्यलाई गहिरो बनाउन उत्सुक छ। हामी व्यापार, लगानी, कृषि, विज्ञान र प्रविधि, पर्यटन, जलवायु प्रतिक्रिया, र अन्य क्षेत्रमा चीनसँग सहकार्यलाई बृद्धि गर्नेछौं र थप सकारात्मक परिणामहरू प्रदान गर्नेछौं। नेपालले चीनले प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ, र ग्लोबल सिभिलाइजेशन इनिसिएटिभलाई समर्थन गर्छ, शाङ्घाई सहकार्य संगठन (एससीओ )को भूमिकालाई मूल्यवान ठान्छ, ‘शाङ्घाई स्पिरिट’ लाई सक्रिय रूपमा समर्थन गर्छ, र अन्तर्राष्ट्रिय मामिलामा चीनले अझ ठूलो भूमिका खेलोस् भन्ने अपेक्षा राख्छ।

Prime Minister @kpsharmaoli held a cordial and productive bilateral meeting with President Xi Jinping of China.
Both sides agreed to activate mechanisms to further deepen Nepal–China friendship and advance cooperation across diverse sectors. pic.twitter.com/86qZwAm2TT

— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) August 30, 2025

यसभन्दा पहिलेसम्म चिनिया पक्षले अनुरोध गरे पनि नेपालले सेक्युरिटि इन्सियटिभलाई समर्थन गरेको थिएन ।

द्विपक्षीय वार्ता बारे डा खतिवडा— pic.twitter.com/FlvHLuE8P0

— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) August 31, 2025

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com