काठमाडौ २० साउन । अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्ड अवरुद्ध भएको छ ।
दाङ–सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराई जानकारी दिनुभयो ।
लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका–३ को सडक खण्डमा पहिरोले गाडी आवातजावत रोकिएका हुन् । सडक खुलाउने प्रयास भइरहेको प्रमुख भट्टराईले जानकारी दिनुभयो । यात्रुलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन प्रहरीको आग्रह छ ।







प्रतिक्रिया दिनुहोस्