ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यात्रु हुदै राज्यलाई ठग्दै पठाओ र इन्ड्राइभ


एबीसी न्यूज

काठमाडौं, १५ जेठ । एक दिनमा लाखौ जनतालाई करोडौं ठग्छ, पठाओ र इन्ड्राइभले तर विडम्बना भनै सरकार आँखा चिम्लिएर बसेको छ । निजी प्लेटमा दर्ता भएको मोटरसाइकल वा स्कुटर पठाओ र इन्ड्राइभको रुप चलिरहेको छ । पठाओ र इन्ड्राइभमार्फत दिनहुँ लाखौ यात्रु आफ्नो गन्तव्यमा जाने गरेका छन् ।

पठाओ र इन्ड्राइभले जुन भाडा लिँदै आएको छ, त्यो राज्यले तोकिदिएको होइन् । उनीहरुले आफूखुशी राखेका हुन् । अर्कोतिर, निजी प्लेटमा दर्ता भएकाले ती सवारी साधनबाट राज्य राजश्वविहिन छ । कानुनलाई मान्ने हो भने निजी प्लेटका सवारी साधनले यात्रु बोक्नै पाउँदैन् । तर, पछिल्लो समय निजी प्लेटका सवारीले खुलेआम यात्रु बोकिरहेका छन् ।

काठमाडौं उपत्यकाको चोकतिर निस्क्यो कि जाने हो ? ’ भन्दै मोटरसाइकल चालक सोध्न आइहाल्छन्। चाबहिल, कोटेश्वर, तीनकुनेजस्ता चोकमा त यसरी सोध्न आउनेको घुइँचो नै हुन्छ। उनीहरू ‘अफलाइन’ राइडर हुन्। कोही पठाओ, कुनैले इनड्राइभर वा टुटलको पनि नाम लिने गर्छन्। यसरी अफलाइन यात्रु बोक्नेले अप्ठ्यारोमा परेका यात्रुलाई लुट्ने गरेका घटना सार्वजनिक नभएका पनि होइनन् । नेपाल प्रहरीले चोकचोक र बाटो ढुकेर बसेका अफलाइन राइडरहरूले ठगी गर्ने गरेको गुनासो आइरहेको बताएको छ । अनलाइन नै बसेर सम्बन्धित कम्पनीमा दर्ता भएर प्रयोगमा आएका अनलाइन राइडहरू अफलाइनको तुलनामा केही सुरक्षित हुन्छन्। उनीहरूले नियमित रूपमा उक्त कम्पनीसँगको सहकार्यमा काम गरिरहेका हुन्छन्। तर, अनलाइन बसेर सर्भिस दिँदा कम्पनीलाई बुझाउनु पर्ने करको झन्झटले पछिल्लो समय अफलाइन राइडरहरू बढ्दै गएका छन्। बाटोमा बसेर जाने हो भन्दै पैसाको बार्गेनिङ गर्ने दुईपाङ्ग्रे सवारीसाधन चालकहरू अफलाइन राइडर हुन्। प्रहरी भन्छ, ‘उनीहरूसँग सजक हुन जरुरी छ। उनीहरूसँग यात्रा गर्दा लुटिने, ठगिने सम्भावना बढी हुने तथा दुर्घटनामा परिहाले पनि कुनै सेवासुविधा पाइँदैन।’

अफलाइन राइडले ठगी गर्ने गरेको जनगुनासो बढेपछि उपत्यकामा प्रहरी अफलाइन राइडरविरुद्ध उजुरी आएको खण्डमा कसुरअनुसारको कारवाही अगाडि बढाएका बताउछ । यता मान्छे ठग्नेमा दुई पाङ्ग्रे मात्र होइन्, चार पाङ्ग्रे पनि निजी प्लेटकै छन् । दुई पाङ्ग्रे सवारी साधनले एक किलोमिटरमा ३५ देखि एक सय रुपैयाँ लिन्छ । उनीहरुले मान्छे हेरेर पैसा तोक्ने गरेका छन् । कारहरुले किलोमिटरमै हजार रुपैयाँ असुल्छ । काठमाडौं उपत्यकाभित्र त यसरी खुलेआम ठगी भइरहेको छ भने उपत्यकाबाहिरको हालत के होला ? जो कोहीलेपनि सहजै अनुमान गर्न सक्छ ।

न सरकार यात्रु ठग्ने सवारी साधनलाई कारबाही गर्न सक्छ न भाडादर तोक्न । उनीहरुलाई कालो प्लेटमा रुपान्तरण गर्न पनि सरकार नाकाम भएको छ । पठाओ चालकहरुले बिहानदेखि साँझसम्म खट्दा चार हजारदेखि १० हजार रुपैयाँसम्म कमाउँछन् । तर, त्यसको पनि कर तिरिएको हुदैन । त्यसैगरी, मोटरसाइकल वा स्कुटरमा गरिएको दुईदेखि पाँच लाख र कारमा गरिएको पचासौं लाख रुपैयाँको कर तिरिएको छैन् । यो विषयमा सरकारले आँखा चिम्लीएको छ । सरकारी कर्मचारीहरु ड्रेस लगाएर पठाओ र इन्ड्राइभमा यात्रा गरिरहेको भेटिन्छन् । सांंसदहरु पनि लोगो भिरेर पठाओ चढ्छन् । तर, उनीहरुले त्यसलाई कानुनको दायरामा ल्याउन चासो देखाउँदैनन् । पठाओ सञ्चालन भएको वर्षौं बितिसक्यो ।

विडम्बना, सरकारले अहिलेसम्म पनि पठाओ र इन्ड्राइभ सञ्चालनका लागि कानुन बनाउन सकेको छैन् । कानुन नहुँदा पठाओ र इन्ड्राइभ चालक यात्रु ठग्न सजिलो बनेको छ । सरकारले लाचार भएपनि देशमा लुटतन्त्र मौलाउनु स्वाभाविकै हो । सेवाको नाममा आफू ठगिएको छु कि रु आम नागरिक अब सचेत बन्न आवश्यक छ। थोत्रो मोटरसाइकल र स्कुटीमा चढ्दा यात्रुलाई जोखिम बढेको छ । तैपनि जनताले हेलचेक्य्राइँ गरिरहेका छन् ।

आफ्नो सुरक्षाको विषयलाई उनीहरुले ख्यालख्यालमा लिइरहेको अवस्था छ । सरकारले अब पठाओहरुलाई कि कालो प्लेटमा दर्ता गर भन्नुपर्छ कि चलाउन रोक लगाउनुपर्छ । रातो प्लेट निजी सम्पत्ति हो । निजी प्लेटको सवारी साधन आफ्नो घरपरिवारका सदस्य बोक्नका लागि मात्रै हो । सरकारले निजी प्लेटको भाडा तोक्न मिल्दैन् । कानुनले स्पष्ट रुपमा निजी प्लेटका सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्था गरेको छ । अनि सडकमा पठाओ र इन्ड्राइभ को नाममा राता नम्वर टाँसेका सवारी साधनले यात्रु बोकेर हिड्दा ट्राफिक के हेरेर बस्छ रु ऐनकानुन के हो सवैलाई बराबर हुनुपर्छ । यसरी यात्रु हुदै राज्य सम्म ठग्ने यस्ता कम्पनीलाई छानविनको दायरामा तानिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com