काठमाडौं, १२ चैत । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संघीय संसद् भवनमा बस्दैछ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगको म्याद थप अध्यादेश प्रतिस्थापन विधेयक पेस हुँदैछ ।
संसद् सचिवालयले सम्भावित कार्यसूचीमा विधेयक पेस प्रस्ताव गरेको छ । कानुनमन्त्री शेरबहादुर तामाङले विधेयक प्रतिनिधिसभामा पेस गर्नु हुने । संसद् अधिवेशन नभएको अवस्थामा माघ ५ गते अध्यादेश जारी गरी आयोगको म्याद थपिएको थियो ।
संवैधानिक व्यवस्था अनुसार संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्नेछ । संसद्को चालु अधिवेशन फागुन २० देखि सुरु भएको हो । वैशाख २० सम्म विधेयक पारित गरिसक्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्