ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीस वर्ष पुराना ११० सवारी जफत


admin

काठमाडौँ, ७ चैत । यातायात व्यवस्था विभागले २० वर्ष पुराना ११० वटा सार्वजनिक सवारी साधन जफत गरेको छ ।

पछिल्लोपटक मंगलबार वीरगञ्जबाट १६ वटा २० वर्ष पुराना सवारी जफत गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले राससलाई जानकारी दिनुभयो ।

चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत शुरु गरेका थिए । प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी चैत १ गतेदेखि देशभरका सडकमा २० वर्ष पुराना सार्वजनिक यातायात गुड्न रोक लगाएको थियो ।

विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सवारी पत्रुका लागि निवेदन दिन व्यवसायीलाई सूचित गरेको थियो । त्यस अवधिमा १२७ सवारी पत्रु गर्न १४ अञ्चल कार्यालयमार्फत विभागमा निवेदन प्राप्त भएको देशभर २० वर्ष पुराना सवारीको संख्या १६ हजार ९६१ रहेको विभागले जनाएको छ ।

सरकारले हरियो प्लेट, मिटर ट्याक्सी र अन्य सार्वजनिक यातायातका सवारीलाई २० वर्षे नियम लगाएको हो । निजी र सरकारी नम्बर प्लेटका २० वर्ष पुराना सवारी पनि हटाइनुपर्ने यातायात क्षेत्रका विकृतिविरुद्ध आवाज उठाइरहनुभएका भक्तपुरका रामबहादुर थापाले माग गर्नुभयो ।

निजी र सरकारी नम्बर प्लेटका २० वर्ष पुराना सवारी गुड्न निषेध नगर्दा सडकमा प्रदूषण कम हुन नसकेको उहाँले बताउनुभयो । यातायात व्यवसायीको विरोधका बाबजुद विभागले सडकमा २० वर्ष पुराना सवारी गुडे÷नगुडेको निरीक्षणलाई निरन्तरता दिएको छ ।

यातायात व्यवसायीले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा २० वर्ष पुराना सवारी जफत गर्ने अभियान बन्द गर्न माग गरिरहेको अभियन्ता थापाले बताउनुभयो । सरकारले यातायात व्यवसायीका पक्षमा नेपाल राजपत्रमा प्रकाशित भएको सूचनाविपरीत निर्णय गरे प्रदूषण एवं दुर्घटना बढ्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज एकैदिन मनाइँदै रक्षाबन्धन र जनैपूर्णिमा

  काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

नेकपा एमाले सचिवालयको ११ औँ बैठकका निर्णय यस्ता छन्

काठमाडौं, २६ साउन ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी चुनावको घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको

अध्यक्ष ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं, २६ साउन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सबै

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज एकैदिन मनाइँदै रक्षाबन्धन र जनैपूर्णिमा

नेकपा एमाले सचिवालयको ११ औँ बैठकका निर्णय यस्ता छन्

अध्यक्ष ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन कमिटी गठन

कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको ज्यान गयो

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

छोरीको प्रेमीलाई घरमै बोलाएर बाबुले गरे कुटपिट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com