ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोडसेडिङ हुने अवस्था आए बक्यौता नतिर्नेको लाइन काटिन्छ- कुलमान


एबीसी न्यूज
६ चैत्र २०८१, बिहिबार   ७ : ३६   बजे

काठमाडौं ७ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुने अवस्था आइहाले बक्यौता नतिर्नेको लाइन काटेर अन्यत्र वितरण गरिने बताएका छन्।

घिसिङले अहिले लोडसेडिङ हुने अवस्था नरहेको तर माग बढ्दै जाँदा त्यस्तो अवस्था आए डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली प्रयोग गरेका तर बक्यौता नतिरेकाहरूको लाइन काटिने बताएका हुन्।

भारतसँग रातिको समयमा पनि बिजुली बिडिङ गर्नका लागि छलफल भइरहेको उनको भनाइ छ। भारतले रातिको समयका लागि पनि बिजुली बिडिङ गर्न दिए कतै पनि लाइन काट्नुपर्ने अवस्था नआउने घिसिङले दाबी गरे।

‘माग बढेर लोडसेडिङ हुने अवस्था आइहाले डेडिकेडेड ट्रंकलाइनको बक्यौता छ, त्यसलाई काट्दै जान्छौँ। त्यसले पनि पुग्दैन भने अरु पनि प्राथमिकता बनाएर काट्छौँ,’ घिसिङले बिहीबार नेपालखबरसँग भने, ‘यो अवस्था भनेको केही समयलाई मात्रै हो। भारतले राति पनि बिडिङ गर्न दिइहाल्यो भने कतै पनि लाइन काट्नुपर्ने अवस्था पनि आउँदैन।’

उनले अहिले दिउँसो कतै पनि लाइन नकाटिएको र उद्योगहरूमा १र२ घण्टा मात्रै काटिएको जानकारी पनि दिए।

‘दिउँसो त सबैले पाइरहेकै छन्। एकदेखि डेढ महिनाको अवधि हो। केही ठाउँमा १(२ घण्टा लाइन काटिने वैशाख १५ पछि त हाम्लाइ बढी नै हुन्छ। बेच्नु नै पर्छ,’ उनले भने।

उनका अनुसार, हरेक वर्ष चार(पाँच गुणाले विद्युतको माग बढिरहेको छ।

उनले उद्योगीहरूले अहिले १२ घण्टा लोडसेडिङ भइरहेको बताएकोप्रति आपत्ति पनि जनाए।

‘उद्योगीलाई दिउँसो पूरा बिजुली दिइरहेका छौँ। राति पनि केही दिएका छौँ। कुनै पनि उद्योग २४ घण्टा चल्दैन,’ उनले भने, ‘हामीले २४ घण्टा पनि त दिइहेकै हो नि। पूरा लाइन दिएको बेलामा १२ घण्टा पनि चलाउनुहुँदैन उहाँहरूले। १ घण्टा, २ घण्टा कम भयो भने १२ घण्टा लोडसेडिङ गर्‍यो भनेर हल्ला गर्नुहुन्छ, त्यो पनि राम्रो भएन।’

उनले बिजुली वितरणको विषयलाई बोलेर नभई व्यवस्थापन गरेर देखाउने पनि बताए।

त्यस्तै उनले घर तथा अन्य ग्राहकको हकमा कतै पनि लाइन नकाटिने बताए।

‘घर तथा अन्य ग्राहकको हकमा कहीँ केही हुँदैन,’ उनले भने, ‘हाम्रै पावर प्लान्टबाट अहिले जति बिजुली उत्पादन भइरहेको छ। अब यो घट्दैन हिउँ पग्लिँदै जान्छ उत्पादन बढ्दै जान्छ।’

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बुधबार राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group