ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको ‘ट्रेड वार’ले अमेरिकी बजार तनावग्रस्त, विश्वव्यापी ‘भोक युद्ध’को खतरा !


ABC News

क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत र चीनमाथि ३९ प्रतिशत शुल्क थोपरिंदा उतिनै प्रतिशोधात्मक शुल्कको जबाफी घोषणा

काठमाडौं २० फागुन । एबीसी टिप्पणीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च ४ तारिखबाट लागू गरेका नयाँ शुल्कहरू उनको अहिलेसम्मकै पराकाष्ठा हो । अमेरिकाले आफ्ना तीन ठूला व्यापारिक साझेदारहरूलाई निशाना बनाएको छ । क्यानाडा, मेक्सिको र चीनमाथि थोपरिएका प्रत्यक्ष करले विश्व बजारलाई नै अस्थिर बनाउने तरखरमा पुग्दैछ ।

ट्रम्पले जे भनेका थिए त्यो वास्तवमै कार्यान्वयन गरेरै देखाइदिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि क्यानाडा र मेक्सिको, अमेरिकाका दुई ठूला व्यापारिक साझेदारहरूमाथि भारी शुल्क लगाउने धम्की दिँदै आएका थिए। गत महिना, जब उनले घोषणा गरेका शुल्कहरू पहिलो पटक लागू हुने लागेका बेला दुवै देशहरूलाई अन्तिम मिनेटमा केही समय राहत दिएका थिए । तर यस पटक, उनी नरम हुने मनस्थितिमा थिएनन्। नयाँ शुल्कहरू मार्च ४ बिहान १२ः०१ बजेदेखि लागू भएका छन् । अमेरिकाले आफ्ना दुई छिमेकी देशहरुबाट अमेरिका आयात हुने अधिकांश बस्तु आयातमा २५% शुल्क लगाएको छ भने चिनियाँ सामानहरूमा अर्को १०% शुल्क थपेका छन् । गत महिना देखि नै लागू हुने गरी १०% शुल्कमाथि यसपटक उति नै थपेर २० प्रतिशत पु¥याएका छन्। उनको पहिलो कार्यकालमा कतपय चिनिया बस्तुहरुको आयतमा झण्डै ६५ प्रतिशत सम्म लादिएका शुल्कहरूले तनाव सिर्जना गरेको थियो ।

चीनले पनि जबाफमा विभिन्न अमेरिकी बस्तुहरुमाथि क्रमश शुल्क घोषण गरेको छ ।
राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि ट्यारिफ लगाएको घोषण गर्नासाथ बेइजिङ र ओटावाले तत्काल प्रतिशोधको घोषणा गरेका थिए । यसले वैश्विक अर्थतन्त्रबारे लगानीकर्ताहरुलाई चिन्तालाई बनाएको छ । बढ्दो व्यापार युद्धले वैश्विक अनिश्चितता थप्नुका साथै ट्रम्प प्रशासनले युक्रेनमा सैन्य सहायता स्थगित गर्ने निर्णय गरिदिएपछि युरोपलाई हल्लाउन पुगेको छ ।
चीनको अर्थ मन्त्रालयले संयुक्त राज्य अमेरिकाबाट आयात हुने कुखुरा, गहुँ, मकै र कपासमा १५% ट्यारिफ घोषणा गरेको छ भने जोरम, सोयाबीन, पोर्क, बीफ, जलचर उत्पादन, फलफूल, तरकारी र डेरी उत्पादनहरूमा १०% ट्यारिफ लगाइदिएको छ ।

क्यानडाले ३० बिलियन मूल्य बराबरका अमेरिकी वस्तुहरूमाथि २५% ट्यारिफ लगाएको छ । यसभित्र कुन कुन बस्तु र उत्पादनहरू छन् भन्ने विस्तृत विवरण खुलाइएको छैन। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एक वक्तव्य मार्फत ट्यारिफ अर्को २१ दिनसम्ममा अमेरिकी वस्तुहरूको १२५ बिलियन डलरसम्मको आयतमा विस्तार गर्ने बताएका छन् ।

ट्रम्पले प्रायः शुल्कहरूप्रति अधिक लगाव देखाएका छन्। ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई ट्यारिफबाट नै बलियो बनाउनसरकारको लागि राजस्व सिर्जना गर्ने दावी गर्दै आएका छन् । उनले कारदेखि सेमिकन्डक्टरसम्म र मित्र र कथित शत्रु दुवैमाथि शुल्क लगाउने बारेमा सोचेका छन्। तर धेरै लगानीकर्ता र कम्पनीका मालिकहरूले उनको संरक्षणवादी कुराकानी धेरै हल्ला र कम कार्य हुने ठानेकाहरु प्नि यसपटक चकित परेका छन् । धेरैले उनी फेरि पछि हट्छन्, विशेष गरी उत्तरी मेक्सिको र क्यानडाका हकमा भन्ने ठानेका थिए । ट्रम्पले शुल्कहरू लागू गर्ने घोषणा गरेको केही सेकेन्डभित्रै स्टक बजारहरू ओरालो लागे। ठूला अमेरिकी कम्पनीहरूको एस एण्ड पी ५०० सूचकांक दिनको अन्त्यमा करिब २% ले घट्यो, वर्षको सबैभन्दा ठूलो गिरावट हो यो ।

यदि उनी ट्यारिफ नीतिमा अडिग रहिरहे भने, क्यानाडा र मेक्सिकोमाथिका शुल्कहरू लगभग एक शताब्दीमा अमेरिकी राष्ट्रपतिद्वारा गरिएको सबैभन्दा चरम र खतरनाक संरक्षणवादी कदमको रूपमा रहनेछन्। ट्रम्पको यो कदमले अमेरिका, क्यानाडा र मेक्सिको बीचको त्रिपक्षीय व्यापार सम्बन्धलाई डरलाग्दो खतराको डिलमा पु¥याउने भन्दै अमेकिामा चौतर्फी चिन्ता व्यक्त गरिएको छ । उत्तर अमेरिकी व्यापर कारोवार र साझेदारीलाई विश्वको सबैभन्दा सफल आर्थिक एकीकरणको उदाहरणमध्ये एक मानिन्थ्यो । विशेष गरी कार उद्योगमा त तिनै वटै देश एउटै कम्पनीका अलग अलग शाखाका रुपमा काम गर्दै आएका थिए । केही सवारी साधनका पार्टपुर्जाहरू अन्तिम संयोजनमा पुग्नुअघि अमेरिकाको सीमालाई सात पटक पार गर्ने फाइनान्सीयल टाइम्सले उल्लेख गरेको छ । व्यापार प्रतिनिधिहरूले चेतावनी अनुसार अब यसखाले पाटपूर्जाले प्रत्येक पटक सीमा पार गर्दा शुल्क लाग्नेछ। यसो हुँदा लागतहरू बढ्ने कारणले केही फर्महरूलाई उत्पादन रोक्न बाध्य बनाउन सक्छ। ट्रम्पको साधारण दृष्टिकोणमा, शुल्कहरूले कार निर्माताहरूलाई अमेरिकामा प्लान्टहरू स्थापना गर्न वा सार्न प्रोत्साहन दिनेछ। वास्तविकतामा, यी अवरोधहरूले आपूर्ति शृंखलाहरूलाई अवरुद्ध बनाउने र उपभोक्ताहरूको लागि उच्च लागत निम्त्याएर समग्र अमेरिकी उभोक्ताले महंगीको मार खेप्नु पर्ने हुनसक्छ । द इकोनोमिष्टका अनुसार अमेरिकामा औसत कारको मूल्यमा करिब २,५०० डलरले बढ्नेछ।

क्यानाडा र मेक्सिकोले पहिले नै चेतावनी दिएका थिए, उनीहरूले पनि अमेरिकी उत्पादनहरूमाथि आफ्नैखाले शुल्कहरू लगाउनेछन् । क्यानडाले झण्डै अमेरिकाले जस्तै समानान्तर शुल्क घोषणा गरिसकेको छ । ओटावका प्रधानमन्त्रीले अमेरिकी राज्यमा निर्यात गरिरहेको विद्युत उर्जा बन्द गर्ने चेतावनी दिएका छन् । यो प्रतिशोधको प्रतिस्पर्धाले उत्तर अमेरिकी बजारलाई नराम्रोसँग हल्लाएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोस्ट गरेका छन् ः अमेरिकी किसानहरूले “संयुक्त राज्यभित्र बिक्री गर्न धेरै कृषि उत्पादनहरू बनाउन शुरू गर्न तयार हुनुपर्छ“। ट्रम्पको आदेश अनुसार निर्यातको लागि मकै र गहुँ उब्जाएर मेक्सिकन एभोकाडोहरू प्रतिस्थापन गर्न अमेरिकी किसानहरूको लागि ठूलो चुनौती हुन सक्छ।

चीनको प्रतिशोधमा संयुक्त राज्यका खाद्य आयातमा कर लगाउनुका साथै विभिन्न १५ अमेरिकी कम्पनीहरूलाई चिनियाँ वस्तुहरूको बिक्री रोक्ने निर्णय गरेको छ । चीन, अमेरिकी किसानहरूका लागि प्रमुख विदेशी बजार हो । अब यो युद्धले अमेरिकी मध्यपश्चिमी क्षेत्रका वस्तु बजारहरूमा मूल्य र मागमा महत्त्वपूर्ण प्रभाव पर्नेछ ।

क्यानाडा, चीन र मेक्सिकोमाथिका लगाइउका शुल्कहरूबाट संघीय सरकारको लागि वार्षिक १०० अर्ब डलर भन्दा धेरै आम्दानी हुने ट्रम्पको विश्वास छ । ट्याक्स फाउन्डेशन एक थिंक ट्यांकका अनुसार थप कर संकलनले करिब २%, भन्दा बढी थप गर्नेछन् । मेक्सिको र क्यानाडा अमेरिकाका लागि स्प्रिंग बीन्सदेखि टमाटर, कारदेखि कच्चा तेलसम्मका बस्तुहरु प्रमुख आयत गर्ने देश हुन् । यी उत्पादनहरू, र धेरै अन्यको मूल्य, आगामी महिनाहरूमा बढ्ने सम्भावना छ।

अमेरिका एक्लै तीन दशकभन्दा बढीको स्वतन्त्र व्यापारबाट विकसित क्षेत्रीय उत्पादन सञ्जालहरूबाट बाहिर जाने कदमले अमेरिकाकै साझेदारहरुलाई गहिरो आघात पु¥याएको छ । यी तीन देशहरू ५० करोड जनसंख्या भएका साझा बजार मूल्यहरु आपसमा बाँड्ना बजार थिए । क्यानाडासँग विशाल खनिज सम्पदा; मेक्सिकोले सस्तो श्रम अमेरिकी प्रविधि कुशलताको संयोजनले यो महाद्विप अघि बढेको थियो । अब यो भाँडिएको छ ।

अमेरिकाका छिमेकीहरूमाथिका शुल्कहरू निकै असाधारण छन् । ट्रम्पको चीनमाथिका नयाँ थप शुल्कहरूले मिडियाको थोरै ध्यानाकर्षण गरेको छ। पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्स नामक थिंक ट्यांकका अनुसार उनको पहिलो कार्यकालमा चीनसँग वर्षौंसम्म चलेका विवादहरू र श्रृंखलाबद्ध वार्ताहरूका चरणहरू अमेरिकाको आफ्नो प्रतिद्वन्द्वीमाथि औसतमा १९% शुल्क लगाएको थियो ।

अहिले ट्रम्पको नयाँ कार्यकालको दुई महिना पनि नपुग्दै, चीनबाट हुने सबै आयातमा २०% शुल्क थपेका छन्। नयाँ शुल्कहरू विशेषगरी कम्प्युटर, खेलौना र स्मार्टफोन जस्ता उत्पादनहरूसम्म विस्तार भएको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उपभोक्ताहरूलाई मूल्य वृद्धिबाट जोगाउन अतिरिक्त शुल्कहरूबाट सकेसम्म जोगिन खोजेजस्तो देखिएकोमा यसपटक भने उनी दृढतपूर्वक निर्दयी बन्ने बाटोमा अघि बढेका छन् । चीनमाथि सन् २०२१देखि बाइडेन प्रशासनले समेत निरन्तरता दिएको करमाथि यसपटक थपिएको कर गरेर ३९ प्रतिशत पुगेको देखिन्छ ।

ट्रम्पको पहिलो कार्यकालका शुल्कहरू पनि कर कटौतीद्वारा संचालित बलियो आर्थिक वृद्धिको पृष्ठभूमिमा उनले कर बृद्धि कानूनमा हस्ताक्षर गरेका थिए। सर्वेक्षणहरूले देखाए अनुसार उपभोक्ताहरू शुल्कहरूको कारण मुद्रास्फीतिको पुनरुत्थानको बारेमा बढी चिन्तित छन्। अनिश्चितताहरूले व्यवसायहरूलाई लगानी गर्नबाट पनि निरुत्साहित गर्ने निश्चित छ । सार्वजनिक वित्त दिनप्रतिदिन तनावग्रस्त बन्दै गएको छ, अर्को ठूलो कर कटौतीको लागि दायरा झनै सीमित छ। यसले अमेरिकी अर्थतन्त्रले ठूलो झटकाको सामना गर्न लागेको छ भने विश्वव्यापी ट्रम्पको ट्रेड वार घोषणा भएको छ । यो बेग्लै कुरा हो कि मानिसहरु एकआपसमा गोली बम र रकेट आक्रमणबाट मर्ने युद्ध रोक्दै गर्दा ट्रम्पले महंगी र अभाव तथा बेरोजगारी सिर्जना हुने भोकयुद्धले मर्ने डरलाग्दै संकट आउन पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com