ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिराहामा प्रचण्डले कहाँ के के गरे ? (विस्तृतमा फोटोफिचर समेत)


एबीसी न्यूज
१७ फाल्गुन २०८१, शनिबार   ४ : ५४   बजे

काठमाडौं १७ फागुन । मेची–महाकाली अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार सिराहा जिल्लाका विभिन्न कार्यक्रममा सम्वोधन तथा स्थानीय र पार्टी कार्यकर्तासँग भेट घाट गरेका छन् ।

सिरहा १९ सनैठामा प्रचण्डलाई मिथिला पेन्टिङले स्वागत गरेको थियो ।उनको अभियान टोलीले आज विहानको खाना सोही ठाउमा खाएको छ।

नियमति मर्निंग वाक गर्ने प्रचण्डले सिराहामा शनिबार विहान सिराहा जिल्लाको भगवानपुरको मर्निङ वकमा बलान नदिको निरिक्षण गरेका थिए । स्थानिय पार्टी कार्यकर्ताको साथमा कम्तीमा ८ किमी यात्रा गरेका प्रचण्डले बलान नदी तटबन्ध निर्माणका लागि पहल गर्ने आश्वासन दिएका थिए ।


रिङ्कु सदाको घरममा पुगेर न्यायका लागि ऐक्यवद्धता
विहाको कार्यक्रम अन्तर्गत नै सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन । जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा सिरहा पुगेका प्रचण्ड सहित माओवादी केन्द्रका नेताहरु रिङ्कुको घरमै पुगेर न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता गरेका थिए ।


प्रचण्डले आफ्नो पार्टीले रिङ्कुको न्यायका लागि संसदमा आवाज उठाएको जानकारी दिँदै जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताएको समाचारामा जनाइएको छ । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी गराएको उल्लेख गर्दै उनले छानबिनलाई चाँडो निष्कर्षमा पुर्याउन प्रहरीलाई आग्रह गरिएको बताए ।


सो क्रममा उनले रिङ्कुको न्यायका लागि मुसहर समुदायले गरिरहेको संघर्षप्रति पनि एक्यवद्धता जनाए ,। रिङ्कुकै घरमा संघर्ष समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेसका विभेद, अपमान र अत्याचारका विरुद्ध आवाज उठाउन नै पार्टीले तराई मधेस जागरण अभियान सञ्चालन गरेको र यस्ता घटनाका विरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
बलात्कार जस्तो जघन्य अपराधमा तत्काल पीडितलाई न्यायका लागि पहल गर्नुको साटो गाउँमै मिलापत्र गराउन खोज्नु राष्ट्रकै लागि लज्जास्पद घटना भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्ड तत्काल पीडितमाथि न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
रिङ्कु मृत्यु प्रकरणमा प्रहरीले अहिले कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा अनुसन्धान गरिरहेको छ।
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन । त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो । माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन।

काङ्ग्रेसका एक सय बढी माओवादी प्रवेश
गत स्थानीय निर्वाचननमा सिरहाको औरही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका प्रत्यासी गंगाराम यादवसहित एक बढी काङ्ग्रेसका नेता कार्यकर्तालाई प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।

सिराहाको औरही ४ इटाटारमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले नवप्रवेशीलाई स्वागत गरेका थिए ।


गत स्थानीय निर्वाचनमा यो वडा माओवादी केन्द्रले जितेको थियो भने काङ्ग्रेस दोस्रो भएको थियो । आज माओवादी केन्द्र प्रवेश गर्नुभएका यादवले उक्त निर्वाचनमा ५२५ मत प्राप्त गरेका थिए ,। यो वडा यादव समुदायको बाहुल्यता भएको वस्ती हो।
प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताए । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिएका थिए ।

शानिबार नै सिराहा नगरपालिका पार्टी कमिटीले गरेको खवरदारी सभालाई सम्वोधन गर्दै स्थानीय सरकारलाई बलियो बनाउन पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group