काठमाडौं २० माघ । बिश्व भरी अटिजम भएका बालबालिकाको संख्या प्रत्येक बर्ष बृद्धि भइरहेकोमा नेपालमा पनि बालबालिकाहरुमा अटिजम देखापर्ने क्रम बढदै गएकाले बिगत ४ बर्ष देखि Hope Child Development Research Center Nepal ले बालबालिको स्वास्थ्य समस्या समाधान गर्नका लागि उपचार, हेरविचार, अभिभावकहरुलाई तालिम तथा सहयोग जस्ता क्रियाकलाप गर्दै आइरहेको छ ।
साथै होप सेन्टरले उक्त बालबालिकाहरुको स्वस्थ्य सुधारका लागि बिभिन्न किसमिका थेरापिहरुको माध्यमबाट कार्य गर्दै आएको छ । अटिजम भएका बालबालिकाहरुले पछि भबिस्यमा आफनो काम आफै गर्न सक्ने र आफनो जीबन यापन गर्न सहयोग पुग्ने गरी बिभिन्न किसमिका थेरापीहरुको माध्यमबाट बालबालिकाहरुलाइ सिप र ज्ञान प्रभावकारी रुपमा दिदै आईरहेको छ ।
Hope Child Development Research Center Nepal ले अटिजम भएका बालबालिकाहरुको बौद्धिक, मानसकि, भाषा शारीरिक बिकास सम्बन्धि समस्याको पहिचान गरी उक्त बालबालिकाहरुको लागि आवश्यक पर्ने थेरापीको माध्यमबाट अरु बालबालिका सरह आत्मनिर्भर बनाई नियमित रुपमा बिधालय जाने र अरुको सहयोग बिना जीवन यापन गर्न सक्ने गरी सेवा दिदै आएको छ ।
अहिले सम्म अटिजम अटिजम भएका बालबालिकाको उपचार गर्नको लागि धौषधि उत्पादन नभएको र अटिजम के कारणले हुन्छ भन्ने कुरा पनि अहिले सम्मको अनुसन्धानले पत्ता लगाउन सकेको छैन । अटिजम सम्बन्धि बिज्ञ चिकित्सकका अनुसार यसको औषधि नभएकोले थेरापिको माध्यमबाट मात्र बालबालिकाहरुलाई सुधार गरी सक्षम बनाउन सकिने बताएका छन ।
नेपालको जनगणना २०७८ अनुसार चार हजार ८८४ जनामा अटिजम भएको देखाएको छ । तर बिश्व स्वास्थ्य संगठनले नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरिएको छ ।
अटिजमको समस्यालाई गहिरो स्वास्थ्य समस्या बन्न नदिनका लागि अटिजम संग सम्बन्धि बिज्ञ चिकित्सकहरुले नियमित रुपमा थेरापीको माध्यमबाट मात्र अटिजम भएका बालबालिकाहरुलाइ सुधार गर्न सकिने सल्लाह दिदै आएका छन ।
प्रतिक्रिया दिनुहोस्