ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : विद्यार्थी नै ‘हेल्थ एम्बेसडर’


एबीसी न्यूज
२७ पुस २०८१, शनिबार   ११ : ५२   बजे

काठमाडौं २७ पुस । सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्याएको छ । गएको मङ्सिरमा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिका ल्याएको हो ।

निर्देशिकामा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्ने तथा महिनावारी स्वास्थ्य व्यवस्थापन गर्ने, स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने र आधारभूत स्वास्थ्य तथा पोषण सेवाको पहुँच पुर्‍याउने उद्देश्य रहेको छ ।

एक हजारसम्म विद्यार्थी सङ्ख्या रहेको विद्यालयले एक जना नर्स राख्नुपर्ने र त्योभन्दा बढी विद्यार्थी सङ्ख्या भएमा थप एक जना नर्स राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थी नै स्वास्थ्य दूत अर्थात हेल्थ एम्बेसडर बन्ने भएका छन् ।

विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्रोत्साहन गर्न नयाँ निर्देशिकामा स्वास्थ्य दूत र स्वास्थ्य प्रवर्द्धनात्मक मापदण्ड थप गरिएको मन्त्रालयले जनाएको छ । निर्देशिकाअनुसार विद्यालयले कक्षा ७ वा ८ मा पढ्ने एक छात्र र एक छात्रालाई हेल्थ एम्बेसडर तोक्नुपर्नेछ । विद्यार्थी सङ्ख्या पाँच सयसम्म भए दुई जना र त्योेभन्दा बढी भए विद्यार्थी अनुपातका आधारमा थप्न सकिने निर्देशिकामा उल्लेख छ ।

मन्त्रालयका अनुसार हेल्थ एम्बेसडरलाई विद्यालय नर्सको सहकार्य र समन्वयमा बृहत् यौनिकता शिक्षा, पोषण, खोप, किशोर– किशोरीको प्रजनन स्वास्थ्य तथा स्वास्थ्यसम्बन्धी सामग्रीबारे सूचना प्रवाह गर्ने जिम्मेवारी दिइनेछ ।

उनीहरूले विद्यालयको प्रार्थना समय ९एसेम्ब्ली० मा आवश्यकताअनुसार एक मिनेट स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्ने, विपद् प्रकोपसम्बन्धी नाटक प्रदर्शनी, हाजिरी–जवाफलगायत सचेतना कार्यक्रम सञ्चालनमा सहयोग गर्र्नुपर्नेछ ।

यस्तै विद्यालय पोषण कार्यक्रममा प्रत्यक्ष सहभागी भई कार्यक्रमको योजना बनाउने, हेल्थ क्याम्पमा सहयोग गर्नेजस्ता जिम्मेवारी पनि दिइनेछ । विद्यालयले उनीहरूलाई विभिन्न तालिम तथा कार्यक्रममा सहभागी गराई अभिमुखीकरणमा सहयोग गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group