ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहदानी सूचकाङ्कमा नेपाल अघिल्लो वर्षभन्दा कमजोर : सिङ्गापुर विश्वकै शीर्ष स्थानमा


एबीसी न्यूज

काठमाडौं २७ पुस । नेपालको राहदानी अर्थात् पासपोर्टको स्तर अघिल्लो वर्षभन्दा खस्किएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले हरेक वर्ष सार्वजनिक गर्ने राहदानी सूचकाङ्कको विश्व वरीयतामा नेपाल एक सय एकऔँ स्थानमा रहेको छ ।

सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा थियो । नेपालको राहदानीले भिसा बिना ३९ देशमा यात्रा गर्न सकिन्छ । छिमेकी भारतको वरियतामा पनि पाँच अङ्कले घटेको छ । यसवर्ष सन् २०२५ को सूचीमा भारत ८५ नम्बरमा छ । अघिल्लो वर्ष भारतको वरीयता ८० औँ रहेको थियो ।

सन् २०२५ को राहदानी सूचकाङ्कमा सिङ्गापुर विश्वमै शीर्ष स्थानमा परेको छ । उसको राहदानीले एक सय ९५ देशमा भिसा–मुक्त पहुँच सुविधा प्रदान गर्छ ।

दोस्रो स्थानमा जापान रहेको छ, जसको राहदानीले एक सय ९३ देशमा बिना भिसा जान सकिन्छ । तेस्रो स्थानमा फ्रान्स, जर्मनी, इटाली र स्पेन रहेका छन् । अमेरिका नवौँ नम्बरमा छ । उसको राहदानीले एक सय ८६ देशमा भिसा फ्री यात्रा गर्न सकिन्छ ।

द न्युज इन्टरनेशनलका अनुसार पासपोर्ट र्‍याङ्किङले त्यहाँका नागरिकको अवस्था र देशको कूटनीतिक सम्बन्धलाई उजागर गरेको छ ।

रिपोर्टअनुसार पाकिस्तानी राहदानी विश्वव्यापी रूपमा सबैभन्दा खराब छ । पाकिस्तानको राहदानी सोमालियाको भन्दा पनि खराब छ ।

त्यस्तै अफगानिस्तान, इराक, सिरियालगायत देशको राहदानी पनि विश्वमा कमजोर राहदानीमध्येमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

सम्बन्धित

रास्वपाको विस्तारित बैठक चतवनको सौराहामा

प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एमालेप्रति झाँक्रीको संकेत : विचार र सिद्धान्त मिल्नेसँग एकतावद्ध हुने नै हो

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com