ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो


एबीसी न्यूज

धुलिखेल (काभ्रे) नेपालका लागि युरोपेली सङ्घ (इयू0 का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजनाको अभियान महत्वपूर्ण भएको बताउनु भएको छ ।
इयूको सहयोगमा क्रिएसन नेपालद्धारा सञ्जालित ग्रीनसिफ्ट नेपाल परियोजनाको बिहिबार धुलिखेलमा सम्पन्न वार्षिक समीक्षा तथा अनुभव साझा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको निम्ति अभियान मार्फत युवाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि बल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले ग्रीनसिफ्ट अभियान आफ्नो मुटुको धेरै नजिक रहेको भावना व्यक्त गर्दै युवाहरुले चाहे हरेक परिवर्तन सम्भव हुने बताउनुभयो । उहाँले भन्नुभयो,“युवाहरु परिवर्तनका संवाहक हुन्, उनीहरुले चाहेमा जे कार्य पनि सम्मभव हुन्छ । यसको ज्वलन्त उदाहरण यही परियोजनाले एक वर्षमा प्राप्त गरेको उपलब्धी नै एक मानक हो ।

राजदूत लोरेन्जोले कार्यक्रममा सहभागी भएका युवा विद्यार्थी र विद्यालयका शिक्षकहरुलाई इंकित गर्दै भन्नुभयो,“तपाँइहरु परिवर्तनका लागि आशाको केन्द्र हुनुहुन्छ, हाम्रो वातावरण संरक्षण र सम्वद्र्धनका लागि सबै मिलेर काम गर्न आह्वान गर्दछु ।”
राजदूत लोरेन्जोले फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको ढाँचा अनिवार्य लागू गरिनुपर्नेमा थप जोड दिनुपर्ने जिकिर गर्नुभयो । नेपालका लागि चक्रीय अर्थतन्त्रले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउदै यसबाट नेपालले फाइदा लिनुपर्ने खाँचो औंल्याउनुभयो । यदि नेपालले ग्रीन इनर्जी ९हरित ऊर्जा० को क्षेत्रमा गम्भीरतापूर्वक काम गरे क्षेत्रीय च्याम्पियन बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले आजको यस महत्वपूर्ण कार्यक्रममा सहभागि भएर निकै हर्षित भएको बताउँदै अगामी दिनमा पनि सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले ग्रीनसिफ्ट केवल एक परिपयोजना मात्र नभई एक बृहत अभियान भएको बताउनुभयो । उहाँले सामुहिक नेतृत्व र साझा दृष्टिकोण मूल नाराका साथ तीनै तहको सरकार, विद्यालय, विद्यार्थी र शिक्षक, त्यसैगरी समुदायमा काम गर्ने युवासमुह, निजी फोहोरमैला उद्यमी, फोहोरमैला सफाईकर्मीलाई एकै ठाउँमा साझा उद्देश्य प्राप्तिका लागि सहमत गराउनुनै यो अभियानको सफलता हो भन्नुभयो ।
त्यसैगरी युथ इनोभेसन ल्यावका कार्यकारी निर्देशक प्रदीप खतिवडाले डाटामा आधारित पैरवीहरु आवश्यक भएको हुनाले वेस्टस्मार्ट फेलोहरुले डाटामा आधारित नीति निर्माण गर्न खेलेको योगदान सराहनीय रहेको बताउनुभयो ।
ललितपुर महानगरपालिकाका उपप्रमुख अञ्जली बज्राचार्यले महानगरभित्र परियोजना सञ्चालन गरेकामा इयू, क्रिएसन नेपाललगायतका सांस्थालाई धन्यवाद ज्ञापन गर्दै यस्ता अभियानहरु अझै बृहत रुपमा सञ्चालन गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।

इयूको सहयोगमा सञ्चालित चारवर्षे ग्रीनसिफ्ट नेपाल परियानाले बाग्मती, लुम्बिनी र मधेश प्रदेश गरी जम्मा नौ स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो वर्षमा नेपालगञ्ज उप–महानगरपालिका, बर्दिबास नगरपालिका र ललितपुर महानगरपालिकामा सफलतापूर्वक गतिविधिहरु सञ्चालन गरिसकेको छ भने परियोजनाको दोस्रो वर्ष जनकपुर उप–महानगरपालिका, भरतपुर महानगरपालिका र कोहलपुर नगरपालिकामा अभियान सञ्चालन गर्न गइरहेको परियोजनाका प्रमुख युनिश घिमिरेले बताउनुभयो । परियोजना अन्तर्गत विद्यालयहरुम वेष्टस्मार्ट स्कुल, युवा समुहहरुसँग सहकार्य, युवाहरु परिचालनका लागि युवाहरुको संस्थासँग सहकार्य, स्थानीय तहको फोहोरमैला व्यवस्थापन नीति निर्मानर्माण, फोहोरमैला उद्यमलाई सवलीकरण गर्न अनुदान, फोहोरमैला सफाइकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सशक्तिकरण तालिम, सफाईकर्मीहरुलाई सङ्गठित गर्न बनेका नागरिक समाज संस्थालाई संगठानात्मक क्षमता अभिवृद्धि गर्न अनुदान तथा प्रशिक्षणलगायतका क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।

आज भएको कार्यक्रममा पहिलो वर्ष भएका १२ वटा विद्यालयलाई कदरपत्रद्धारा सम्मान गरिएको छ । त्यस्तै, स्थानीय तहमा रहेर नीतिनिर्माणमा सहयोग पुर्याउने तीन जनालाई वेस्ट स्मार्ट फेलोलाई पनि दिक्षित गरिएकोक छ । यस्तै मुल्यांकनको आधारमा छनौट भएका बाग्मती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी छ निजी फोहोरमैला तथा अफसाइकिलिङलाई रु २० लाखको दरले अनुदान रकमसहित प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा सहभागि भएका विद्यार्थी, युवा तथा शिक्षकहरुले राजदूत लोरेन्जोलेसँग दोहोरो अन्तरक्रिया गरिएको थियो । परियोजना क्रिएसन नेपालको नेतृत्वमा कन्सोर्टियम साझेदार रेस्टलेस लेभलपमेन्ट र युथ इनोभेसन ल्याबसँगको सहकार्यमा कार्यान्वयन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com