ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति ट्रम्पको यी बानी


admin
फाल्गुन १८, २०७४ शुक्रबार   ६ : १२   बजे

काठमाडौँ, १८ फागुन । अमेरिकाको ४५ औं राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प पदभार ग्रहण गरेयता आफ्नो बोली र एक्सनको कारण बारम्बार विवादमा तानिएका छन् । सून्य सहनशीलता अपनाउने राष्ट्रपति ट्रम्प आफ्नो आलोचकलाई तुरुन्तै कटु जवाफ फर्काउन माहिर छन् । एक अनलाईनले उदृत गरेको उनको बानीहरु सम्बन्धि तथ्यहरु रमाईला र रोचक छन् ।

१। ह्वाइट हाउसमा राखिएको टेलिभिजनको रिमोट ट्रम्पले अरुलाई छुन दिँदैनन् । ६० इन्च स्क्रिन भएको टेलिभिजनमा उनले चाहेको च्यानलमात्रै लाग्छ । ट्रम्पले टेलिभिजनमा आफूलाइृ मनपर्ने कार्यक्रम तथा समाचार नियालिरहेका हुन्छन् । न्युयोर्क टाइम्सका अनुसार टेलिभिजनको रिमोट अरूले छोएको ट्रम्पलाई मन पर्दैन । उनको अपेक्षा तोडेर कसैले छुने दुस्साहस पनि गर्दैन । ट्रम्प र उनका प्राविधिक सहयोगी कर्मचारीबाहेक अरूले रिमोट छुँदैनन् । टेलिभिजन सेटमा ट्रम्पलाई मन पर्ने च्यानल मात्रै निश्चित गरिएका छन्, जस्तैः फक्स न्युज । कुनै छलफल चलिरहेका वेला पनि उनको आडैमा रहेको टेलिभिजन सेट बन्द हुँदैन । केबल म्युट गरिएको टेलिभिजनमा दौडिरहेका स्क्रोलिङ हेडलाइनमा ट्रम्प नजर पुर्याइरहेका हुन्छन् । ट्रम्पलाई समाचार हेर्नैपर्छ । उनी न्यूज एडिक्टेड नै छन् । ट्रम्पले हरेक दिन चार घण्टा टेलिभिजन हेरेकै हुन्छन् । कतिपय मन पर्ने शो तोकिएको समयमा हेर्न नभ्याए रेकर्ड गरेर पछि हेर्छन् ।

२। ट्रम्पलाई कुनै न कुनै रूपमा विश्वकै चर्चित व्यक्तिका रूपमा स्थापित भइराख्न मन लाग्छ । न्युयोर्क टाइम्सका अनुसार जब उनी समाचारका हेडलाइनको केन्द्रमा पर्दैनन्, तब असहज महसुस गर्न थाल्छन् । उनका एकजना पूर्वसचेतकलाई उद्धृत गर्दै टाइम्सले लेखेको थियो– ‘दुई–तीन दिनसम्म ट्रम्प समाचारमा चर्चामा रहेनन् भने असहज महसुस गर्छन् ।’

३। ट्रम्पको हातमा स्मार्ट फोन छुट्दैन । स्मार्ट फोनसँग एकैछिन छुट्टिए भने आनन्द मान्न सक्दैनन् । समाचारमा अपडेट भइरहने उनलाई आफ्ना धेरै विचार सामाजिक सञ्जालबाट अभिव्यक्त गर्न मन लाग्छ । यसकारण पनि स्मार्टफोनविना उनी रमाउन सक्दैनन् । उनको धेरै धारणा अभिव्यक्त हुने माध्यम नै स्मार्टफोन हो ।

४। ट्रम्पको खानपान र डाइट पनि अचम्मको छ । उनलाई सबैभन्दा बढी मनपर्छ, डाइट कोक । न्युयोर्क टाइम्सका अनुसार ट्रम्प मदिरापान र धुम्रपान गर्दैनन्, तर डाइट कोकको पारखी हुन् । कफीसमेत नपिउने ट्रम्प एकै दिनमा १२ क्यानसम्म कोक पिउँछन् । उनको डेस्कमा कोकको क्यान तयारी अवस्थामा हुन्छ । ट्रम्प खानाको कुनै परिकारको सौखिन तथा धेरै चासो राख्ने व्यक्ति भने होइनन् । उनी पोटेटो चिप्सलगायत ड्राई फुड बढी खान्छन् । त्यसैले त अमेरिकी सञ्चारमाध्यमले उनलाई ‘पोटेटो म्यान’को उपनाम दिएरसमेत समाचार बनाए । खानपानकै कारण उनी रोगी भएको चर्चा पनि मिडियामा भयो । त्यसपछि केही समयअघि ह्वाइट हाउसले उनको ‘होलबडी’ जाँच नै गरायो । तर, उनी पूरै स्वस्थ रहेको रिपोर्ट आयो ।

५। ट्रम्प स्वास्थ्यप्रति सचेत छन् । हातको माध्यमबाट किटाणु संक्रमण भएर धेरै रोग लाग्ने विषयमा उनी गम्भीर छन् । त्यसैले हातको सफाइमा निकै ध्यान दिन्छन् । लिफ्ट प्रयोग गरेपछि तथा पिज्जालगायत परिकार खाएपछि तुरुन्त सेनेटाइजर प्रयोग गर्छन् । ट्रम्पले ‘द आर्ट आफ द कमब्याक’ नामको आफ्नै किताबमा भनेका छन् कि उनी सकेसम्म धेरैपटक हात सफा गरिरहने प्रयत्न गर्छन् र कुनै रोगको सिकार हुनबाट सचेत रहन्छन् ।

६। ट्रम्प नियमितजसो डिनरका लागि कोही न कोही पाहुनालाई ह्वाइट हाउसमा आमन्त्रण गर्छन् । मानसिक रूपमा बलियो बन्न सुझाब–सल्लाह दिनेहरू उनका खास पाहुना हुन्छन् । यस्ता पाहुनालाई उनले देखाउने एउटा व्यवहार भने अचम्म लाग्ने खालको छ । उनी अधिकांश पाहुनालाई बाथरुम आफैँ देखाउने गर्छन्, जुन निकै आकर्षक छ ।

७। ट्रम्प हरेक खेललाई उत्तिकै मन पराउँछन् । हाइस्कुल पढ्दा धेरै टिमको क्याप्टेनिङ गरेका थिए । उनले एकताका युएसएफएल लिगका लागि प्रोफेसनल फुटबल टिमको व्यवस्थापनसमेत गरेका थिए । तर, अहिले ट्रम्प केबल गल्फमा मात्रै केन्द्रित छन् । उनी अहिले पनि गल्फ खेल्छन् । तर, उनले एक्सरसाइजका लागि नियमति कुनै रुटिन भने बनाएका छैनन् ।

८। ट्रम्प निकै कम सुत्छन् । हरेक रात उनी केवल ५–६ घण्टा मात्रै सुत्छन् । दिउँसो सुत्ने बानी छैन । दैनिक उनी १६ घण्टासम्म काम गर्छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश

खुला इन्टरनेटको अन्त्य

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group