ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरोहियालाई रिहा नगरेसम्म निरन्तर संघर्ष गर्ने मिडिया सोसाइटीको घोषणा(भिडियो)


एबीसी न्यूज
९ जेष्ठ २०८१, बुधबार   ५ : ५९   बजे

 

काठमाडौं ९ जेठ । मिडिया  संचालकहरुको साझा संगठन नेपाल मिडिया सोसाइटीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई रिहा गर्न माग गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियालाई रिहाइ नगरेसम्म निरन्तर संघर्ष गर्ने घोषणा गरे ।

उनले गृह प्रशासनको मंगलबारको हर्कतले सरकार अधिनायकवाद र निरंकुशताको बाटो तर्फ लागेको बताएका छन् । लोकतान्त्रिक पद्धति भएको देशमा मिडिया, बार एसोशिएसन र मानवअधिकार संगठनलाई नागरिक अधिकार र अभिव्यक्तिको वारेस बोकेकोले सुरक्षित क्षेत्र मानिने बताउँदै मंगलबार काम गर्दागर्दै कार्यकक्षबाट पक्राउ गर्नु निन्दीय भएको बताए । यसको विरुद्ध सबै सञ्चार क्षेत्र एक भएर विरोधमा लाग्नु पर्ने बताए ।

उनले गृहमन्त्री रवि लामिछानेले समाचार छापेकै आधारमा प्रतोशोध साध्न अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको पनि बताए । बुधबार कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सबै नागरिकलाई एकै खालको नियम कानुन लाग्नु पर्ने बताए । उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको उदाहरण दिँदै पाण्डेको पनि दुईवटा नगारिकता रहेको र नागरिकता नम्बर फरेको रहेको तर उनले सच्याएको बताए । उनले भने, ‘धेरै नागरिकको नागरिकता नम्बर दोहोरो हुन सक्छ । तर संघीय संसद्मा महासचिवको दुईवटा नागरिकता नम्बर हुँदा उहाँलाई पक्राउ गरिएन । तर सिरोहियालाई पक्राउ गरियो । एकै देशमा बस्ने नागरिकमाथि एउटै आरोपमा नियम कानुन फरक फरक लाग्छ? ‘

उनले गल्ती गरेको भए कानुनबाट उन्मुक्ति कसैले पाउन नहुने र सिरोहियालाई पनि गल्ती गरेको भए त्यो छुट नरहेको बताए । तर गृहमन्त्री लामिछानेले उनले नियतवश सिरोहियालाई पक्राउ गरेको बताए । उनले भने, ‘कुनै पनि उजुरीको छानबिन गर्ने तरिका हुन्छ । उजुरी परेपछि अनुसन्धानको लागि नबोलाइ एकैचोटी सञ्चार गृहमा कार्यरत अवस्थामा पक्राउ गर्न मिल्छ?’

उनले गृहमन्त्री लामिछाने आफ्नोबारेमा समाचार आउन थालेपछि तर्सिएको र मिडियालाई आक्रमण गरेर तर्साउन खोजेको बताए । तर यसरी तर्साउँदैमा मिडिया नतर्सिने उनले उल्लेख गरे । उनले भने, ‘पहिला नागरिकताको विषयमा लेखेर मेरो जागिर (गृहमन्त्रीको पद) खाइदियौं । फेरि पनि खान खोज्ने ? भनेर गृहमन्त्रीले आक्रोश पोखेका छन् ।’

उनले हिजोको गिरफ्तारीले मिडियामाथि सेन्सरसीपको अध्यास सुरु भएको आभास भएको बताए । उनले भने, ‘यो अहिले सरकार स्थापित कानुनी मूल्य मान्यताको बद्ख्याईं गर्नेतिर अग्रसर छ ।’

उनले हिजोको घटनाको प्रधानमन्त्री पुष्पकमल दाहालले पनि लिनुपर्ने बताए । सरकार मिडियाको मुख बन्द गराउँछु भनेर हिँडेको उनको भनाइ छ । मिडिया प्रति अहिले भ्रम फैलाइएको बताउँदै अपराध गरेको ठहर भएमा मिडियाका मानिसलाई पनि जे सजाय तोकेको हो त्यही अनुसार कारबाही गर्न आग्रह गरे । उनले प्रष्ट्याए, ‘धेरैलाई लागेको छ । सिरोहियालाई पक्राउ गर्नै नपाउने? नहुने? पाइन्छ । तर पक्राउ गर्ने र छानबिन गर्ने प्रक्रिाय हुन्छ । यो नागरिकताको केसमा पक्राउ पुर्जी नै जारी गरेर लैजानुपर्ने थिए । यसमा भ्रम नहोस् । हामीलाई पनि प्रश्न उठाउनुहोस् । प्रचलित कानुन अनुसार कारबाही गरेहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group