ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरोहियालाई रिहा नगरेसम्म निरन्तर संघर्ष गर्ने मिडिया सोसाइटीको घोषणा(भिडियो)


एबीसी न्यूज
जेष्ठ ९, २०८१ बुधबार  ५ : ५९ बजे

 

काठमाडौं ९ जेठ । मिडिया  संचालकहरुको साझा संगठन नेपाल मिडिया सोसाइटीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई रिहा गर्न माग गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियालाई रिहाइ नगरेसम्म निरन्तर संघर्ष गर्ने घोषणा गरे ।

उनले गृह प्रशासनको मंगलबारको हर्कतले सरकार अधिनायकवाद र निरंकुशताको बाटो तर्फ लागेको बताएका छन् । लोकतान्त्रिक पद्धति भएको देशमा मिडिया, बार एसोशिएसन र मानवअधिकार संगठनलाई नागरिक अधिकार र अभिव्यक्तिको वारेस बोकेकोले सुरक्षित क्षेत्र मानिने बताउँदै मंगलबार काम गर्दागर्दै कार्यकक्षबाट पक्राउ गर्नु निन्दीय भएको बताए । यसको विरुद्ध सबै सञ्चार क्षेत्र एक भएर विरोधमा लाग्नु पर्ने बताए ।

उनले गृहमन्त्री रवि लामिछानेले समाचार छापेकै आधारमा प्रतोशोध साध्न अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको पनि बताए । बुधबार कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सबै नागरिकलाई एकै खालको नियम कानुन लाग्नु पर्ने बताए । उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको उदाहरण दिँदै पाण्डेको पनि दुईवटा नगारिकता रहेको र नागरिकता नम्बर फरेको रहेको तर उनले सच्याएको बताए । उनले भने, ‘धेरै नागरिकको नागरिकता नम्बर दोहोरो हुन सक्छ । तर संघीय संसद्मा महासचिवको दुईवटा नागरिकता नम्बर हुँदा उहाँलाई पक्राउ गरिएन । तर सिरोहियालाई पक्राउ गरियो । एकै देशमा बस्ने नागरिकमाथि एउटै आरोपमा नियम कानुन फरक फरक लाग्छ? ‘

उनले गल्ती गरेको भए कानुनबाट उन्मुक्ति कसैले पाउन नहुने र सिरोहियालाई पनि गल्ती गरेको भए त्यो छुट नरहेको बताए । तर गृहमन्त्री लामिछानेले उनले नियतवश सिरोहियालाई पक्राउ गरेको बताए । उनले भने, ‘कुनै पनि उजुरीको छानबिन गर्ने तरिका हुन्छ । उजुरी परेपछि अनुसन्धानको लागि नबोलाइ एकैचोटी सञ्चार गृहमा कार्यरत अवस्थामा पक्राउ गर्न मिल्छ?’

उनले गृहमन्त्री लामिछाने आफ्नोबारेमा समाचार आउन थालेपछि तर्सिएको र मिडियालाई आक्रमण गरेर तर्साउन खोजेको बताए । तर यसरी तर्साउँदैमा मिडिया नतर्सिने उनले उल्लेख गरे । उनले भने, ‘पहिला नागरिकताको विषयमा लेखेर मेरो जागिर (गृहमन्त्रीको पद) खाइदियौं । फेरि पनि खान खोज्ने ? भनेर गृहमन्त्रीले आक्रोश पोखेका छन् ।’

उनले हिजोको गिरफ्तारीले मिडियामाथि सेन्सरसीपको अध्यास सुरु भएको आभास भएको बताए । उनले भने, ‘यो अहिले सरकार स्थापित कानुनी मूल्य मान्यताको बद्ख्याईं गर्नेतिर अग्रसर छ ।’

उनले हिजोको घटनाको प्रधानमन्त्री पुष्पकमल दाहालले पनि लिनुपर्ने बताए । सरकार मिडियाको मुख बन्द गराउँछु भनेर हिँडेको उनको भनाइ छ । मिडिया प्रति अहिले भ्रम फैलाइएको बताउँदै अपराध गरेको ठहर भएमा मिडियाका मानिसलाई पनि जे सजाय तोकेको हो त्यही अनुसार कारबाही गर्न आग्रह गरे । उनले प्रष्ट्याए, ‘धेरैलाई लागेको छ । सिरोहियालाई पक्राउ गर्नै नपाउने? नहुने? पाइन्छ । तर पक्राउ गर्ने र छानबिन गर्ने प्रक्रिाय हुन्छ । यो नागरिकताको केसमा पक्राउ पुर्जी नै जारी गरेर लैजानुपर्ने थिए । यसमा भ्रम नहोस् । हामीलाई पनि प्रश्न उठाउनुहोस् । प्रचलित कानुन अनुसार कारबाही गरेहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

सम्बन्धित

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com