काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। न्यूनतम तापक्रम कम हुँदा बिहान कठ्यांग्रिँदो चिसो हुन्छ।
मौसम पूर्वानुमान महाशाखका मौसमविद् सरोज पुडासैनीका अनुसार बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको हो।
‘यो काठमाडौँ उपत्यकाका लागि यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो’, उनले भने।
यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो। आज त्यसभन्दा पनि तल झरेको हो।
यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८स्४५ बजे आउने मौसमविद् पुडासैनीले बताए। तर अहिले र पछिको न्यूनतम तापक्रममा धेरै तलमाथि हुँदैन।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको जानकारी पनि मौसमविद् पुडासैनीले दिए। न्यूनतम तापक्रम बिहान ८स्४५ बजे तथा अधिकत तापक्रम साँझ ५स्४५ बजे लिइन्छ।
उनका अनुसार यतिबेला ९बुधबार बिहान० काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली ९२६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको० भएको छ।
‘आज उपत्यकाको मौसम दिनभर आंशिक बदली नै रहने अनुमान गरिएको छ’, मौसमविद् पुडासैनीले भने। अर्थात् घाम लाग्छ।
प्रतिक्रिया दिनुहोस्