ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको ल्हासा र छोंगछिंगमा रणनीतिक वार्ता, मानसरोवरमा शिलापुजनको तस्वीर सार्वजनिक


ABC NEWS

काठमाडौं १२ असोज । एक हप्ता लामो चीनको औपचारिक भ्रमणमा रहेका पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला बेइजिंग वार्ता पछि तीनवटा शरका पार्टी सचिववहरुसंग वार्ता गरेका छन् । प्रचण्डले छोंगछिंग, तिव्वत र सिचुवानका पार्टी सचिवहरुसंग नेपाल–चीन बीचको सम्वन्धलाई व्यवहारिक बनाउन छलफल गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ र Member of the Political Bureau of the CPC Central Committee and Secretary of the CPC Chongqing Municipality Committee (TBC), Yuan Jiajun बीच Chongqing मा भेटवार्ता

१० असोज साँझ प्रधानमन्त्री र सिचांग स्वायत्त क्षेत्र अर्थात् तिब्बत स्वायत क्ष्रेत्र पार्टी सचिव वांग चुनचेंग बीचको भेटवार्ता भएको थियो । यो भेटवार्ता आफैंमा रणनीतिक महत्वको हो ।
त्यसअघि उनले चिनिया कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य तथा छोंगछिंग नगर कमिटिका सचिव युवान च्याचुनसंग भेटवार्ता गरेका थिए । यी दुई भेट बेइजिंगमा गरिएका भन्दा रणनीतिक रुपले महत्वपूर्ण भेट हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान जनकांग्रेसको स्थायी समितिका अध्यक्ष Wang Xiaohui नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता

पछिल्लो समय चीनले नेपाललाई छोंगछिंग र ल्हासाबाट हेर्न थोलेको छ ।

माउन्ट कैलाश र मानसरोवरमा शिला पुजा गरेर प्रचण्डको टोली सिचुवान प्रान्तको राजधानी छेन्दु प
गेर त्यहांका पनि पार्टी सचिवसंग उनले भेट वार्ता गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ र Xizang Autonomous Regian (तिब्बत स्वायत क्ष्रेत्र) का CPC पार्टी सचिव H.E. Wang Junzheng बीच भेटवार्ता

१२ असोज सांझ चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान जनकांग्रेसको स्थायी समितिका अध्यक्ष वांग सियाहुई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरे ।
सिचुवान प्रान्त नेपाल प्रवेशको मुख्य द्धार मानिन्छ । सिचुवान र छोंगछिंग प्रान्तका पार्टी सचिवसंग नेपालबाट जाने उच्चस्तरीय प्रतिनिधि मण्डलले भेग वार्ता गर्ने गरेको छ ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी Statement को स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच पारवहन सन्धिको कार्यान्वनले नेपाल अब भूपरिवेष्ठित देश होइन भू-सम्बन्ध जोड्ने देश भएको बताउनु भयो।

सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको र तपाईंको नेतृत्वमा नेपाल-चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल र चीन बीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको समेत वाङले बताउनु भयो।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि (शनिबार) छेन्दुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ।

माउन्ट कैलाशमा शिला पुजन

NP Saud @NPSaudnc

ल्हासा भ्रमणको अवसरमा प्रधानमन्त्री प्रचण्डले हिन्दूहरुका आराध्यदेव शिव महादेव र व्रह्माको उत्पत्ति स्थल मानिने माउन्ट कैलाश र मानसरोबरको दर्शन गरेका छन् । मानसरोवर किनारामा विश्व हिन्दू महासंघकी अभियन्ता तथा परराष्ट्रमन्त्री एनपी साउद पत्नी ज्योत्सना साउदका साथमा शीला पुजन समेत गरेको तस्वीरहरु मन्त्री साउदले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com