ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महरा बाबुछोरालाई सिआइवीमा आत्मसर्पण गर्न प्रधानमन्त्रीले दिएको निर्देशन किन कार्यान्वयन भएन ?


ABC NEWS

काठमाडौँ १२ भदौ । विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं नेकपा माओवादीकेन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिआइबीमा गएर बयान दिन दिएको निर्देशन अझै पालना गरेका छैनन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख गरेपछि महरा बाउछोराको सनु तस्करी कनेक्सन सार्वजनिक भएको हो  । प्रहरीले महरा बाउछोरा समेत चिनिया नागरिक सभेप सुन तस्करी प्रकरणमा जोडिएको दुई महिना वित्नै लाग्दा पनि महरा छानविनको दायरबाट बारिह रहंदो प्रधानमन्त्री प्रचण्डको सुशासन र सदाचारका विषयको घोषणमाथि गम्भीर प्रश्न उठेको छ ।
मिडिया, राजनीतिक दल, ामाजिक सञ्जालदेखि सर्वसाधारणसम्मले प्रश्न उठाएपछि गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले महरालाई बालुवाटार नै बोलाएर सुन प्रकरणमा तपाइंंका बारेमा उठेका प्रश्नको निरुपण तपाईले नै गर्नु पर्ने अवस्था अब रोक्न सकिंदैन। तपाईं आफै सिआइबीमा गएर बयान दिनुस् भन्दै निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार महरालाई सिआइबीमा जान निर्देशन दिएपछि महराले छोरो् बाहिर गएको ऊ आएपछि पहिला उसलाई पठाउंछु र म पनि जान्छु भन्दै बालुवाटारबाट बाहिरिएका थिए । महरा चिनिया व्यपारीसंग पटक पटक विवादास्पद घटनामा जोडिंदै आएका छन् ।
आइतबार सम्म उनी सिआइवी जाने अनुमान गरिए पनि उनी फेरि गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग खुसामत गरेर अझै पनि अनुसन्धानबाट जोगिन कोशिश गरेको स्रोतले बताएको छ ।
सुन प्रकरणको कनेक्सन उत्तरी र दक्षिणी पावर सेन्टरहरुसंग समेत जोडिएको प्रहरीको अनुसन्धानबाट खुल्दै गएपछि यो तस्करी प्रकरण थप जटिल बनेको छ । यही जटिलताबाट महरा बाउछोरालाई फाइदा लिइरहेको हुनसक्ने प्रहरीको अनुमान छ।

२०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको अनुसन्धानबाट प्रष्टै भएको छ ।

भेप छुटाउनकै लागि चिनियाँ तस्कर वाङसँग महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेको तथ्य पुष्टि भइसकेको छ । विमानस्थल भन्सार प्रमुख अरुण पोखरेललाई पनि महराले सम्पर्क गरी सुन छुटाउन आफेने छोरो राहुललाई सहयोग गर्न आग्रह गरेका थिए । राहुललाई सुन तस्कर वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको प्रहरीको रिपोर्टमा उल्लेख छ । महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेका छन् । महराका बाबुछोराले सुन तस्कर गिरोहसँग २ सय ५६ पटक भन्दा बढी संवाद गरेको प्राविधिक अनुसन्धानले पनि पुष्टि प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
तत्कालील अध्यगमन प्रमुख पोखरेल सुन तस्करीमा जोडिएका कारण मन्त्रालय तानिएका छन् ।

भेपमा सुन ल्याउने चिनियाँ गिरोहका सदस्य वाङसँग आफ्नो पुरानै सम्बन्ध रहेको र भेप प्रकरणमा पनि चिनजानका हिसाबले सहजीकरण गर्न आफूले भन्सारका कर्मचारीलाई सम्पर्क गरेको महरा स्वयंले पनि स्वीकार गरिसकेका छन् ।

महराले वाङसँग फलफूल व्यापारीका रूपमा आफूले चिनेको दाबी गदैै आएपनि उनको बहानाबाजी कसैले पत्याउने वाला छैन । सीआईबीले भेपभित्रको सुन चोरीमा संलग्नविरुद्ध यसअघि मुद्दा दायर भएको र अनुसन्धान अहिले पनि जारी रहेको जनाएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले भेपमा लुकाएर ल्याइएको सुन र गोदामबाट हराएको भेपभित्रको सुनसम्बन्धी छुट्टाछुट्टै विषय भएको भन्दै तस्करीबाट भित्रिएको सुन प्रकरणमा अनुसन्धान भइरहेको बताएका छन् ।

चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट काठमाडौं आएका थिए । त्यस क्रममा ७३ बट्टामा ७ सय ३० थान भेपमा उनले करिब ९ केजी सुन लुकाएर ल्याएका थिए । तर, जाँचपासका क्रममा सामान शंकास्पद देखिएपछि भन्सार गोदाममा राखेर अनुसन्धान अघि बढाएको थियो । करिब डेढ महिना सुन भएको भेप भन्सार गोदाममै थन्किएको थियो । त्यसपछि केही कर्मचारीलाई हातमा लिएर सुन ल्याउनेबाहेक अर्कै गिरोहले सुन भएका भेप चोरेर सुन व्यापारीलाई बेचेका थिए । भेपमा ल्याएको सुन करिब ८ करोड ५५ लाख रुपैयाँको देखिए पनि बेचबिखन गरी गिरोहले भागबन्डा लगाएर पैसा लिएका थिए । त्यही घटनाका अभियुक्तहरुबीच विवाद भएकै कारण त्यो घटना सार्वजनिक भएको प्रहरीले निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकारेका छौं– एमसीसी प्रमुख कार्यकारी अधिकृत अलब्राइट

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

सम्बन्धित

नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकारेका छौं– एमसीसी प्रमुख कार्यकारी अधिकृत अलब्राइट

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

बझाङमा गएको भूकम्पमा दर्जनौ बढि घर भत्किए ,पहिरोले राजमार्ग अवरुद्ध, ६ जना घाइते

सरकारको विकल्प खोज्न सबै दल र सांसदलाई, ओलीको आह्वान:

हत्यारा र भ्रष्टलाई जोगाएर कस्तो सुशासन आउँछ, ओलीले गृहमन्त्रीलाई भने :

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com