ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यराति सामन्त गोयल भेट्नेहरूले हल्ला नगरेको राम्रो : माओवादी केन्द्र


एबीसी न्यूज
२१ असार २०८०, बिहिबार   ३ : ००   बजे

 

काठमाडौं २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भावनात्मक भनाइलाई विवादमा पारेको भन्दै नेकपा माओवादी केन्द्रले ‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति विपक्षीहरूले देखाउन थालेको बताएको छ।

पार्टीका प्रवक्ता समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले एक विज्ञप्तिमार्फत विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजनीतिक उपलब्धिहरूमाथि प्रहार गर्न खोजेको बताएको छ।

महराले जारी गरेको विज्ञप्तिमा मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटार भेटेर पटक पटक संसद विघटन गर्ने। जनताका मुद्धाहरूमा कानुन बनाउन खोज्दा संसद अवरोध गर्ने, भ्रष्टाचारीहरूको छानबिन र फाइल खोल्दा गैर जिम्मेवार बन्ने जस्ता एमालेका प्रवृत्ति जनताले बुझिसकेको उल्लेख गरिएको छ।

छमध्यरातमा ‘रअ’ प्रमुखसँग वालुवाटारमा भेटेर पटक पटक संसद विघटन गर्ने, जनताका मुद्धाहरुमा कानून बनाउन खोज्दा संसद अवरोध गर्ने, भ्रष्टाचारीहरुो छानविन र फाइल खोल्दा गैर जिम्मेवार बन्ने जस्ता पात्र र प्रवृतिले गर्दा प्राप्त राजनैतिक उपलब्धीहरु माथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्,’ जारी विज्ञप्तिमा भनिएको छ।

छपानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि छके निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचार एमालेले गरिरहेको भन्दै त्यसको भत्र्सना गरिएको जारी विज्ञप्तिमा जनाइएको छ।

जनयुद्धबाट शान्ति प्रक्रियासँगै सरदार प्रितम सिंह र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा औपचारिक मात्र होइन भावनात्मक रुपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य यसअघि नै प्रष्ट भइसकेको माओवादी केन्द्रले जनाएको छ।

प्रितमसँग जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रचण्डको भेटघाट र चिनजान भएको पनि जनाइएको छ।

प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सरबाट संक्रमित भएपछि ०६७र६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उपचार प्रक्रिया अगाडि बढेको जनाउँदै वक्तव्यमा छोरीको उपचारका क्रममा भारतमा आउजाउ हुने गरेको पनि स्वीकारिएको छ।

त्यस क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका छोरा स्वर्गीय प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको पनि सचिवालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। उनीहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको पनि जनाइएको छ।

एमाले प्रधानमन्त्रीको भनाई असंवैधानिक भएको भन्दै संसदमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu