ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन


admin
माघ २०, २०७४ शनिबार   ३ : ४८   बजे

काठमाडौँ, २० माघ ।  उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २४७ औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा एक हजार भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको सहभागिता थियो । नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक कामिनीराज भण्डारीको नेतृत्वमा ४०० भन्दा बढी कर्मचारीको उपस्थिति थियो । सफाइमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शाखा अधिकृतको तालीम लिइरहेका ८८ जना पनि सहभागी हुनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०८ औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

रुद्रमती सफाइको २०३ औँ हप्तामा रातोपुल–गौशाला–पुरानोबानेश्वर–सेतोपुल हुँदै रातोपुलसम्म जनचेतनामूलक सफाइ अभियान गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

आगामी हप्ता सफाइ अभियानले २०० हप्ता पार गरेकामा नदीका १० स्थानमा छिरेर विशेष सफाइ गरिने भएको छ ।

विष्णुमती सफाइको १७५ औँ हप्तामा तारकेश्वर नगरपालिका–९ मनमैँजु पुलमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता वीजेन्द्र लामाले जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका तर्फबाट विष्णुमती सफाइ अभियान हेर्न खटिनुभएका सञ्चालक समिति सदस्य वीरेन्द्रप्रसाद थपलियासहित २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

चक्रपथ सफाइको ४३ औँ हप्तामा गोपीकृष्ण हलअघिबाट सुकेधारासम्मको सडक क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८२ वर्षीय वृद्ध तोयनाथ पौडेलको पनि सहभागिता थियो । विकसित देशका मानिस चन्द्रमामा टेकिसकेका बेला नेपालीले आफ्नो नगर सफाइमै दिन बिताउनु १७ औँ शताब्दीमा फर्कनुभएको विचार उहाँले राख्नुभयो ।

सफाइमा तीनवटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताल लगायतका गरी ६०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको कार्यक्रम संयोजक लोकबहादुर टण्डनले बताउनुभयो ।

चक्रपथको बाफल खण्ड सफाइको २५ औँ हप्तामा सितापाइलाबाट स्यूचाटारसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यस क्षेत्रको सफाइ अभियानले २५ हप्ता पार गरेको अवसरमा निरन्तर सहभागिता जनाउने व्यक्तित्वलाई सम्मान पनि गरियो ।

सो अवसरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, नेपाली सेनाको युद्ध कवच गणका कर्णेल विजय केसी, काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिबहादुर कुँवर, निर्माण व्यवसायीद्वय जयराम लामिछाने र रमेश शर्मा लगायतलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा पूर्वअध्यक्ष रेग्मीले अभियन्ताले आज सफा गर्ने र स्थानीयवासीले भोलिपल्ट फोहर फाल्ने गर्दा नदी एवं शहर सफाइ हुन नसक्ने भएकाले निरन्तर रुपमा सबैले आफ्नो वरपर सफा राख्नुपर्ने बताउनुभयो ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले सफाइ अभियानलाई सरकारले सबै किसिमले साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजधानी शहर सफाइ बनाउन यहाँ बस्ने सबैको उत्तिकै कर्तव्य रहेको उहाँको भनाइ थियो ।

वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५२ औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताउनुभयो । मीनभवन क्षेत्रको आलोकनगरमा पनि ४३ औँ हप्ताको सफाइ अभियान जनचेतनामूलक कार्यक्रम गरी वाग्मती सफाइमा सहभागी भएको अभियन्ता प्रमिला पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुरु हुँदै फुटबल महाकुम्भ

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन

भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group