ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वमन्त्री विश्वबन्धु थापाको जीवन अनुभव भन्छन्, ‘दुई सय रुपैयाँमा विवाह गरें’


ABC NEWS

काठमाडौं, २७ जेठ ।

जात नभएका बडा हाकिम ः

वरिष्ठ राजनीतिज्ञ विश्व बन्धु थापा भन्नुहुन्छ, ‘जब म बडा हाकिम भएर गोरखा गएँ, मैले भनें, ‘बडा हाकिमको जात हुँदैन, म सबैको बडा हाकिम हुँ ।’ राजनीतिक आन्दोलनका एक योद्धा ९६ वर्षिय थापाले आफू २३ वर्षको उमेरमा बडाहाकिम हुँदा परिवारका सदस्यलाई भन्नुभएछ, हजुरहरुलाई हजुरको बुहारीले पकाएर खुवाउँछिन्, म बडा हाकिम हुँ त्यसैले सबैले पकाएको खान्छु ।

उहाँको जन्म वि.सं. १९८४ भदौ २४ गते ईण्डियामा भएको हो । उहाँको बुवा चन्द्र शमशेरको पालामा निर्वासन जानुभएको रहेछ । जुद्ध शमशेरको समयमा माफी दिएपछि उहाँहरु विराटनगर आउनुभयो, त्यो बेला उहाँ ६ वर्षको हुनुहुन्थ्यो । बीपी कोइरालासँग बालककालदेखि नै उहाँको नजिकको सम्बन्ध बन्यो । भन्नुहुन्छ, मलाई मेरी हजुरआमाले हुर्काउनुभयो, बीपीको बुवाले पनि माया गर्नुहुन्थ्यो ।

परीक्षा छोडेर मजदुर आन्दोलनमा ः

राष्ट्रिय विभूति समेत रहेका भीमसेन थापाको पाँचौ पुस्ता हो विश्व बन्धु थापाको पुस्ता । नेपाल राज्यभरी नै पढ्नका लागि विद्यालय थिएन त्यो समय उहाँले वि.सं. २००१ मेट्रिक पास गर्नुभयो । बीपीलाई लाग्यो की अब नेपालीको पनि छुट्टै पार्टी खोल्नुपर्छ । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध हुनुभयो । बनारसमा अध्ययनकै क्रममा रहेका बेला विराटनगरमा मजदुर आन्दोलन भयो । आइएको एउटा पेपरको परीक्षा दिएर उहाँ त्यो मजदुर आन्दोलनमा होमिनुभयो होमिएका बेला २० वर्षको उमेरमा जेल पर्नुभयो ।

‘झण्डै मैले पढ्न नपाएको, धन्न अंग्रेजी पेपर बिग्रेको थिएन र अनि बीए पास गर्न पाएँ, उहाँले भन्नुभयो । पढ्ने समय ताका नै उहाँले सैन्य अर्थात् मिल्ट्री तालिम लिनुभएछ । बीपीले सुवर्ण शमशेरको प्रजातान्त्रिक कंग्रेससँग मिलेर क्रान्ती गर्दा उहाँको सैन्य तालिमको खुबै महत्व रह्यो ।

सैन्य क्रान्ती ः

पढाई सँगसँगै जीवनको क्यारियर र नेता बीपीसँगको क्रान्ती सँगसँगै अघि लाने जिम्मेवारी झनै बढ्दै गयो । गोरखामा एक अभियन्ता राजेश्वर देवकोटाको टाउकोमा खुकुरी दलका मान्छेले खुकुरी प्रहार गरेर अवस्था बिथोलिएपछि बीपीले गोरखामा बडाहाकिम भएर जाँ भन्नुभएछ । भीमसेन थापाको सन्तान भएर होला, त्यहाँका स्थानीयले उहाँलाई काजी साब भन्दा रहेछन् । तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला त्यो समय विराटनगर हुनुहुन्थ्यो । बीपीले गिरीजाले लुकीलुकी पार्टी चलाइरहेको छ भनेर विश्व बन्धुलाई भन्ने गर्नुहुन्थ्यो । क्रान्तीका लागि बर्माबाट हतियार आयो, मेरो पढाईको परीक्षा सकिसकेको पनि थियो, त्यसैले त्यो काम मैले गर्दिएँ, उहाँले भन्नुभयो ।

बीपीको राष्ट्रिय कंग्रेस र सुवर्णको प्रजातान्त्रिक कंग्रेस मिलेर २००६ साल चैत २७ गते नेपाली कांग्रेस बन्यो । सभापति मातृकाप्रसाद कोइराला र महामन्त्री महेन्द्रविक्रम साह बने । ‘मातृकालाई ठूल्दाजु, बीपीलाई सान्दाजु भन्थे । ठुलदाजु र सान्दाजुको झगडामा म परे, । अहिलेको माओवादी जस्तै त्यो बेला हामी थियौं, राइफल बोक्नुपर्ने, जंगल हिड्नुपर्ने, त्यही गरेर जिन्दगी बित्यो’, उहाँले भन्नुभयो ।

दुई सय रुपैयाँमा विवाह ः

उहाँ १८ वर्ष पुग्दाखेरी भन्नुहुन्छ, मैले विवाह आफैं गरेको । के लाग्यो भने, अब कसैको माया चाहियो मलाई । साइनोले भान्दाइ पर्नेले चितवनमा एक जना केटी छिन् भनेर सुनाइरहन्थे रे । ‘उनले त्यहाँ केटी छ भनेको मैले सुन्थें, केटी हेर्छु भने तर त्यहाँ कसरी जाने थाहा छैन ।’ एक जना साथीको सुझाव अनुसार ट्रेन चढ्नुपर्छ भन्ने भयो तर पैसा छैन । एक, डेढ सय रुपैयाँ जम्म गरेर उहाँहरु केटी हेर्न चितवन पुग्नुभयो । केटी पनि मन प¥यो तर विवाह गर्ने पैसा थिएन, उहाँले आफूले विवाह गर्दाको क्षण सम्झनुभयो । चितवनका आफन्तले तिमी आँट, हामी विवाह गर्दिन्छौं भनेछन्, अनि दई सय रुपैयाँमा उहाँको विवाह भयो । उहाँको धर्मपत्नीको नाम हो, जोसना थापा । विवाह त गरियो तर घर अर्थात् विराटनगर कसरी फर्कने, घना जंगल थियो, बाटोमा बाघ, भालुको डर, उहाँले भन्नुभयो ।

२०१७ पुस १ मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई हटाए । त्यसपछि पञ्चायती व्यवस्था लागू भयो । मातृका र बीपीबीच कुरा नमिल्दा उहाँ बीपीको समूहमा हुनुहुन्थ्यो । तर त्यसपछि भने त्यो समय उहाँ मन्त्री हुनुभयो । आफू कहिले पोखरा त कहिले गोरखाको बडा हाकिम हुँदाको इतिहास उहाँले हामीलाई सुनाउनुभयो । ‘क्रान्ती गर्दा आफूसँगै दायाबायाँको मान्छे मर्थे, गोली पनि अहिलेको जस्तो थिएन’, उहाँले भन्नुभयो, ‘मन्त्री हुँदा म निकै पहाडमा हिड्थे ।’ कतिपय अवस्थामा मृत्युको डिलमा पुगेर पनि बाँचेको अनुभव उहाँसँग छ ।

मातृका र बीपीबीचको झगडा ः

नेपाली कांग्रेसले २०१५ सालको चुनावमा दुईतिहाई मत ल्यायो । त्यो समय विश्वबन्धु चितवनबाट जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुभयो । उहाँ कांग्रेस संसदीय दलको प्रमुख सचेतक बन्नुभयो । ‘राजा र बीपीको राम्रो मेल थिएन । राजा सुवर्ण शमशेर प्रधानमन्त्री भए मिल्छ भन्ने तर, राणा गयो राणा आयो के फरक भयो भन्ने कुरा उठ्थे । बीपीले सुवर्णलाई माया गर्थे, पार्टी चलाउन धेरै खर्च दिएका थिए पनि’, उहाँले भन्नुभयो । उहाँले वीरगञ्ज, गुल्मी लगायत तीन ठाउँमा चुनाव जितेको सुवर्ण शमशेर मन्त्री हुन नपाएको तर, दुई ठाउँमा चुनाव हारेको सुर्यप्रसाद थापा भने मन्त्री भएको गुनासो गर्नुभयो ।

बीपीले चाह्यो भने, हारेको मान्छे पनि मन्त्री, सभामुख हुने उहाँले भन्नुभयो । तर बीपीकी श्रीमती सुशीला कट्टर प्रजातन्त्रवादी र असल मान्छे रहेको उहाँले बताउँनुभयो । बीपी पत्नी सुशीलालाई आफ्नो पति मन्त्री, प्रधानमन्त्री भएको कुनै मतलब थिएन, सुशीला भाउजुले मलाई भन्नुहुन्थ्यो, ‘बीपीलाई भन्देऊ, मलाई मन पर्दैन । मैले भनेको मान्नुहुँन्न । आफ््नै ठूलदाजु दाजु प्रधानमन्त्री भएर के बिग्रन्छ, तर, मान्नुभएन । कांग्रेसभित्रको झगडा भनेकैं मातृकाबाबु र बीपीको झगडा । झगडा दाजुभाईको हो । मातृकाबाबु र बीपी नमिल्दा नेपाली कांग्रेसको झगडा भयो ।’

चितवनबाट चुनाव जितेपछि ः

राजनीतिक घटनाक्रमका एक योद्धा विश्वबन्धुले सुवर्ण शमशेर पार्टीको सभापति हुँदा राजाले अलि बढी माया गरेको बताउनुभयो । बीपीले पछि उहाँलाई कृष्णप्रसाद भट्टराईलाई गोरखामा चुनाव जिताएर ल्याउने निर्देशन भयो । गोरखामा बडाहाकिम भइसकेकोले आफू पनि चुनाव लड्न र भट्टराई पनि जिताउन भनेका रहेछन् । जवाफमा उहाँले भन्नुभएछ, सान्दाजु म चुनाव लड्दिनँ । बरु, उसलाई जिताएर ल्याउँला ।’

यो सुनेर विश्वबन्धु रिसाएको बीपीले महसुस गर्नुभएछ र फेरी भन्नुभयो, ‘उसोभए, उसलाई जिताएर ले । त चितवनमा चुनाव लड् । म जितेर पनि आएँ ।’

 

उहाँको जीवनको बाँकी अंश कार्यक्रमको अर्को श्रृङ्खलामा प्रस्तुत गर्नेछौं ।

फोटो ः ध्रुव अधिकारी

(एबीसी टेलिभिजनको कार्यक्रम आत्मवृत्तान्तका लागि गरिएको संवादमा आधारित)

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालगञ्‍जमा कर्फ्यू आदेश जारी

एशियाली क्रिकेटमा नेपालको कमव्याक, जम्मा २३ रनले भारतसँग पराजित

सम्बन्धित

नेपालगञ्‍जमा कर्फ्यू आदेश जारी

यो वर्ष पनि लम्बियो मनसुन, दशैँसम्मै पानी पर्ने सम्भावना कस्तो

एशियाली क्रिकेटमा नेपालको कमव्याक, जम्मा २३ रनले भारतसँग पराजित

मानव बेचबिखनमा टिकटकको दुरूपयोग बढ्दै

१९औं एसियाली खेलकुद : क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...