ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बादलका सुरक्षा सल्लाहाकार इन्द्रजीत राईले अमेरिका पठाउँछु भनी मसँगै पैसा लिए – मुख्य विचौलिया सानु भण्डारीको बयान


एबीसी न्यूज

 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले अमेरिका पठाउने भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईले ठगेको बयान दिएका छन्।

प्रहरी हिरासतमा रहेका उनले आफूलाई अमेरिका पठाइदिने भनी इन्द्रजीतले रकम लिएर नपठाएको र पीडित भएको बताएका छन्।

‘मलाई समेत भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी म बाट डा. इन्द्रजित राई समेतले रकम लिई काम समेत नगरी ठगी गरेको हुँदा म आफै पिडित भएको छु,’ उनले बयानमा भनेका छन्।

सानुले दिएको बयान जस्ताको त्यस्तै
जाहेरवालाहरू गजेन्द्र बुढाथोकी र राम कुमार रेग्मीलाई चिनेको छैन, मैले निजहरूलाई अमेरिका पठाइ दिने भनी कुराकानीसमेत गरेको छैन, जाहेरीमा उल्लेख भएको विषयवस्तुको सम्बन्धमा मलाई जानकारी भएन।

जाहेरी दरखास्तमा नाम उल्लेख गरेका सन्तोष शर्मा, विवेक थापा, प्रदीप अर्याल, सन्देशजंग ठकुरी, संजिव गौतम, सन्देश गौतम, कुमार पोखरेल, अनिस बुढाथोकी र धन बहादुर भण्डारी समेत ६१ जान व्यक्तिहरूसँग मेरो चिनजान र सम्पर्क छैन, निजहरूसँग मेरो सो विषयमा कुनै कुराकानी भएको छैन र मैले निजहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइ दिने भनी रकम लिएको छैन। जाहेरवाला रामकुमार रेग्मी तथा निजको चिनजान र सम्पर्कमा आएका निजका आफन्त र जाहेरी दरखास्तमा नाम उल्लेख भएका श्रवणकुमार रेग्मी, कल्पना रेग्मी, उपेन्द्र बुढाथोकी, राजेश अर्याल लगायतका व्यक्तिहरू सँग मेरो चिनजान र सम्पर्क नभएको हुँदा सो विषयमा मलाई थाहा भएन।

जाहेरी दरखास्तमा नाम उल्लेख भएका बिराज पाण्डे, डम्बर खत्री, यज्ञ ओली, समिर लामिछाने, गौतम गिरी, सुजल केसी, असिम ओली, चन्द्रबहादुर खड्का, पदमसिंह खत्री, महेन्द्र कुसारी, मानबहादुर खत्री, मनिस डिसी, मुमकान्त पाण्डे, मनोज केसी र अनुदान बस्नेतसँग मेरो चिनजान नभएको र मैले निजहरूलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइ दिने भनी कुराकानी नगरेको हुँदा सो सम्बन्धमा मलाई जानकारी भएन, मैले निजहरूलाई अमेरिका पठाइ दिने भनी कुनै रकम लिएको छैन मेरो निजहरूसँग चिनजान र सम्पर्क नभएको हुँदा सो सम्बन्धमा मलाई जानकारी भएन ।

मलाई समेत भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी म बाट डा. इन्द्रजित राई समेतले रकम लिई काम समेत नगरी ठगी गरेको हुँदा म आफै पीडित भएको छु।

जाहेरवाला गजेन्द्र बुढाथोकी र निजले जाहेरी दरखास्त नाम उल्लेख गरेका महेश कार्कीसमेतसँग मेरो चिनजान र सम्पर्क छैन, निजहरूको नाममा जारी भएको शरणार्थी परिचय पत्रको प्रतिलिपिहरू, मुख्य सचिव शंकरदास वैरागीको दस्तखत भएको गृह मन्त्रालयवाट जारी भएको भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानका उपायहरूको सबन्धमा भन्ने विषयको पत्रको प्रतिलिपि को कसले कहाँ बनाएका हुन्, उक्त परिचय पत्र आधिकारीक हुन होईनन भन्ने सम्बन्धमा मलाई कुनै जानकारी भएन। जाहेरवाला गजेन्द्र बुढाथोकी तथा प्रहरी प्रतिवेदनमा नाम उल्लेख भएका लक्ष्मी महर्जन, हरिभक्त महर्जन समेत सँग मेरो चिनजान छैन।

मैले जाहेरवालाहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी कुनै रकम लिएको छैन, जाहेरवाला रोशन खरेलसँग मेरो पहिले देखिनै आर्थिक करोबार हुने गरेको थियो, कहिले निजले मसँग सापटी लाने र कहिले निजसँग मैले सापटी चलाउने गरेको थिएँ, यसै क्रममा मलाई जग्गा खरिद गर्नको लागी रकम आवश्यक परेको कारण मैले निज रोशन खरेलसँग सापटी स्वरुप रु।२८,००,०००। (अट्ठाईस लाख) लिएको हो, उक्त रकम मैले चेकवाटै पटक–पटक गरी फिर्ता दिइसकेको छु, मैले फिर्ता दिएको भौचर हाल मसँग छैन, पछि अदालतमा पेस गर्नेछु, निजसँग मैले रु।२८,००,०००। (अठ्ठाइस लाख) लिएको भएता पनि मैले निजलाई मिटर ब्याजको हिसाव गरी मैले हालसम्म रु.७०,००,०००। (सत्तरी लाख) दिई सकेको भएता पनि म हिरासतमा परेको भनी विभिन्न पत्रपत्रिकामा समाचार आएको कारण निजले म समेतको विरुद्धमा किटानी जाहेरी दिएको हुनुपर्छ।

मैले जाहेरवाला सुमन दाहाललाई चिनेको छैन, निजबाट मैले कुनै रकम समेत लिएको छैन।

मसँगै पक्राउमा परी हिरासतमा रहेका प्रतिवादी केशव प्रसाद दुलाल र प्रतिवादी सन्देश शर्मा विचमा लेनदेनको कारोवार भएको हुँदा म केशव दुलालसँग हिड्ने भएको कारण कुराकानीको क्रममा मेरो समेत नाम उल्लेख गरेको हुनु पर्छ। मैले जाहेरवालाले दावी गरे बमोजिमको ठगी सम्बन्धी कसूर नगरेको हुँदा मलाई सजाँय हुनु पर्ने होईन, मैले कसुरबाट सफाई पाउनु पर्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com