ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिचौलियासँग गृहमै भेट भएको हो, साढे तीन करोडबारे बैंकमै बुझ्नुस् : इन्द्रजित राई (बयान)


एबीसी न्यूज

 

काठमाडौं ९ जेठ । भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले बिचौलियासँग गृह मन्त्रालयमै भेट भएको स्वीकार गरेका छन्। तर उनले शरणार्थी ठगीको विषयमा भने रामबहादुर थापा बादल लगायको संलग्नता नरहेको बयान दिएका छन्। उनले रकम लिएको विषयमा बैंकमै बुझ्न बयानमा भनेका छन्।

उनीसहितका प्रतिवादीविरुद्ध अदालतमा अभियोग दर्ता गर्ने अन्तिम तयारी छ। प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।

जिल्ला सरकारी वकिल कार्यालयले बुधबार वा बिहीबार जिल्ला अदालतमा अभियोग दायर गर्नेछ। यो प्रकरणको सुरुमै जोडिएका इन्द्रजित राईले यसअघि सरकारी वकिल कार्यालय र प्रहरी समक्ष यस्तो बयान दिएका छन्।

ईन्द्रजित राईले गरेको बयानः
प्रतिवादी सानु भण्डारी कार्यालयमा १र२ पटक आउनु भएको थियो। उहाँसँग १ पटक एउटा व्यक्ति केशव दुलाल पनि आउनु भएको थियो।

निजहरुको विषय भुटानी शरणार्थी सम्बन्धमा मसँग एक दुई पटक टेलिफोनद्वारा मलाई सोध्नु हुन्थ्यो। मैले उहाँहरुलाई यस विषयमा मेरो केही जानकारी छैन भनेर जवाफ दिएको थिएँ। सानु भण्डारीबाहेक अरु कसैलाई म चिन्दिन।

म गृह मन्त्रालयमा कार्यरत हुँदा दिनमा थुप्रो मान्छेहरुसँग विभिन्न विषयहरुमा कुराकानी हुन्थ्यो। त्यसमा निजले भुटानी शरणार्थीको बारेमा के हुँदै छ भनी जानकारी लिन खोज्नु भएको थियो।

मैले केही थाहा नभएको र यस विषयमा मैले केही सूचना दिएको छैन। तत्पश्चात निज सानु भण्डारीसँग मेरो फोनमा तथा सामाजिक सञ्जालमा कुराकानी भएको हुन सक्छ। कति पटक कुरा भयो भन्ने मलाई याद भएन तर भुटानी शरणार्थीको विषयमा केही कुराकानी भएको छैन।

केशवप्रसाद दुलालसँग मेरो कुराकानी भएको छ छैन मलाई याद भएन। म तत्कालिन गृहमन्त्री रामबहादुर थापा गृहमन्त्री भएको ३ महिनापछि लगभग २०७६ असार देखि कार्यरत रहेको र उक्त सरकार बहाल रहुन्जेलसम्म कार्यरत रहेको हुँ।

सो अवस्थामा म विशिष्ट श्रेणीमा सुरक्षा सल्लाहकारको रुपमा कार्यरत रहेको हुँदा सोही अनुसारको सेवा सुविधा समेत राज्यबाट पाएको थिएँ। मेरो ३ वर्ष ६ महिनाको कार्यकालमा विभिन्न समयमा भिन्न भिन्न चालक, पिए र कार्यालय सहयोगी एवम पीएसओहरु कार्यरत रहे। निजहरुको सबैको नाम मलाई याद भएन।

धेरै समय काम गरेका व्यक्तिहरु मध्ये पीएसओमा मगर थरका सई थिए। ड्राइभरमा सहायक हवल्दार डोलराज पाण्डे थिए। पिएमा रोमा पाण्डे हुन्। अन्यको नाम थाहा भएन।

सम्पूर्ण आरोप सबै शत प्रतिशत असत्य हो। निजले भनेको आरोप सिद्ध प्रमाणित भएमा सजायको भागिदार हुने छु। यो समिति म कार्यरत रहेकै समयमा गठन भएको हो तर समिति गठन भएको १ दिनपछि मैले यो समितिको बारेमा जानकारी प्राप्त गरेँ।

सो समयमा म सल्लाहकारको रुपमा कार्यरत भएकोले मेरो हस्ताक्षर मन्त्रालयको आधिकारीक नहुने कारणले मलाई यो जानकारी पछि प्राप्त भयो। सबै मनगढन्ते कुरा हो। थापाथलीको आँगन होटलमा मेरो र सानु भण्डारीसँग कहिलै पनि भेट भएको छैन।

मेरो जानकारी अनुसार कुनै पनि व्यक्ति शरणार्थीको विषयलाई लिएर प्रेम राईको कार्य कक्षमा कहिल्यै पनि नगएको हुँदा उक्त आरोप प्रेम राई तथा अन्य प्रतिष्ठित व्यक्तिहरुको नाम मुछेर उनीहरुलाई व्यर्थमा बदनाम गर्ने कु लक्षित प्रयास हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ- कोइराला

जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com