ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल


ABC NEWS

 

काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
आइतबार केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महामन्त्री ढकालले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरु दलहरुको कुनै अधिकार नभएको दावी गरे ।

‘समस्या जुान आएको थियो, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको समस्या हो । अन्य दलहरुमा आएको होइन, त्यसैले अन्य दलहरुले समस्याको रुपमा लिन जरुरी छैन’ उनले भने, ‘यो हाम्रो समस्या भएको कारणले र हामीले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारी हो । निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’

महामन्त्री ढकालका अनुसार अब पार्टी सभापति रवि लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्री को बन्ने टुंगो लगाउनेछन् ।

 

आइतबार केन्द्रीय समितिको बैठकपछि उनले गृहमन्त्रालयमा पार्टीले फेरि उक्त मन्त्रालय दाबी गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

‘हाम्रो पार्टीमा एउटा समस्या आएको थियो, त्यो समस्याको समाधान भएको छैन । यो समस्या अन्य दललाई परेको समस्या होइन,’ उनले भने, ‘अहिले सरकारको विषयमा छलफल भएको छैन । तर, हामी सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा फेरि छलफल गर्नुपर्ने अवस्था छैन । गृह मन्त्रालय रास्वपाले पहिल्यै पाइसकेको अवस्था हो, फेरि दाबी गर्नुपर्ने कुरा छैन । हामीले नै कसलाई गृहमन्त्रालयको जिम्मेवारी दिने भनेर निर्णय लिने कुरा हो । त्यसमा हामी छलफल गरेर निर्णयमा पुग्छौँ ।’

उनले लामिछानेको नागरिकता सम्बन्धी विवादमा अदालतले छिटो फैसला गर्‍यो भनेर विरोध गर्ने अवस्था नरहेको पनि बताए ।

‘अदालतबाट छिटो निर्णय आउनुपर्छ भनेर हामीले पनि भन्दै आएका हौँ । तर, त्यस्तो हुने गरेको छैन । सार्वजनिक महत्वका थुप्रै मुद्दा अदालतमा लामो समयदेखि विचाराधीन छन्,’ उनले भने, ‘तर हाम्रै मुद्दामा किन अदालतले छिटो फैसला गर्‍यो भनेर विरोध गर्ने कुरा छैन । तथापि त्यसबारे हामीले छलफल गरेका छौँ । हामी आगामी दिनमा पनि यस्ता सवालहरूमाथि अदालतको चासोलाई नजिकबाट हेर्छौँ ।’

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच नयाँ गृहमन्त्रीबारे छलफल, माओवादी आफैंले राख्ने अडानमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com