ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्धिजीवहरु अझै पनि सर्वोच्चको फैससलामा केन्द्रित, ट्टिवरमा उनीहरु भन्छन् – ‘रविले फौजदारी अपराध गरे’


ABC NEWS

 

काठमाडौं १४ माघ। रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका बारेमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध लामिछानेको पार्टीका कार्यकताहरुले काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार लामिछानेको पार्टि समर्थक युवाहरूको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
यस्ता र्हकत देखेपछि बुद्धिजीवहरुले रोश प्रकट गर्दै ट्विर रंगाएका छन् ।

लेखक खगेन्द्र संग्रौलाले एका विहानै रवि लामिछानेकै बारेमा ट्विट गरेका छन् – रवि सरको राजनीतिले सधैँका लागि सिल्टिमुर टोक्या पो हो कि१अब सके मुद्दाबाजहरूले दोहोरो राहदानीको कसुरमा लखेट्लान्।खण्डे चुनावमा राष्ट्रवादका भाने मुङराले तालु कुच्याउलान्।राम्रो ूमूको मैमत्तापन,बित्पाते स्टन्टबाजी र जिब्रो(चोर औँलाको हल्लन्तामले सरलाई के जोगाउलान् र
प्रदर्शनकारीहरूले रवि लामिछानेलाई सुनियोजित रूपमा फसाइएको आरोप लगाएका छन् । शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज हुने फैसला गरेको थियो ।

बुद्धिजीवी नरेन्द्र जंग पिटर लेख्छन् –स्पेनका महान चित्रकार सेल्वाडोर डलीले सायद नेपाली चतुरेहरूलाइ देखेर भनेका होलान( बुद्दिबेगरको महत्वकाक्षा पँखेटा बिनाको चरो जस्तै हो।

सुरेश आचार्य लेख्छन् –कॅाग्रेसी झोलेहरू त रबी लामिछानेलाई खुइल्याउन अभियानकै रूपमा लागेको सामाजिक सन्जालबाट बुझियो १ रबीलाई खुइलाए, गठबन्धन भताभूंग पार्न सकिन्छ भनेर होला । आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत भएका व्यक्ति हुन्।
डा मित्र परियार नामक ट्विटर प्रयोग कर्ता टिप्पणी गर्छन् –“रवि रवि” भन्दै धेरै नउफ्रिनु भनेर मैले पहिल्यै सचेत गराएको हो। नभन्दै उनले सुशासन र भ्रस्टाचार विरूद्द जति बोले पनि कानून मिचिरहेका रहेछन्। पहुचका आधारमा राज्य संयन्त्रको दुरूपयोग गरेका रहेछन्। अन्ततः सर्वोच्च अदालतले ठेगान लगाइदियो।

अर्जुन ज्ञवाली नामक टिप्पणीकर्ता लेख्छन् – रबि लामिछानेको नागरिकताको कुरा उठाउने कथित नेकपा मसालका आजिबन महामन्त्री मोहनबिक्रम सिहले २०६२र०६३ पछी नागरिकता लिए।उनी र उनको पार्टि रिमको सस्थापक सदस्य थियो।सन्सार भरी भ्रमण गर्दा उनले कुन राहदानी प्रयोग गरेरुनागरिकता नभैत नेपाली पासपोर्ट बन्दैन। भारतको सरकारले मिलाइदियो कि ?
डा. मसीरमणि दिक्षित रविलाई धेरैले गाली गरेको भन्दै अन्य दलप्रति पनि सचेत हुन आग्रह गर्दै लेख्छन् – नवआगन्तुक नेतृत्वलाई उन्को गल्तीमा चरम खिसी र गाली गर्दै रमाइरहेका अन्य दलविशेष निकट ९चुनावी चहलपहलमा मज्जाले यतै पहिचान भएका० साथीहरूलाई प्रश्न ?
लेखक इन्द्र अधिकारी नागरिक प्राप्तीलाई अनावश्यक हल्ला नर्गन भन्दै लेख्छिन् –नागरिकता प्रमाण(पत्र९नाप्रप०नभएका सबै अनागरिक हुदैनन्,तर नाप्रप स्वतस्हातमा आउदैन, लिनकालागि राज्यले तोकेको नियम(प्रकृया पूरागर्नुपर्छ१
नेपालमा अहिलेपनि कयौंसंग नाप्रप छैन र धेरैसंग राष्ट्रिय परिचयपत्र छैन,ती अनागरिक र गैर–नेपाली होईनन्।

रविलाईअनागरिकबनाईयो भन्नेले बुझ्नेकुरा
निर्मल भण्डारी नामक ट्विटर प्रयोगकर्ता लेख्छन् –रवि लामिछानेको नागरिकताको विषय मात्र टुङ्गिएको हो । एकै पटक नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेको विषय टुङ्गिन बाँकी नै छ । राहदानीको विषय फौजदारी कसुर हो । जेल हुने सम्भावना प्रवल छ ।

आफ्नो दलमा दुधले नुहाएका मात्र नेताहरू छन् हो रु वहाँहरुले कहिलेपनि देशलाई नकारात्मक प्रभाव पार्ने कामकार्य गर्नुभएको छैन हो रु

 

प्रध्यापक संजीव उप्रेती धरानका सचेत नागरिकको जगारण प्रशंशा गर्दै लेख्छन् –राम्रो खबर ।आम नागरीकहरु यसरी जाग्न थाले मात्र राजनिति र अर्थतन्त्रमा देखिएका छिद्रहरुलाइ टाल्न सकिन्छ।नागरिकहरुले ५ बर्षमा एकपल्ट भोट दिएर त्यसपछी नेताका कुरा काटेर बस्ने संस्कृती बदलौँ । हर बखत जागेर नेता, प्रशाशक हरुलाइ सचेत गराइरहौँ । यही हो निरन्तर नागरिक आन्दोलन को स्प्रीट ।

‘राम्रो खबर ।आम नागरीकहरु यसरी जाग्न थाले मात्र राजनिति र अर्थतन्त्रमा देखिएका छिद्रहरुलाइ टाल्न सकिन्छ।नागरिकहरुले ५ बर्षमा एकपल्ट भोट दिएर त्यसपछी नेताका कुरा काटेर बस्ने संस्कृती बदलौँ । हर बखत जागेर नेता, प्रशाशक हरुलाइ सचेत गराइरहौँ । यही हो निरन्तर नागरिक आन्दोलन को spirit !
Sadiksha Karki
@Sadiksha_karki_
थोरै भए पनि शुसासन कस्तो हुन्छ धरानबाट सिक्ने दिन आएछ, हर्क साङपाङ आएपछि बिदाको दिन सरकारी गाडी लिएर भेडेटार घुम्न जाने, धरानमा गोष्ठी सेमिनार गर्ने सबका दिन गएछन्,सेतो प्लेटमा धरानतिर हिडेका यी अलैची बालाई समेत सरकारी गाडी चढ्ने तिम्रो हैसियत के भन्दै धरानेहरुले घर फर्काइदिएछन्।

Image

विश्वरसिंह मेवाहांग लेख्छन् –
‘खास समस्या यहाँ छ । रुख चिन्ह र घाम चिन्ह जस्तो हेभी वेट उमेदवारलाई तीन गुणा भन्दा बढी मतले धुलो चटाउनु नै रबीको मुख्य गल्ती थियो । त्यही गल्तीका कारण आज उनी अनागरिक भए।नागरिकताकै विषय ठूलो हुने भए त अनुराधा कोइराला, नारायण खड्का, सुजाता कोइराला आदिको पनि छानबिन हुन्थ्यो होला ।’

Image

र्वोच्चको फैसलापछि लामिछानेले उपप्रधानमन्त्री र गृहमन्त्री पदसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका छन् । उनी आफै अब आफू अनागरिक भएको भन्ने विस्फोटक अभिव्यक्ति दिएका थिए ।
प्रदर्शनकारीहरुले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध अभ्रद र अशिष्ट गाली गलौज सहित चर्को नाराबाजी गसरेका थिए ।

अनुसन्धान हुन भने बांकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com