ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्या आरोपी सांसद पक्राउ गर्न नसक्ने ‘असक्षम गृहमन्त्री’ भन्दै रबिकै नेताको विरोध


ABC NEWS

 

काठमाडौै ६ माघ । एकजना प्रहरीको हत्या आरोपमा पक्राउ पुर्जीसमेत जारी भइसकेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसद बैठकमै उपस्थित हुँदा पनि गृहमन्त्री लामिछाने पक्राउ नगर्नु उनको असक्षमता भएको रवि लामिछानेको पार्टीका एकजना केन्द्रीय सदस्यले बताएका छन् ।

शुक्रबारको संसद बेठकमा कोइरालाई पक्राउ नगरेर गृहमन्त्री रमिते भएको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएका थिए। गृहमन्त्री लामिछानेले भने विधि र पद्धति अनुसार हुने भन्दै काइते जबाफ दिएका थिए ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले कोइरीलाई थुनामा पठाउन नसक्नुमा गृहमन्त्री लामिछानेको अक्षमता हो भन्ने धेरै सोच्नु आवश्यक नरहेको पनि टिप्पणी गरेका छन्।

‘सांसद कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो। हाम्रो पार्टी सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि अक्षमता हो भन्नलाई धेरैबेर सोच्नसम्म पर्दैन,’ कार्कीले तिखो टिप्पणीसहित भनेका छन्।

घाइते अवस्थामा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई एम्बुलेन्सबाटै निकालेर हत्या गरेको अभियोग महतोमाथि छ।

महोत्तरी क्षेत्र नम्बर २ बाट मंसिर ४ मा निर्वाचित उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए।

के भने कार्कीले ?
पहिले वा अहिले नेताहरुको आलोचना गर्दा व्यक्तिगत रिसइवी साँध्न आलोचना गरिएको वा गरिने होइन। केही सुधार होला कि भनेरै आलोचना, समर्थन गर्ने हो। मैले गर्ने वा मप्रति गरिने आलोचना र समर्थनहरुकोबारेमा मेरो धारणा सँधै यही थियो, छ र रहनेछ। विकसित राजनीतिक घटनाक्रमबारे मलाई प्रश्न गर्नेहरुप्रति आभारी छु।

रह्यो कुरा, हत्या आरोपी भएर अदालतले थुनामा राख्न आदेश दिए पनि सांसद भएर निर्वाध संसद भवन आउजाउ गर्ने सांसद लक्ष्मी महतो कोइरी र उनलाई पक्राउ गर्न भएको आनाकानीबारेमा मेरो धारणाको। यसमा मेरो व्यक्तिगत धारणा स्पष्ट छ।

कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो र, हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि अक्षमता हो भन्नलाई धेरैबेर सोच्नसम्म पर्दैन।

अदालतले थुनामा राख्न आदेश दिएका व्यक्तिहरु थुनामा नै भेटिनु पर्छ, संसदमा त झन् हुँदै होइन। किन यो भइरहेको छ भन्नेबारेमा आमनागरिकले थाहा पाउनु पर्छ। त्यो प्रक्रिया पुरा गर्न राजनीतिकरुपमा नसकिएको हो भने सभापतिले त्यो पनि थाहा दिनु पर्छ। किनकि, हामीले देख्न चाहेको रवि लामिछाने टिभीमा सिधा कुरा चलाउँदै गरेको रवि लामिछाने नै हो।

हामीले भेट्न खोजेको रवि लामिछाने आफ्ना कुरा नदबाइ आममानिसले बुझ्न सक्ने सिधा भाषामा मुखरित हुन सक्ने रवि लामिछाने नै हो। एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन।

मलाई विश्वास छ, गृहमन्त्रीको कुर्सीमा बसिरहेको र आफैले अस्विकार गरिरहेका नेताहरुको भिडमा हराइरहेको रवि लामिछानेले पक्कै पनि चाँडो भन्दा चाँडो हामीले चाहेको रवि लामिछानेलाई भेट्टाउनु हुनेछ।

सांसद कोइरीको पक्राउ त्यसको पहिलो संकेत बन्नेछ। प्रीय सभापतिलाई भीडभन्दा परबाट यति अनुरोध, सुझाव पुर्याउने जमर्को गरेको छु। आशा छ, भीडको तुवाँलो हटेर प्रस्ट देखिने, सुनिने रवि लामिछाने पाइनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

  काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

  काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

  काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था

सम्बन्धित

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

प्रचण्डको पहिलो विदेशी पाहुनका रुपमा अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com