ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुराना जहाज, अस्वस्थ प्रतिस्पर्धा, फितलो कानुनजस्ता लापर्वाही दुर्घटनाको लागि उर्वरभूमि बन्दैं नेपाल (भिडियोसहित)


abc

काठमाडौं, २ माघ । नेपालमा हवाई सेवाको इतिहास ७३ वर्ष पुरानो भए पनि यसको विकास र विश्वासले खासै फड्को मार्न सकेको देखिंदैन । नेपाली आकासमा भएका धेरै हवाई दुर्घटनाले यात्रुको विश्वास जित्न नसकेको देखिन्छ भने युरोपेली देशहरुमा समेत उडान अनुमति पाउन सकेको छैन ।

नेपालमा जहाजको संख्या नै कम, त्यसमा पनि समयमै उडान नहुने पनि अर्काे समस्या देखिन्छ । हवाइ यातायात भरपर्दाे र सुरक्षित मानिए पनि नेपाली आकाशमा पछिल्लो समयमा हवाई यात्रा असुरक्षित बन्दै गएको छ । पहाडी धरातलको उडान, मौसमी परिवर्तन, प्रयाप्त सूचनाको लागि विमानस्थलमा आधुनिक उपकरणको अभाव र पुराना मोडेलका हवाई जहाजको कारणले पनि हवाई दुर्घटनाको घटनाहरु बढ्दै गएका छन् । वर्षेनी हुने ठूला विमान दुर्घटनाले नेपाली आकास साह्रै असुरक्षित रहेको बन्दै गएको छ । ‘हाम्रा जमिन त असुरक्षित थियो थियो । आकास पनि असुरक्षित हुनथाल्यो । साघुरा सडक, क्षेमताभन्दा बढी यात्रु बोक्नु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, तीव्र तिमा सवारी हाक्नु, ट्राफिक नियमको उलंघन गर्नू जस्ता कारणले वर्षेनी सडक दुर्घटनामा सयौंले ज्यान गुमाइरहेका छन् । पछिल्लो समय त विमान दुर्घटना हुने क्रम पनि बढ्दो छ ।

नेपाली हवाई इतिहासमा दुर्घटनाको इतिहास लामो छ । हरेक वर्ष जसो नेपालले कुनै न कुनै विमान दुर्घटना भोग्दै आएको छ । नेपालको हवाई उड्ययन इतिहासमा आइतबार पोखराको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ । २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।नेपाल नागरिक उड्ययन प्राधिकरणको ’एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । त्यस्तै नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् ।यी दुर्घटनामा अहिलेसम्म साढे ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आइतबारको पोखारा दुर्घटनाबाहेक हालसम्म यी हवाई दुर्घटनामा ८ सय ४९ को मृत्यु भइसकेको छ ।

जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ८ सय ४९ को मृत्यु भइसकेको छ । आइतबार पोखराका लागि चार चालक दल र ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरको एटीआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो । विश्वमा सर्वाधिक विमान दुर्घटना हुने देशमध्ये नेपाल पनि एक हो । उच्च डाडाकाडा, मौसमी कारण लगायतले गर्दा विमान दुर्घटना हुने गरेका छन् । यसअघि गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो । प्रकृतिलाई दोष दिएर मात्र कर्तव्य पुरा हु“दैन । वर्षौं वर्षका पुराना जहाज, निजी विमान कम्पनीको अस्वस्थ प्रतिस्पर्धा, फितलो सरकारी कानुनजस्ता लापर्वाही दुर्घटनाको लागि उर्वरभूमि बन्दै आएका छन् ।

प्राधिकरणको नियमअनुसार २० वर्षभन्दा पुराना जहाज आयात गर्न पाइँदैन । तर हामीकहाँ भने एउटा कम्पनीले अर्कोलाई बेचबिखन वा भाडामा दिएर पुराना जहाज पनि चलाउने गरेको पाइन्छ । तर नेपालमा हुने गरेका हवाई दुुर्घटनालाई जहिले पनि भौगोलिक जटिलताको नाममा मात्र सिमित राख्ने गरिन्छ । हवाई दुुर्घटना पश्चात छानबिन समिति पनि गठन गरिन्छ तर बिडम्बना नेपालमा हाल सम्म हवाई दुुर्घटना हेर्ने आधिकारिक छानबिन समिति पनि छैन । नेपालका ध्वजाबाहक बिमानहरुलाई असुरक्षित ठान्दै युरापेली मुुलुकहरुमा उड्न प्रतिबन्ध लगाईएको लामो समय भइसकेको छ । यसले नेपालको बाह्य उडान विस्तारमा विश्वास जित्न सकेको छैन । बारम्बार हवाई दुर्घटना भएपछि नेपालको हवाई आकाशलाई असुुरक्षित ठानिएपछि सरकारी क्षेत्रबाट यसको क्षमता विकासको लागि प्रभावकारी काम हुन सकेको छैन ।

नेपालमा बारम्बार हुने हवाई दुर्घटनाले विश्व बजारमा नेपाली हवाई क्षेत्र असुरक्षित भएको आलोचना खेपिरहँदा नेपाली आकाश क्षेत्रलाई सुुरक्षित बनाउन पर्यटन तथा नागरिक उड्यन मन्त्रालय एंव नागरिक उड्यन प्राधिकरण निरन्तर सहकार्यमा जुट्न आवश्यक छ । सरकारले उडानका लागि अनुमतिको बाढी ल्याएको छ । सञ्चालकहरुको पैसा कुम्ल्याउने महत्वाकांक्षाका कारण आकासमा जोखिमको यात्रा गर्नुपर्ने जहाजहरु हवाई ट्रक हुने गरेका छन् । अब भने छातीमा हात राखेर पानीमाथिको ओभानो हुने हैन, गल्ती नदोहो¥याउने संकल्प सवैले गर्नु आवश्यक छ । कामना गरौं अब यस्ता समाचार बनाउनु नपरोस् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, १२ हजारभन्दा बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com