ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससहित संसदमा रहेका सबै दलले विश्वासको मत दिने, नेपालको इतिहासमा पहिलो घटना(अपडेटसहित)


ABC NEWS

 

काठमाडौं २६पुस । संसदको सबैभन्दा ठूले दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

संसद भवन नयाँबानेश्वरमा बसेको कांग्रेस कार्यसम्पादन बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि प्रचण्ड सर्वसहमतिको प्रधानमन्त्री बन्ने भएका छन् । नेपालको संसदीय इतिहासमा संसदमा रहेका सबै दलले कुनै प्रधानमन्त्रीलाई सवै दलले विश्वासको मत दिएको घटना यो नै पहिलो हुने भएको छ ।

कांग्रेसको बैठकमा सरकारलाई मत दिने विषयमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले भने नोट अफ डिसेन्ट लेखेका छन्।

दुई महामन्त्री तथा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीले यो निर्णयमा नोट अफ डिसेन्ट लेखेको एक नेताले बताए ।कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने सर्वसम्मत निर्णय गरेपछि अब संसदीय दलको बैठक बस्ने भएको छ।

उक्त निर्णयलाई अब संसदीय दलको बैठकले अनुमोदन गर्नेछ। कांग्रेसको यो बैठकपछि अब केही बेरमा संसद बस्ने तयारी भएको छ।

जहाँ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछ।
यस अघि कांग्रेसको पार्टनर रहेको एकीकृत समाजवादी र लोसपाले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेका माओवादी, एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नाउपा र स्वतन्त्र सांसदले प्रचण्ड सरकारलाई समर्थन गरिसकेका छन् ।

किन तयार भए देउवा प्रचण्डलाई विश्वासको मत दिन ?

गठबन्धन बनाएर चुनाव लडेका देउवा पूर्वसहमति अनुसार आफूलाई प्रधानमन्त्री पद छाड्न तयार नभएपछि १० पुसमा माओवादी अध्यक्ष प्रचण्डले एमाले सहतिको गठबन्धन बनाएर प्रधानमन्त्री बने ।
संस्थापन पक्षका केही नेता त प्रधानमन्त्री प्रचण्डले सभामुख दिन नसक्ने, तर राष्ट्रपति निर्वाचनसम्म पुग्दा परिस्थिति अनुकूल बनाउने आश्वासन दिएको दाबी गर्छन् ।
प्रचण्ड बालुवाटारबाट निस्किंदासम्म उपसभापति पूर्णबहादुर खड्का लगायतका कांग्रेस नेताहरु भन्दै थिए, ‘प्रचण्डजी खाना खान जानु भएको हो, फर्किएर आउनु हुन्छ ।’ देउवा भने प्रचण्ड नआए एमालेको समर्थनमा भएपनि प्रधानमन्त्री हुने योजनामा थिए । एमाले नेताहरुले आश्वासन पनि दिएका थिए ।

तर न प्रचण्ड फर्किएर कांग्रेससँग सम्वाद गर्न गए, न एमालेले देउवालाई समर्थन गर्‍यो । बरु प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन जुटाए र प्रधानमन्त्री बने ।

कांग्रेस नेताहरुका लागि यो निकै अनपेक्षित थियो । सत्ता गठबन्धन जोगाउन नसक्दा ‘स्तब्ध’ भएका कांग्रेस नेताहरु, फेरि सक्रिय भए । खासगरी उपसभापति खड्का । नेताहरुका अनुसार कांग्रेस सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्री छाड्ने बचन दिँदाका एक मात्र साक्षी हुन् खड्का । अन्तिमसम्म पनि प्रचण्डलाई प्रधानमन्त्री दिएर पनि गठबन्धन जोगाउनुपर्ने मत राखेका कारण माओवादी अध्यक्ष पनि उनीप्रति सकारात्मक नै छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन जोगाउनुपर्ने मत राख्दै आएका माओवादी उपमहासचिव जनार्दन शर्माले पनि देउवालाई भेटे र विश्वासको मत दिन आग्रह गरे ।

नेताहरुका अनुसार २२ पुसमा आइपुग्दा उपसभापति खड्कासहितका नेताहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिसकेका थिए । त्यो दिन देउवा निवास, धुम्बाराहीमा भएको छलफलमा खड्काले विश्वासको मत दिएर प्रतिपक्षमा बस्न मिल्ने तर्क गरेका थिए । एक पदाधिकारीका अनुसार देउवा आफैं भने विश्वासको मत दिने कि नदिने अलमलमा देखिएका थिए ।

पछिल्लो दुई दिन (२३–२४) मा खड्कासँगै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि यो लबिइङमा लागे । उनीहरुले डा. शेखर कोइरालासँग समेत छलफल गरेका थिए । खड्काले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई समेत भेटेको थिए । सोमबार साँझ त प्रधानमन्त्री प्रचण्ड आफैं विश्वासको मत माग्न कांग्रेस सभापति देउवाको निवासमा पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा राष्ट्रपति निर्वाचनमा पुग्दासम्म राजनीतिक परिस्थिति आफ्नो अनुकूल हुने कांग्रेस संस्थापन पक्षका नेताहरुले विश्लेषण गरेका छन् । उनीहरुका अनुसार विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा बोलाउने छन्, जसले एमाले र माओवादी बीच अविश्वास पैदा हुनेछ । ‘

संस्थापन पक्षका केही नेता त प्रधानमन्त्री प्रचण्डले सभामुख दिन नसक्ने, तर राष्ट्रपति निर्वाचनसम्म पुग्दा परिस्थिति अनुकूल बनाउने आश्वासन दिएको तर्क गरेका छन् । स्रोतका अनुसार देउवालाई विदेशी शक्तिहरुले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिन दबाव दिएका छन् ।
देउवा यसै पनि विदेशी र ज्योतिषले भनेको अस्वीकार गर्न सक्दैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com