ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, दिपक मनांगेले पनि समर्थन गरे


ABC NEWS
पुस २५, २०७९ सोमबार   ३ : ०१   बजे

 

पोखरा २३ पुस । नेकपाएमाले नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारी गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् । सत्तारुढ गठबन्धनको आइतबार बसेका बैठकले अधिकारीलाई मुख्यमन्त्री बनाउने सहमति जुटेसँगै प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष मुख्यमन्त्री पदको दावी पेस गरेका हुन् । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी संघमा स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् । प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको दावी गर्न आह्वान गरेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ ।

अधिकारी ३३ सांसदको समर्थन लिएर दावी पेस गर्न गएका हुन् । गण्डकीमा एमालेसँग २२, माओवादीको ८ सिट छ । केन्द्रीय गठबन्धनमा सामेल भएको राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाको गण्डकीमा २ सिट छ । अधिकारीलाई एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेले पनि समर्थन गरेका छन् ।

अधिकारीको राजनीतिक यात्रा

११ वर्षकै उमेरदेखि राजनीतिमा लागेका अधिकारी पहिलो पटक २०७० सालमा सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बनेका थिए। २०७४ को चुनावपछि प्रतिनिधि सभामा एमाले संसदीय दलको प्रमुख सचेतक बनेका अधिकारी १३ दिने गृहमन्त्री पनि हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उनलाई २०७८ जेठ २७ मा गृहमन्त्री नियुक्त गरेका थिए।

संसद विघटनपश्चात मन्त्रिपरिषद विस्तारका विरूद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले १३ दिनमै उनीसहित अन्य मन्त्रीलाई पदमुक्त गरिदिएको थियो।

२०४८ सालदेखि प्रतिनिधि सभा सदस्यमा चुनाव लडेका अधिकारी ३ पटक हार बेहोरेका थिए भने २ पटक जितेका थिए।

११ वर्षकै उमेरमा पोखरा–३१ को आनन्दज्योति माविको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका अधिकारी २०३३ सालमा नेकपा पुष्पलाल समूहको सदस्य बनेका थिए।

२०३६ सालमा अनेरास्ववियुको कास्की जिल्ला अध्यक्ष बने। त्यसपछि २०४० र २०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति जिते।

२०३८ सालमा अनेरास्ववियुका केन्द्रिय सदस्य बनेका अधिकारी त्यसको २ वर्षपछि उपाध्यक्ष बने। अर्धभुमिगत रूपमा पञ्चायत विरुद्ध आन्दोलन गर्दा उनी २०४२ सालमा  पक्राउ परे। पक्राउ परेपछि उनलाई कास्की, तनहुँ, रौतहटलगायतका जेलमा पठाइयो। प्रजातन्त्र पुनर्स्थापनापछि २०४६ सालमा मात्र उनी रिहा भएका थिए।

हाल एमालेका अध्यक्ष रहेका केपी शर्मा ओली नेतृत्वमा गठन भएको प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा अधिकारी केन्द्रिय सदस्य बने। त्यसपछि उनी अध्यक्ष ओलीका पक्षमा खरो उत्रँदै आएका छन्।

२०५१ सालको मध्यावधि निर्वाचन जितेर पहिलो पटक संसद छिरेका अधिकारीले २०५४ मा संसदीय दलको सचेतक बने। त्यसपछि लगातार चुनाव हारेका उनले २०७४ मा बाम गठबन्धनको उम्मेदवार बनेर कास्की–१ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए।

बाल्यकालदेखि राजनीतिक यात्रा थालेका अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने अवस्था आइस्क्दा अनेक आरोह–अवरोह पार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group