ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता हिक्मत कार्की नियुक्त, को हुन् कार्की ?


ABC NEWS

काठमाडौं २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले प्रदेश साभ सदस्य हिक्मत कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले आज एमाले संसदीय दलका नेता समेत रहेका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्तिको पत्र दिएका छन्। कार्कीले सोमबार साढे २ बजे शपथ ग्रहण गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा कार्कीलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को २९१० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।कार्की झापा ५ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

यसअघि प्रदेशसभाका ६० जना सदस्यको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुईतिहाइ सदस्यको समर्थनमा कार्कीले दाबी पेश गरेका थिए।

प्रदेशसभामा रहेका एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन्।

प्रदेश प्रमुख खापुङसमक्ष प्रदेशसभाका सबभन्दा ठूलो दल एमालेका नेता कार्कीको नेतृत्वमा सरकार गठनका लागि आइतबार दाबी पेश गरिएको थियो।

कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरि ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेश गरेका हुन्।

प्रदेश प्रमुख खापुङ्गले संविधानको दफा १६८ को उपदफा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेश गर्न समय दिएका थिए।

प्रदेश १ मा कुनै पनि दलको बहुमत छैन। जस अनुसार २ वा २ भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा कार्कीलाई अघि सारिएको थियो।

कार्कीलाई मुख्यमन्त्री बनाउन दावीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

कार्कीको राजनीतिक यात्रा
विस २०२१ साल असोज ११ गतेका दिन झापास्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानकारुपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो।

अहिले उनको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा छन्।

उनको बाल्यकाल गौरादहमै बितेको थियो भने एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा भएको थियो।

विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन्। पार्टी सम्पर्कमा भने २०३६ सालतिर आएका थिए।

महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आईएल अध्ययन गर्ने उद्धेश्य राखी २०४२ सालमा धरान आएका कार्की आईएलको पहिलो ब्याचका रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना भए। उनले कानुनमा स्नातकोत्तर तह (एलएलएम) सम्म अध्ययन गरेका छन्।

अनेरास्ववियुको विभिन्न तहका कमिटीहरुको नेतृत्वदायी भूमिका (क्याम्पस प्रा.क., जिल्ला कमिटी काठमाडौं, बाग्मती अञ्चल कमिटी) निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रीय अध्यक्षको जिम्मेवारीमा पुगेका थिए।

स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हालेका कार्की विद्यार्थी विषेश जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका थिए।

पार्टीको पाँचाै राष्ट्रिय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदीप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसँगै महत्त्वपूर्ण भूमिकामा रहँदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रीय राजनीतिमा रहेका छन्।

नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटिको इन्चार्जका रुपमा जिम्मेवारी बहन गरिसकेका कार्की प्रदेश १ को प्रचार विभाग प्रमुखको भूमिका निर्वाह गरेका छन्।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर१ (१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानुनमन्त्रीका रुपमा २०७४ फागुन ३ गते जिम्मेवारी प्राप्त गरेका थिए।

करिब ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा कार्यकाल सम्पन्न गरि २०७८ साल भाद्र १० गते सरकारबाट बाहिरिएका कार्कीले ५७ वटा प्रदेश कानुन, दुई दर्जन भन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरि कानुन निर्माणमा महत्वपूर्ण योगदान गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com