ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछाने नागरिकता प्रकरणः पहिले छनविन, गृहमन्त्री भएपछि जिप्रका नै प्रतिरक्षामा, लामिछानेको ढोंग उदांगिदैछ


ABC NEWS
पुस २१, २०७९ बिहीबार   ६ : ५१   बजे

काठमाडौं ।  रवि लामिछाने को नागरिकताबारे छानबिन सुरु गरेको प्रशासन गृहमन्त्री नियुक्त भएसँगै प्रतिरक्षामा गृह मन्त्रालयले कार्यालयमा परेको उजुरीबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र पठाएको थियो। सोही पत्रको आधारमा प्रशासनले जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्र पठाएपछि प्रहरीले छानबिन सुरु गरेको थियो।

प्रशासन र प्रहरीले छानबिन गरिरहेकै व्यक्ति गृहमन्त्री नियुक्त भएपछि प्रहरीले छानबिनलाई सुस्त मात्र होइन, उनकै प्रतिरक्षामा उत्रेर तमासा देखाएको छ । सर्वोच्च अदालतमा रवि लामिछानेको नागरिकता र राहदानीबारे परेको रिटबारे जिल्ला प्रशासनले लामिछानेकै भाषा प्रयोग गर्दै लिखित जवाफ पठाएर जिल्ला प्रशासन कार्यालयले आफूलाई लामिछानेको लाचार छायाँका रुपमा पेश गरेको छ ।

 

२२ गते पेशी रहेको रिटबारे प्रशासन कार्यालयले पठाएको लिखित जवाफमा आफूहरूले समेत त्यसबारे छानबिन गरिरहेको तथ्य लुकाएर लामिछाने विरुद्ध रिट दर्ता गर्ने अधिकार सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारलाई मात्र भएको हास्यास्पद तर्क अघि सारेको छ ।

जिल्ला प्रशासन कार्यालयको लिखित जवाफबारे प्रकाशित समाचारमा उल्लेख भए अनुसार काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पठाएको लिखित जवाफमा लामिछानेको नागरिकताबारे चार वर्षदेखि नै विवाद उठेको भन्दै अहिले आएर अदालतमा मुद्दा दिनुको औचित्य नभएको तर्क गरेको छ।

लामिछानेले निष्क्रिय नागरिकताको प्रयोग गरिरहेको प्रमाण सार्वजनिक भएपछि उनले चार वर्ष अगाडि नै नागरिकताको विषय सुल्झिसकेको दाबी गरेका थिए। उनको नागरिकताको विषय काइते तर्ककका आधारमा समाधान हुने विषय होइन ।

लामिछानेले निर्वाचन आयोगमा बुझाएको स्पष्टीकरण पत्रमा भने नागरिकता ऐनको दफा १० अनुसार आफ्नो नागरिकता निष्क्रिय नभएकाले नागरिकता पुन प्राप्त गर्नुपर्ने प्रक्रियामा जानु नपर्ने विरोधाभाषी तर्क गरेका थिए ।

निर्वाचन आयोगले उनी विरुद्ध परेको उजुरीबारे कुनै निर्णय नगरेपछि सर्वोच्चमा २ वटा रिट परेको छ । सो रिटमा लामिछानेले नेतृत्व गरिरहेको मन्त्रालयलाई समेत विपक्षी बनाइएको छ।

अनुसन्धानकोक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, राहदानी विभाग र नेपालस्थित अमेरिकी दूतावासलाई प्रहरीले आवश्यक कागजपत्र माग्दै पत्र पठाएको थियो भने लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको थियो। तर उनी नै गृहमन्त्री नियुक्त भएपछि बयान लिने प्रक्रिया समेत स्थगित गरेको छ प्रहरीले।
व्यापक रुपमा प्रश्न उठेको र उनी स्वयं मुछिएको विषयलाई विषयान्तर गर्न नै लामिछानेले गृहमन्त्रालय रोजेको स्पष्ट भएको छ । पहिले पहिले उनले टिभीमा चिच्चयएर बोलेका कुरा कति नक्कली र बनावटी थिए भन्ने कुरा प्रष्ट भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group