ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धन १६५ मध्ये १०० सिटमा सहज जित, एमाले सहितको गठबन्धन मुश्किलले ५० सिटमा सिमीत, प्रमुख नेताहरु प्राय सबै निर्वाचित हुने


एबीसी / संवाददाता

काठमाडौं ४ मंसिर । दोस्रो संघीय निर्वाचनको एबीसी टेलिभिजनले यस अघिका चुनावमा जस्तै यसपटक पनि एक्जिट पोल सर्वाजनिक गरेको छ ।एबीसीको प्रोजेक्सन अनुसार सत्तारुढ गठबन्धन प्रत्यक्षतर्फ ६० प्रतिशत भन्दा बढी सीट जित्ने छ भने प्रतिपक्षीय गठबन्धनमा रहेका एमाले, जनता समाजवादी पार्टी र राप्रपाले जम्मा ३५ प्रतिशत सिटमा जित्ने देखिएको छ ।

दलगत रुपमा सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले ६१ देखि ७०स म्म, माओवादी केन्द्रले २४ देखि ३१ सम्म, लोसपाले ३ देखि ४, एकीकृत समाजवादीले ७ देखि १०, राजमोले २ सिट र सत्ता गठबन्धनले समर्थनगरेका दुई जना स्वतन्त्र उमेद्वारहरुले जित्ने देखिएको छ । रुपन्देही १ मा घनश्याम भुसाल र रौतहट ३ मा प्रभु शाहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।

प्रतिपक्षीय गठबन्धनको मुख्य दल नेकपा एमालेले ३४ देखि ४१ ससम्म, जसपाले ५ देखि ७ सम्म र राप्रपाले ३ देखि ५ सिटसम्म जित्न सक्नेछन् ।

एबीसी एक्टिज पोलका अनुससर प्रमुख दलका प्राय जसो मुख्य नेताहरुले चुनाव जित्ने छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व प्रधानमन्त्री झल नाथ खनाल ,राजमो अध्यक्ष चित्र बहादुर केसी , लोसपा अध्यक्ष महन्थ ठाकुर र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले चुनाव जित्ने देखिएको छ । यसमध्ये लिंगदेनले यसपटक नेकाका नेता कृष्ण सिटौलासंग झापा ३ मा कडा चुनौति सामना गर्नेछन् ।

यसपटक सवैभन्दा ठूलो संकट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आइलागेको छ । उनी जनमत पार्टीका अध्यक्ष सिके राउत संग सप्तरी २ मा पराजित हुने बलियो सम्भावना रहेको एवीसीको एक्जिट पोलमा देखिएको छ । सप्तरी २ मा मतका हिसाबले सत्ता गठबन्धनका उमेद्वार अघि भएपनि सिके राउतका कारण सत्ता गठबन्धनका उमेद्वार त्यहां तेस्रो नम्वरमा देखिएका छन् ।

एबीसी टेलिभिजनले राजनीतिशास्त्री र मिडिया विश्लेषकहरुका साथमा एक्जिट पोल सार्वजनिक गरेको हो । एक्जिट पोल बहसमा एबीससी टेलिभिजनका प्रधानसम्पादक संग राजनीतिशस्त्री डा. लोकराज बराल र राजनीतिक अध्येता तथा नागरिक अगुवा श्याम श्रेष्ठ रहेका थिए ।

संघ र प्रदेशको सिट बाँडफाडमा पाँच सत्ता रुढ गठबन्धनबाट जनता समाजवादी पार्टी अलग भएपछि लोसपा सत्तरुढ गठबन्धनमा सामेल भएको छ । एबीसी टेलिभिजनमा सत्ता गठबन्धन भर्सेस प्रपिक्षीय गठबन्धन बीच भइरहेको प्रतिस्पर्धामा जसपालाई एमालेससंगको गठबन्धन फाइदाजनक हुन सकेन ।

एबीसी टेलिभिजन र नेपालपेजले देशभरका सात वटा प्रदेश सदरमुकाम र अन्य बाहिरी जिल्लाका गरी ५० वटा निर्वाचन क्षेत्रमा ग।ेको एक्जिट पोल सर्वाजनिक गरेको हो ।

यस अगाडिको स्थानीय तहको निर्वाचनमा पनि एबीसी टेलिजिभनले एक्जिट पोल गरेको थियो । जुन स्थानीय तहको निर्वाचनको परिणामसँग शतप्रतिशत मेल खाएको थियो । उक्त निर्वाचनमा एक्जिट पोल प्रशारण गर्ने एबीसी टेलिभिजन एकमात्र नेपाली संचारमाध्यम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com