ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियन कप छनोटको लागि प्रशिक्षण सुरु


एबीसी / संवाददाता

काठमाडौँ, २ बैशाख । एएफसी एसियन कप छनोट तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको प्रशिक्षणमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बोलाउनुभएको छ । ती खेलाडीमा किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ छन् ।

यसैगरी मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, तेज तामाङ र विशाल राई छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले एसियन कप छनोटको लागि नेपाललाई धेरै मेहनत आवश्यक रहेको जनाउँदै अहिले छनोट नहुने उल्लेख गर्नुभयाे । उहाँले आफूहरु निकै कठिन समूहमा र एसियन कप छनोटमा उत्कृष्ट खेल प्रर्दशन गर्न सक्दो प्रयास गर्ने बताउनुभयो । छनोटमा नेपाल समूह ए मा छ । नेपालको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । नेपालको समूहको छनोट खेलहरु भने कुवेतमा आयोजना हुनेछ ।

हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ । यसमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोट प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल जुन ११ मा कुवेतको सामना गर्नेछ भने जुन १४ मा नेपालले इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com