ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले अध्यक्ष ओली रुपन्देही र लुम्बीनी जाँदै


एबीसी / संवाददाता
चैत्र १४, २०७८ सोमबार  १२ : १६ बजे

काठमाडौँ, १४ चैत । विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार रुपन्देही जाँदै हुनुहुन्छ । एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीका अनुसार अध्यक्ष ओलीले भैरहवामा पार्टी प्रवेश गराउने र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भैरहवाको कार्यक्रम सकेर ओली दिउँसो कपिलवस्तुको तौलिहवा जानुहुनेछ । तौलिहवामा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई ओलीले एमाले प्रवेश गराउने कार्यक्रम छ । यस्तै स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित प्रदेश सांसद धर्म बहादुरलाल श्रीवास्तव पनि एमालेमा प्रवेश गर्ने अध्यक्ष गिरीले बताउनुभयो । अध्यक्ष ओली सोमबार साँझ बुटवलमा बास बस्ने र मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै मंगलबार दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको गिरीले बताउनुभयो । लुम्बिनीमा जसपाबाट निर्वाचित तीनजना वडाध्यक्ष, एक दर्जन वडासदस्य एमालेमा प्रवेश कार्यक्रम तय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ओली पक्राउ: कानुनी प्रक्रिया र विरोधबीच बढ्दो तनाव, एमालेको सडक प्रदर्शन शुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com