ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानमारको सेनाले रोहिंग्या मुसलमानको हत्या गरेको स्वीकार


admin
पुस २७, २०७४ बिहीबार   २ : २०   बजे

काठमाडौं, २७ पुस । म्यानमारको सेनाले रखाइन प्रान्तमा भड्किएको हिंसाको क्रममा रोहिंग्या मुसलमानको हत्या गरेको स्वीकार गरेको छ ।

यसअघि रोहिंग्याको हत्यामा आफूहरुको संलग्नता अस्वीकार गर्दै आएको म्यानमारको सेनाले पहिलो पटक हत्या तथा ज्यादतीमा आफूहरु संलग्न रहेको स्वीकार गरेको हो । तर सबै घटनामा नभइ एक घटनामा मात्रै आफूहरुले रोहिंग्या मुसलमानको हत्या गरेको म्यानमारको सेनाले दाबी गरेको छ ।

सेनाका अनुसार इन दिन गाउमा १० जनाको हत्या भएको र त्यसमा चार सुरक्षाकर्मी सामेल रहेको पाइएको छ । सेनाले जारी गरेको प्रतिवेदनमा चार सुरक्षाकर्मीले प्रतिशोधको रुपमा १० जनाको हत्या गरेको उल्लेख गरिएको छ । प्रतिवेदनमा मारिएकालाई बंगाली आतंकवादीको सज्ञा दिइएको छ भने आग्रमणमा स्थानीय बासिन्दाले सहयोग गरेको दाबी गरिएको छ ।

म्यानमारको सेनाले रोहिंग्या चरमपन्थीका लागि बंगाली आतंकवादी शब्द प्रयोग गर्ने गर्छ । म्यानमारमा रोहिंग्या मुसलमानमाथि ज्यादती हुँदै गएको छ ।

गएको अगस्टदेखि रोहिंग्याको बसोबास रहेको रखाइन प्रान्तमा हिंसा भड्किएको छ । हिंसाको क्रममा रोहिंग्या मुसलमानमाथि आम नरसंहार गरेको आरोप म्यानमारमाथि लाग्ने गरेको छ ।

गएको अगस्टदेखि अहिलेसम्म साढे ६ लाख रोहिंग्या मुसलमान छिमेकी देश बंगलादेशमा विस्थापित भएका छन् । बुद्धिस्ट समुदायको सहयोगमा सेनाले आफूहरुको घर जलाउने तथा सर्वसाधारणको हत्या गर्ने गरेको रोहिंग्याको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश

खुला इन्टरनेटको अन्त्य

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group