ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेहुला बेहुलीलाई जहाँ बिहे अगाडि कुहिएका गोलभेँडा माछा र अण्डाले हानिन्छ


एबीसी / संवाददाता

काठमाडौं । विवाह यस्तो समारोह हो जसबाट दुईजना व्यक्ति तथा दुईजना परिवार एक अर्कोसँग जोडिन्छन् । संसारमा देश, ठाउँ तथा समुदायपिच्छे बिहेका फरक–फरक परम्पराहरु रहिआएका छन् । हरेक धर्मको पनि आफ्नै फरक रितिरिवाज हुन्छ, जसलाई मानिसहरुले पालना गरेका हुन्छन् । कतिपय परम्परा तथा संस्कारहरु निकै अनौठा खालका पनि हुन्छन् ।

सुन्दा नै अत्याचार जस्तो लाग्ने यस्तो परम्परा स्कटल्याण्डमा रहेको छ । स्कटल्याण्डको ग्लास्गोलगायतका कतिपय क्षेत्रमा प्रचलित एक परम्परागत बिहे संस्कार अनुसार हुनेवाला बेहुला बेहुलीलाई सबैभन्दा पहिले एउटा रुखमा बाँधिन्छ । त्यसपछि उनीहरुको शरीरमाथि चकलेटको सिरप, दूध, पिठो, कुहिएका अण्डा, कुहिएका टमाटर तथा कुहिएका माछालगायतका वस्तुहरु खन्याइन्छ । यस्तो असहज लाग्ने परम्परा निभाउनुका पछाडि मानिसहरुमा एउटा आस्था तथा मान्यताले काम गरेको छ । बेहुला बेहुलीलाई बिहे अगाडि यसरी बाँधेर दुर्गन्धित वस्तुले हिर्काएमा उनीहरुलाई खराब शक्तिबाट बचाउन सकिने विश्वास छ । यदि उनीहरुले बिहे अगाडि नै ती सबै दुर्गन्धित चिजहरुको प्रहारको सामना गर्न सकेमा उनीहरुले भविष्यमा जीवनका सबै चुनौतीहरुको सजिलैसँग सामना गरी आफूलाई सम्हाल्न सक्दछन् भन्ने मान्यता पनि रहेको छ ।

हामीकहाँ बिहे अगाडि बेहुला बेहुलीको अनुहारमा चमक ल्याउन, जीउ सुन्दर बनाउनका लागि बेसार तथा चन्दन लेपन गर्ने, दूधले नुहाउनेदेखि मेहेन्दी लगाउने लगायतका अनेक खालका उपाय अपनाइन्छ । तर एउटा यस्तो देश छ जहाँ बिहे अगाडि बेहुला बेहुलीमाथि कुहेका गोलभेँडा, बिग्रिएका अण्डा, कुहिएका माछालगायतका फोहोर र दुर्गन्धित चिजहरु फ्याँकिन्छ । द ब्लाकेनिंग भनिने यो परम्परा पछिल्लो समयमा युवाहरुमाझ लोकप्रिय बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com