ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र प्रचण्डका लागि सन् ०१७ छुपेरुस्तम, नयां वर्ष भने हाकाहाकी


ABC NEWS
पुस १६, २०७४ आईतबार  ४ : ५२ बजे

-शुभशंकर कंडेल /
सन् २०१७ लाई फर्केर हेर्दा राजनीतिक रुपमा नेपालका लागि एक ऐतिहासिक कोशेढुंगा सावित भएको वर्ष मान्न सकिन्छ । एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष एक अर्काविरुद्ध भिड्न आमने सामने भएका बेलामा सन् २०१७ को सुरुवात भएको थियो । बाम वर्चस्वको नेपालमा बाम सखाप अभियानको ग्राइन्ड डिजाइनमा ओली र प्रचण्ड फस्ने कालो बादलका बीच सुरु भएको गत वर्षको सुरुवातबाटै दुई शिर्षस्थका बीचमा वार्ता र सम्वाद सुरु भ्एको थियो टप सेक्रेट डाइलगका रुपमा । हुन नसक्ने घटनाका रुपमा स्थानीय चुनावको घोषणा भएको थियो । स्थानीय चुनावका पक्षमा पछि नफर्कने गरी ओली र प्रचण्ड नै उभिएका थिए । स्थानीय चुनावले तीन चरणको कहर व्यहोरेर भएपनि सम्पन्न भयो । नयां संविधानमाथि चोर औंला ठडाएर विरोधको आगो दन्केको मधेश र त्यसका अभियन्ताहरु २ नं. प्रदेशको स्थानीय चुनावमा सहभागी हुन बाध्य भए । संसदबाट संविधान संशोधन असफल भयो । स्थानीय चुनावको सफलता र संविधान संशोधन असफलताको मुख्य श्रेय प्रचण्डलाई नै जान्छ । यद्यपि त्यो राजनीतिक पहलकदमी र दृढताका लागि अविश्सनीय रुपमा प्रचण्डलाई ओलीको साथ थियो ।
सन् ०१७ को सबैभन्दा ठूलो राजनीतिक घटना पार्टी स्थापनाको सात दशकपछि प्रमुख दुई बामपन्थी दलले एकताको घोषणा गरे । त्यही घोषणाको जगमा सातवटा प्रदेश मध्ये ६ वटामा बाम सरकार बन्ने भयो । संघीय संसदमा झण्डै दुई तिहाई बाम बर्चस्व कायम हुन पुगेको छ । स्थानीय तहमा ७५३ मध्ये ४५०भन्दा बढी तहमा बामपन्थीहरुको कव्जा भएको छ । यी सबैको जगमा नेपालमा पहिलोपटक बामपन्थीहरुको पूर्णकालीन स्थिर सरकार बन्ने आधार तयार भएको छ । यो राजनीतिक पहलकदमी र परिणामले विदेशीलाई चक्मा ख्वाएको छ भने नेपालीलाई खुशी बनाएको छ । विदेशीको मन अमिल्याएर नेपालीलाई पुलकित पारेको सबैभन्दा असरदार घटना नै दुई वामपन्थी दलको एकता नै हो । यद्यपि विभिन्न कालखण्डमा क्षणिक रुपमा विदेशीलाई चक्मा ख्वाएका घटना हुंदै नभएका भने होइनन् । तर सन् ०१७को एमाले र माओवादी एकताको घोषणा सांच्चिकै ऐतिहासिक र नेपालका लागि संधैभर झक्झकाइरहने राजनीतिक घटना हो भन्दा अन्यथा हुने छैन ।

सन् ०१७ नेपालका लागि ऐतिहासिक कोशेढुंगा, ०१८ अवसर र चुनौतिको पहाड

नेपालको राजनीतिक इतिहासमा सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले शर्मनाक पराजय भोगेको छ । कांग्रेस पार्टीमा रुवावासी चलेको छ । तर सभापति बनेका शेरबहादुर देउवामा कुनै छटपटि वा पार्टीलाई पुर्नजीवन दिने सक्रियता शुन्य बराबर छ । यो उदेकलाग्दो घटना हो । अझ नेपाली कांग्रेसले अरु कसैको इशारा तामेली गर्ने नाममा अभूतपूर्व जनादेशको अपमान गर्ने बाटोमा लत्रेर कांग्रेसलाई अरु बढी डुबाइरहेको छ । ऐतिहासिक चुनाव सम्पन्न गरेको निर्वाचन आयोगले अन्तिममा आएर आफै ना¨िन थालेको छ । आश्चार्यजनक रुमपा समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक नगरेर नेपालमा अस्थिरताको दुन्दभी बजाउनेहरुलाई समय दिएको छ । आयोगको स्वतन्त्र अस्तित्वमाथि प्रमुख आयुक्तले धावा बोलिरहेका छन् । दिउंसोका घामलाई घाम भन्न नसक्नेजस्तो घटनामा आयोग रुमलिएको छ । यस्तो कालो बादलबाट मुक्ति भने नयां वर्ष ०१८को प्रारम्भमा मात्र हुने देखिन्छ । यस हिसाबले अघिल्लो वर्षको केही उपलव्धीको विट मार्ने मौका नयां वर्षले पनि पाउने भएको छ ।

वास्तवमा नेपालमा सन् ११९०मा पञ्चायत ढलेर बहुदल आएपनि सन् २०१७ मा मात्र पञ्चायती अवशेषको अबसान हुन पुगेको छ संसदीय र प्रादेशिक निर्वाचन मार्फत । ३० वर्ष पञ्चायतमा रजगज चलाएका पात्रहरुले बहुदल आएपछि पनि लगातार लोकतान्त्रिक दलहरुलाई कज्याए । गणतन्त्रमा समेत प्रचण्ड र ओलीलाई समेत नराम्रोसंग झुलाए । तर भर्खरै सम्पन्न संघीय र प्रादेशिक तथा यसभन्दा पहिलेका स्थानीय निर्वाचनले पञ्चायत चरित्रका राप्रपाका दुवै खेमालाई असान्दर्भिक मात्र होइन कि बेइज्जत नै गरिदियो । यस हिसाबले बल्ल पञ्चायत अन्त हुन पुग्यो । ०१७ मा भएका नेपालका चुनावले संसदमा बाम बर्चस्वमात्र गराएन कि प्रगतिशील रुझानका दलहरुलाई नै मुख्य राजनीतिक शक्तिका रुपमा स्थापित गरिदियो ।

सन् ०१७ जसरी अनिश्चय, अन्योल र छिनाझप्टीका बीचमा सुरु भएतापनि एक उपलव्धीमूलक बर्ष बन्न पुग्यो । ठिक त्यसैगरी सन् ०१८ एक आशा, आकांक्षा र उत्साहका साथ सुरु हुंदै गर्दा मुख्य दुई बामपन्थी दललाई तुरुन्तै एक दल बन्ने चुनौति र अवसर दिएको छ । राजनीतिक स्थिरता र आर्थिक सम्वृद्धिको नारालाई जनताले आवश्यक मात्रमा अनुमोदन गरेर जनताले आफ्नो काम फत्ते गरेका छन् । नेपालका बामपन्थी नेताहरुलाई आफ्नै स्वघोषणा व्यवहारिक रुपमा लागू गर्नुपर्ने चुनौति र अवसर खडा गरिदिएका छन् । राजनीतिक स्थिरतामार्फत जनताको मुहारमा खुशी ल्याउने काममा केपी ओली र प्रचण्डले सबैभन्दा बढी सुझबुझ देखाउनु पर्नेछ आगामी वर्षहरुमा । जनतामा शासन गर्नका लागि केवल निर्वाचनको मत मात्र बैधानिक आधार बन्दैन । त्यसका लागि जनताको मुहारमा खुशी भर्नै पर्दछ । जनतालाई सुखजिलो जीवन दिइरहेमा व्यवस्था र शासकहरुले आफ्नो बैधानिकता कायम गरिरहन सक्दछन् । अन्यथा जस्तोसुकै रणनीतिक कवचले पनि व्यवस्था र शासकलाई बांकी नछाड्ने उदाहरणका लागि कहीं जानु पर्दैन नेपालकै विगत काफी छ ।
अर्को शव्दमा सन् ०१७ नेपालमा केपी ओली र प्रचण्डको वर्ष थियो । नयां वर्ष सन् ०१८ त वास्तवमै ओली र प्रचण्डको ऐतिहासिक वर्ष हुनेछ । अघिल्लो वर्ष ओली प्रचण्ड सम्बन्ध र सहकार्यको छुपेरुस्तम थियो भने सन् ०१८ हाकाहाकी वर्ष बन्ने भएको छ । छुपेरुस्तम भन्दा पक्कै पनि हाकाहाकी राम्रो मानिनेछ उनीहरुले आफ्ना स्वघोषणा पूरा गर्ने सक्रियता देखाएमा । राजनीतिक रणनीतिकारहरुको एउटा जबर्जस्त मत पनि छ कि स्थिति अनुसार कहिलेकांही पराजयमा हार स्वीकार नगर्ने र विजयमा पनि उत्सव नमाउने गर्नु पर्दछ । यस्तो नीति अवलम्वन गर्दा पराजित भएको बेला फेरि उठ्ने सम्भावना जिवित रहन्छ भने विजयीहरुले परिणाम निकाल्न सहज बन्दछ । यस हिसाबले सन् ०१७ ले पराजित भएका देउवा र विजयी भएको ओली र प्रचण्डलाई पनि समान अवसर दिएको छ । त्यसलाई आफ्नो अनुकूलतामा बदल्ने जिम्मेवारी भने उनीहरुको नै हो ।
देशलाई राजनीतिक रुपले सुशासन र विकासको बाटोमा अघि बढाउने सबैभन्दा ठूलो चुनौतिको वर्ष हुनेछ सन् ०१८ । विगत वर्षहरु हाम्रा शासकहरुका लागि शासकीय हिसाबले कुनै उदाहरणीय वर्ष थिएनन् । अनेकन स्क्याण्डल र विवादका बीचबाट उनीहरु गुज्रेका थिए । त्यसका लागि भनिएको थियो कि राजनीतिक स्थिरता भएन । गठवन्धन र सरकारको अनिश्चयले जे पनि गर्नु पर्ने र मान्नु पर्ने भयो । अब यो बहाना बांकी छैन । सम्भवत आगामी वर्ष नेपालमा सबैभन्दा वामगठवन्धनको साझा घोषणापत्र सबैभन्दा बढी पढिने वर्ष बन्नेछ । किन कि बामपन्थीको सरकार र त्यसका नेता केपी ओली प्रधानमन्त्री भएपछि सबैभन्दा बढी चुनावी घोषणापत्रकै काम गर्नु पर्नेछ । अन्य कुरामा अलमलिने वा अन्यत्र बरालिुन पर्ने कुनै कारण छैन । केही प्रशासकीय चुनौति बाहेक सरासर देशलाई आर्थिक सम्वृद्धिको बाटोमा हिंडाउने पर्ने दायित्व उनीहरुा अघिल्तिर खडा हुनेछ । सबैमा नयां वर्ष २०१८को शुभकामना । पुरानो वर्ष २०१७प्रति मिठो सम्झना । 2017/12/31.

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com