ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भड्किए नेपाल : बालुवाटारको निर्णय माधव पक्षलाई अमान्य


एबीसी / संवाददाता

 

२०७५ साल जेठ २ अघिको संरचनामा फर्कन तयार रहेको बताएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः २०७७ फागुनभन्दा पछाडि फर्कन सकेनन् । बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेलाई २०७७ फागुन २८ सम्म फर्काएको छ । जबकि, माधव नेपाल पक्षले २०७५ जेठ २ मा फर्कनुपर्ने शर्त राख्दै आएको छ ।

बालुवाटारमा ओलीको अध्यक्षतामा बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादीका २० जनालाई केन्द्रीय कमिटीमा राख्ने निर्णय गरेको छ । त्यस्तै बादल लगायतका चार पूर्व माओवादी नेताहरुलाई स्थायीको कमिटी सदस्य बनाउने आयोजक समितिले निर्णय गरेको छ । एमालेको यो संरचना ०७७ फागुन २८ मा बसेको ओली समूहको बैठकले बनाएको संरचना हो । नेपाल पक्षले २०७७ फागुन २८ का निर्णयहरु खारेज हुनुपर्ने माग गर्दै आएको छ ।

​एमालेको २०७५ जेठ २ को केन्द्रीय कमिटी २४१ सदस्यीय थियो । बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले बादलसहित पूर्व माओवादीका २० नेतालाई केन्द्रीय कमिटीमा राखेर एमालेको केन्द्रीय कमिटी २६१ सदस्यीय बनाएको छ ।

ओली पक्षको बैठकले पूर्वमाओवादी नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । त्यसैगरी पूर्व एमालेमा स्थायी कमिटी सदस्य नरहेका तर पार्टी एकता हुँदा स्थायी कमिटीमा बढुवा भएका विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई पनि स्थायी कमिटीमा मनोनित गर्ने निर्णय बालुवाटार बैठकले गरेको छ ।

त्यसैगरी, गत फागुन २८ गते एमालेको केन्द्रीय कमिटीमा बादल समूहबाट मनोनित २३ मध्ये २० जना नेताहरुलाई केन्द्रीय सदस्य बनाउने एमालेले निर्णय गरेको छ ।

गत फागुन २८ मा बालुवाटारमा बसेको बैठकले पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टङ्क आङ्बोहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलम्पाकी, कमल चौलागाइँ, मनोजजङ्ग थापा, विषमलाल अधिकारी दनुवार, लीलबहादुर थापामगर, दधिराम न्यौपाने, गिरधारीलाल न्यौपाने, दिनेश पन्थी, नवीन रोका मगर, धर्मराज रेग्मी, गौरीशङ्कर थारु, झपट बोहरा, दावा लामा, चन्द्रबहादुर खड्का र रामचन्द्र मण्डललाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो ।

बुधबारको बैठकले फेरि उनीहरुलाई केन्द्रीय कमिटीमा कायम राख्ने निर्णय गरेको छ । तर, यीमध्ये तीनजना एकीकृत नेकपाको केन्द्रीय कमिटीमा नभएकाले २० जनामात्रै केन्द्रीय सदस्यको मापदण्डमा परेका छन् । तीनजना चाहिँ केन्द्रीय कमिटीबाट बाहिरिएका छन् । केन्द्रीय कमिटीबाट आउट हुनेहरुमा धर्मराज रेग्मी, गौरीशङ्कर थारु, झपट बोहरासमेत छन् ।

बुधबार बालुवाटार बैठकले गरेको निर्णयबारे व्याख्या गर्दै एमाले नेता प्रदीप ज्ञवालीले  भने, ‘हामीले के मापदण्ड बनायौं भने एकीकृत नेकपाको स्थायी कमिटीमा रहेका साथीहरु स्थायी कमिटीमै रहने र नेकपाको केन्द्रीय कमिटीमा रहेका साथीहरुलाई केन्द्रीय कमिटीमा राख्ने ।’

माधव समूहको आपत्ति

माधव नेपाल समूहका नेताहरुले भने अवैधानिक आयोजक समितिलाई स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरु थप गर्ने अधिकार नभएको भन्दै आपत्ति जनाएका छन् । माधव नेपाल समूहका नेता घनश्याम भुसाल महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएकाले त्यसले गरेको निर्णय मान्य नहुने बताउँछन् ।

 

‘कसलाई स्थायी कमिटीमा राख्ने र कसलाई केन्द्रीय कमिटीमा राख्ने भन्ने निर्णय महाधिवेशन आयोजक कमिटीले गर्नै सक्दैन,’ नेता भुसाल भन्छन्, ‘यो त मरिसकेको मान्छेले जिउँदोको बारेमा निर्णय गरेजस्तै भयो ।’

भुसाल अगाडि भन्छन्, ‘पूर्व माओवादीका नेताहरुलाई कमिटीमा राख्ने, नराख्ने निर्णय जेठ २ अघिको केन्द्रीय कमिटीबाट गर्नुपर्छ, अवैधानिक आयोजक समितिले त्यस्तो निर्णय गर्नै मिल्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओली थिलथिलो भइसक्दा पनि अझै पार्टी एकताप्रति इमान्दार हुन नसकेको नेता भुसालले बताए ।

 

एमाले नेतृ अष्टलक्ष्मी शाक्यले केपी ओली उल्टो बाटोतिर हिँडेको प्रतिक्रिया दिइन् । उनले भनिन्,‘अध्यक्ष केपी ओली एकता विरोधी छन् भन्ने कुरा बुधबारको निर्णयले स्पष्ट देखाएको छ । गर्नुपर्ने सुल्टो काम, तर फेरि पनि उल्टो काम गर्नुभयो ।’

त्यसैगरी, माधव पक्षका युवा नेता राजेन्द्र कुमार राईले पनि बालुवाटारमा बुधबार बसेको बैठकले जेठ २ मा फर्कने गीत गाए पनि व्यवहारतः त्यस्तो नदेखिएकाले आगामी असार १८ बस्ने बैठकमा आफ्नो समुह सहभागी नहुने प्रतिक्रिया दिए । राईले भने, ‘आजको निर्णय र गतिविधि हेर्दा जेठ २ मा फर्कन तयार नभएको देखियो, त्यसैले हामी शुक्रबारको बैठकमा सहभागी हुँदैनौँ ।’

यस्तो छ जेठ २ को केन्द्रीय कमिटी

२०७५ जेठ २ अघिको एमालेको २४१ सदस्यीय केन्द्रीय कमिटीको विवरण यस्तो छ–

ओली समूह :  केपी शर्मा ओली, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, रघुवीर महासेठ, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, लीलानाथ श्रेष्ठ, सुजिता शाक्य, अइन्द्रसुन्दर नेम्वाङ, ईश्वरबहादुर रिजाल, एकबहादुर राना मगर, कैलाशप्रसाद ढुङ्गेल, खगराज अधिकारी, गोकुलप्रसाद घर्ती, देवीलाल चौधरी, नारायणबहादुर सिलवाल, अच्युतप्रसाद मैनाली, ईश्वरीप्रसाद भटट्राई, एकराज विश्वकर्मा, किशोरकुमार अधिकारी, केदारनाथ न्यौपाने, कृष्णबहादुर राई, खिमलाल भट्टटाई, गुरुप्रसाद बराल, गोकुलप्रसाद बास्कोटा, गोरखबहादुर बोगटी, गौरीकुमारी ओली, गंगाप्रसाद यादव, जया घिमिरे, तिलबहादुर विश्वकर्मा, तैयव हुसेन मिया, दलबहादुर राना, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, नरुलाल चौधरी, पदमा अर्याल, पुरनसिंह दयाल, आनन्दप्रसाद पोख्ररेल, उमादेवी कोइराला, कर्णबहादुर थापा, कमलादेवी महतो, काशीराम अधिकारी, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, खेमप्रसाद लोहनी, गोविन्दबहादुर नेपाली, गोमा देवकोटा, जगतबहादुर सुनार, जगदीशप्रसाद कुसियत, तिलबहादुर महत क्षत्री, थममाया थापा, देवेन्द्र दाहाल, धर्मनाथ शाह, नजीर मियाँ, नारदमुनि राना, निरादेवी जैरु, पार्वत गुरुङ, खगेन्द्र राई, खेममान खड्का, जुलीकुमारी महतो, दीपकप्रसाद देवकोटा, निरुदेवी पाल, भीमबहादुर कार्की, महादेव यादव, महेश बस्नेत, मोहमद हारुन हलुवाई, रामप्रित पासवान, रामेश्वर राना मगर, विनाकुमारी श्रेष्ठ, बैजनाथ चौधरी, भानुभक्त जोशी, भुपेन्द्रबहादुर थापा, मनकुमारी जीसी, मञ्जु कुमारी चौधरी, मानबहादुर जीसी, यामलाल कँडेल, रामकुमार शर्मा, रामरतीदेवी राम, विजय सुब्बा, सूर्यबहादुर थापा क्षत्री, शान्ता चौधरी, प्रेमबहादुर आले,बलवीरप्रसाद चौधरी, बद्रीप्रसाद न्यौपाने, बिन्दा पाण्डे, विनोद श्रेष्ठ, विमला घिमिरे, भैरबसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, लालबहादुर थापा, माधव ढुङगेल, मायानाथ अधिकारी, मोहमद महफुज अन्सारी, युवराज खतिवडा, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवाली, रामेश्वर फुयाल, लक्ष्मीप्रसाद पोख्ररेल, लीला गिरी, सराज अहमद फारुकी, शेरधन राई, हरिनारायण महतो, हरिबहादुर राजबंशी, हिक्मतकुमार कार्की, सुशीला सिंखडा, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, शेरबहादुर तामाङ, विष्णु रिजाल, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, लालबाबु प्रसाद यादव र लालबाबु पण्डित ।

माधव समूह : माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आर्चाय, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भटराई, रघुजी पन्त, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहोरा, अरुणप्रसाद नेपाल, कमलजङग राई, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद शर्मा खनाल, गौरा प्रसाईं कोइराला, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, ठाकुरप्रसाद गैरे, तिलकुमार मेन्याङ्बो लिम्बु, देउमान सम्बाहाम्फे, चूडामणि जंगली, जीवनाथ घिमिरे, खगेन्द्र चुडाल, दिलकुमारी पन्त, नागेन्द्रप्रसाद चौधरी, निरजप्रसाद आर्चाय, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, टंकप्रसाद कार्की, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, केशवलाल श्रेष्ठ, गोविन्दविक्रम शाह, चन्द्रबहादुर शाही, जयन्तीदेवी राई, झपटबहादुर रावल, देवशंकर पौडेल, धर्मराज निरौला, नरेश खरेल, परशुराम मेघी गुरुङ, प्रकाश ज्वाला, प्रेमलकुमार खनाल, बलदेव चौधरी, बसन्तप्रसाद मानन्धर, मदनकुमारी साह गरिमा, महेश्वर पाठक, यज्ञराज सुनवार, रचना खड्का, रविन्द्र अधिकारी (नवलपरासी), लक्ष्मण पौडेल, विश्वनाथ प्याकुरेल, सुरेन्द्र मानन्धर, सोम मिश्र, प्रमेशकुमार हमाल, विरोध खतिवडा, महेश रेग्मी, मेटमणि चौधरी, रत्नेश्वर गोईत यादव, रविन्द्र बैठा धोवी, राजेन्द्रप्रसाद पाण्डे, रामचन्द्र यादव, रामकुमारी झाँक्री, लक्ष्मणराज ज्ञवाली, सरलाकुमारी यादव, प्रमोदनारायण यादव, भागवत नेपाली, ममता गिरी, माधवप्रसाद अर्याल, यदुवंश झा, रविन कोइराला, राजबहादुर बुढा, राजेन्द्रकुमार राई, रामचन्द्र शाह तेली, लालबहादुर विक, सावित्राकुमारी भुसाल, शारदा सुवेदी, प्रतापलाल श्रेष्ठ, बलराम बास्कोटा, भाष्कर काफ्ले, विक्रमबहादुर शाही, राजन राई, रामकुमार ज्ञवाली, विजयकुमार पौडेल, सरोजकुमार यादव, सीता गिरी ओली, सुधीर शाह, सोमप्रसाद पाण्डे, शत्रुध्न महतो, श्रीनाथ बराल, सुशीला नेपाल, शेरबहादुर केसी, श्रीमाया थकाली, हरिप्रसाद पराजुली,हंशबहादुर शाही, हरिबहादुर राई ।

२०७७ फागुन २८ मा थपिएका केन्द्रीय सदस्य, जसमध्ये २० जनालाई बालुवाटारले कायम राखेको छ

रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टङ्क आङ्बोहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलम्पाकी, कमल चौलागाइँ, मनोजजङ्ग थापा, विषमलाल अधिकारी दनुवार, लीलबहादुर थापामगर, दधिराम न्यौपाने, गिरधारीलाल न्यौपाने, दिनेश पन्थी, नवीन रोका मगर, धर्मराज रेग्मी, गौरीशङ्कर थारु, झपट बोहरा, दावा लामा, चन्द्रबहादुर खड्का र रामचन्द्र मण्डल ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

काठमाडौं, १४ माघ । सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

  काठमाडौं १४ माघ। रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका बारेमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध लामिछानेको पार्टीका कार्यकताहरुले काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार लामिछानेको पार्टि समर्थक युवाहरूको

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं १४ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृह मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्। उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेले राजीनामा दिएसँगै गृह मन्त्रालयको

सम्बन्धित

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

भारतको मध्य प्रदेशको मुरैनामा वायुसेनाका दुई लडाकु विमान दुर्घटना

एमालेकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेमा शंका छैन : प्रदीप ज्ञवाली

रविको नागरिकता प्रकरण कानुनी राज्य गतिलो उदाहरण : डा. कोइराला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com