काठमाडौं, २९ मंसिर । ७३ जिल्लाको प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना सकाएको छ ।
प्रत्यक्षतर्फको मतगणना बुधबार नै सकाएको आयोगले आज मतगणना सक्ने बताएको छ । ८८ लाख ३५ हजार ८ सय ६८ मतको गणना सकिएको आयोगले जनाएको छ । सुनसरीको क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना भइरहेको छ ।
आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, नेकपा एमालेले ३० लाख १ हजार ७ सय ८४ मतका साथ अग्रता यथावत राखेको छ । कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।
कांग्रेसको पक्षमा हालसम्म २९ लाख २० हजार २ सय ५ मत परेको छ । माओवादी केन्द्रले १२ लाख कटाएको छ । निर्वाचन आयोगका अनुसार, संघीय समाजवादी फोरम नेपालले ४ लाख २३ हजार ८ सय ८५ मत हासिल गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपाल ३ लाख ८९ हजार ५ सय ३४ मतका साथ फोरमलाई पछ्यारहेको छ । विवेकशील साझा पार्टीले २ लाख मत कटाएको छ भने राप्रपाले १ लाख ८९ हजार ५०० मत बटुलेको छ ।
प्रतिक्रिया दिनुहोस्