ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमा वैदेशिक लगानी : कृषि क्षेत्रलाई धरासायी बनाउने भन्दै किसानहरुको विरोध (भिडियोसहित)


छबि सापकोटा

काठमाडौं, २१ पुस ।  सरकारले कृषिमा वैदेशिक लगानी खुला गर्ने तयारी गरेको छ । ५० करोडभन्दा बढीको लगानीमा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने गरी कृषिमा विदेशी लगानीकर्ता ल्याउन लागिएको हो । तर किसान र निजी क्षेत्रका सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णयले नेपालको कृषि क्षेत्रलाई धरासायी बनाउने भन्दै विरोध गरेका छन् ।

राजनितिक अस्थिरताको फाइदा उठाउदै सरकारले कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरुमा बैदेशिक लगानी ल्याउनेगरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन– २०७५ को अनुसूची परिर्वतन गरेको छ । कृषिका प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्राउदा साना तथा मझौता कृषि उद्यमीहरु पलायल समेत हुन सक्ने भन्दै लामो समयसम्म बिवाद हुदै आएको थियो । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषिका प्राथमिक उत्पादनसहित बिभिन्न नौ वटा क्षेत्रमा वैदेशिक लगानी भित्रयाउने गरी ऐनको अनुसुची परिर्वतन गर्न लागेको हो ।

नेपालमा अन्य वैदेशिक लगानी भित्राउनका लागि ऐनले कुनै बाधा नगरेको अवस्था छ । कृषि विज्ञहरु कृषिका प्राथमिक क्षेत्रमा बिदेशी लगानी आउ“दा नेपालमा साना तथा मझौता उद्योग बिस्थापित समेत हुने देखिन्छ ।

सरकारले तयार गरेको नया“ अनुसुचीमा कृषिका प्राथमिक उत्पादनका क्षेत्र पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलपूmल, तरकारी, दुग्ध व्यवसाय लगायतका ब्यवसायमा बिदेशी लगानी भित्रन सक्ने प्रावधान समावेश गरेको हो । जसबाट कृषिमा आधारित धेरै स्वदेशी उद्योगहरु पलायन हुने बिज्ञहरु बताउछन । नेपालको कृषिक्षेत्रमा व्यवसायीकरण हुन नसकेको, रोजगारी सृजना र कृषिमा आधारित उद्यम व्यवसायको विकासमा अपेक्षाकृत सुधार गर्न नसकिएको भन्दै मन्त्रालयले कृषिमा प्राथमिक क्षेत्रहरुमा बैदेशिक लगानी भित्राउन खोजेको हो । जस अन्तगर्त स्थापना भएको उद्योगहरुले उत्पादनको ७५ प्रतिशत निर्यात गर्नु पर्ने गरी कार्यबिधी बनाईएको मन्त्रालयको दाबी छ ।

यता कृषिमा आत्म निर्भर हुन लागेका कृषि उद्यमीहरुले कृषि क्षेत्रमा विदेशी लगानी आउ“दा विस्थापित हुने भन्दै चिन्ता व्यक्त गरेका छन  । सरकारले नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने भनेर कृषि कर्जा तथा सहुलियत एवं अनुदान दिएर कृषि कर्ममा लाग्न प्रोत्साहित गरिरहेको अवस्था कृषिमा बैदेशिक लगानी भित्राउनका ऐन परिर्वतनले कृषक र कृषि क्षेत्रमा लगानी कर्ता थप मारमा पर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com