ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

अब कुकुरले पत्ता लगाउने भयो कोरोना


एबीसी / संवाददाता

काठमाडौं, २४ मंसिर । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पत्ता लगाउन विभिन्न विधिबाट परीक्षण हुँदै आएको छ । अहिले विश्वभर सबैभन्दा धेरै पीसीआर विधिबाट काभिड–१९ भाइरसको परीक्षण भइरहेको छ ।

यसबाहेक आरडीटी इन्टिजेन विधिबाट पनि कोभिड–१९ संक्रमण छ, छैन पत्ता लगाउने गरिएको छ । परीक्षणका नयाँ विधिहरु पनि विकास भइरहेका छन् । यसैबीच विश्वका केही देशमा कोरोना भाइरस संक्रमण पत्ता लगाउन तालिम प्राप्त कुकुरको पनि प्रयोग गर्न थालिएको छ । कुकुरले पसिनाबाट आउने विशेष गन्धका आधारमा कोभिड–१९ संक्रमणको सुरुपाती चरणमै अवस्थालाई पत्ता लगाउन सक्ने दावी गरिएको छ ।

यस्तै प्रयोग अस्ट्रेलियामा गरिँदै छ। विदेशबाट आउने व्यक्तिमा संक्रमण छ, छैन पत्ता लगाउन विमानस्थलमा कुकुरको परिचालन गर्न लागिएको हो। एडिलेड विश्वविद्यालयकी अनुसन्धानकर्ता डा।सुसन हाजेलका अनुसार यात्रु संक्रमित भए नभएको प्रारम्भिक जाँचका लागि यस्ता कुकुरको प्रयोग हुनेछ। यसरी कुकुरावाई परिचालन गर्न तालिमसमेत दिइसकिएको हाजेलले बताइन्। यसरी तालिम दिइएका कुकुरले कोरोना संक्रमणको सुरुवाती चरणमा रहेका तर पीसीआर परीक्षणको गर्दा नेगेटिभ रिापोर्ट आएकामा रहेको कोरोना संक्रमणको अवस्थासमेत पत्ता लगाउने दावी गरिएको छ ।

अस्ट्रेलियन बोर्डर फोस, जैविक सुरक्षा विभाग, आपत्कालीन सेवा र एडिलेड युनिभर्सिटीको सहकार्यमा अस्टे«लियाले कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन गर्न लागेको हो। यसअघि फिनल्यान्डले पनि हेलसिन्की विमानस्थलमा संक्रमित पहिचानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरिसकेको छ । दक्षिण अमेरिकी देश चिली, युरोपको जर्मनीलगायतका देशमा पनि कोरोना संक्रमित पत्ता लगाउन कुकुरको प्रयोग गरिएको खबरहरु आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सभामुखले काम गर्न नदिएको प्रधानमन्त्री ओलीको गुनासो : कोरोना रोकथाम गर्न सबै दललाई आग्रह

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा

भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

काठमाडौं, ४ बैशाख।  भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका

बालुवाटारमा सर्वदलीय बैठक जारी, माओवादीद्वारा बहिस्कार

काठमाडौं, ४ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको बैठक

सम्बन्धित

आज अप्रिल फुल्स डे, यसरी सुरु भयो मूर्ख बनाउने चलन

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो ?

एक लाखको माग गर्दै सरोज खनाल र दीपाश्रीको फेसबुक एकाउन्ट ह्याक

साहित्यकार अमरको अर्को एल्बम “छाया” सार्वजनिक

अमेरिकाको २५ संस्कार : नेपालमा ठिक उल्टो हुन्छ !

साहित्यकार ‘अमर’ को सरस्वती भजन भिडियो सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com