ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैज्ञानिक अध्ययनको निश्कर्ष,- ‘ओ’ रक्त समूहका व्यक्ति कोरोना संक्रमित हुने सम्भावना निकै कम


ABC NEWS

काठमाडौं   ३ कात्तिक। दुई छुट्टाछुट्टै अनुसन्धानले ‘ओ’ रक्त समूहका व्यक्ति कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने सम्भावना अपेक्षाकृत कम भएको देखाएको छ । संक्रमित भएको अवस्थामा समेत उक्त रक्त समूहका व्यक्तिमा जटिल समस्या उत्पन्न नहुने अनुसन्धानबाट प्राप्त निचोडले देखाएको छ ।

केही दिन अघि प्रकाशित उक्त अनुसन्धानको नतिजाले विज्ञहरुले यसबारेमा थप अध्ययनको आवश्यकता औंल्याएका छन् । अनुसन्धानकर्ताले रगत समूहले सङ्क्रमण फैलन अतिसंवेदनशील भूमिका निर्वाह गर्न सक्ने र संक्रमितको स्वास्थ्य अवस्था जटिल हुनमा रगत समूहले समेत निर्धारण गर्ने तथ्य औल्याएका छन । कोभिड–१९ को सङ्क्रमण र रगत समूहको सम्बन्धबारे अनुसन्धानले स्पष्ट गरेको छैन । यद्दपी यसबारे थप अध्ययनको लागि सुझाइएको छ ।

सीएनएनका अनुसार डेनमार्कमा गरिएको अनुसन्धानमा सात हजार ४ सय २२ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्थाबारे अध्ययन गरिएको थियो । जस्मा ३८.४ प्रतिशत ‘ओ’ रगत समूहका संक्रमित फेला परे । संक्रतिम नभएका करिब २२ लाख जनसंख्यामध्ये ‘ओ’ रगत समूहका ४१.७ प्रतिशत थिए । ‘ए’ रगत समूहका करिब ४४.४ प्रतिशत सङ्क्रमित थिए । डेनमार्कको कुल जनसंख्याको करिब ४२.४ प्रतिशत ‘ए’ रगत समूहका छन् । त्यसैगरी, क्यानाडामा गम्भिर रुपमा बिरामी भएका ९५ जना सङ्क्रमितमा गरिएको अनुसन्धानमा ८४ प्रतिशत ‘ए’ र ‘एबी’ रगत समूहका थिए ।

दुबै रगत समूहका ब्यक्तिमा ‘ओ’ र ‘बी’ रगत समूहका भन्दा बढी मात्रामा भेन्टिलेशन उपचारको आवश्यकता देखियो । क्यानाडामा गरिएको अध्ययनले ‘ए’ र ‘एबी’ रगत समूहका व्यक्तिलाई ‘ओ’ र ‘बी’को अपेक्षा बढी समय सघन उपचार कक्षमा बस्नुपर्यो । औसतमा ‘ए’ र ‘एबी’ रगत समूहका व्यक्ति १३.५ दिन आईसीयूमा बिताउनुभयो । ‘बी’ र ‘ओ’ रगत समूहका व्यक्ति नौ दिन आईसीयूमा बस्दा निको भएको देखिएको छ । यूनिभर्सिटि अफ ब्रिटिश कोलम्बियामा मेडिसिन विभागका प्राध्यापक मिपिन्दर सेखोनले भन्नुभएको छ, ‘थप अध्ययन नभएसम्म ए रगत समूहकाले थुप्रै चिन्ता गर्नुपर्ने र बी वा ओ रगत समूहकाले आफू स्वतन्त्र रहेको ठान्नु हुन्न ।’ सेखोन क्यानाडामा गरिएको अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो ।

अधिकांश मानवको रगत समूह चारमध्येको एक हुन्छ । ‘ए’, ‘बी’, ‘एबी’ वा ‘ओ’ चार रगत समूह हुन । अमेरिकामा अधिकांश व्यक्ति ‘ओ’ वा ‘ए’ रगत समूहका छन् । अनुसन्धानमा संलग्न नरहेका अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका एकजना विद्वान डा. अमेश अदैजाले व्यक्तिको रगत समूहले कोभिड–१९ संक्रमणको अतिसंवेदनशीलता निर्धारणमा भूमिका खेल्न सक्ने बताउनुहुन्छ । गत् जुन महिनामा द् न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुवांशिक अध्ययन शोधमा ‘ए’ रगत समूहका व्यक्तिमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको र ‘ओ’ रगत समूहका व्यक्तिमा जोखिम कम रहेको उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com