ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ABC Exit Poll- ९९ प्रतिशत मिल्यो


admin

 

असार २१ काठमाडौं । स्थानीय तहको निर्वाचनका बेला पहिलो चरण र दोस्रो चरणमा एबीसी न्युजले मात्र एक्जिट पोल सार्वजनिक गरेको थियो ।
पहिलो चरण र दोस्रो चरणका दुवै निर्वाचन नतिजामा एबीसी एक्जिट पोल र घोषित मत परिणामा ९९ प्रतिशत ठ्याक्कै मिलेको छ । दोस्रो चरणको निर्वाचन मतदानको दिन असार १४ गते सांझ ५ बजै एबीसी टेलिभिजनले एबीसी मिडिया ग्रुपका अध्यक्ष शुभशंकर कंडेलले राजनीतिक शास्त्री तथा विश्लेषकहरुका बीचमा एक्जिट पोल सार्वजनिक गरेका थिए । एक्जिट पोल बहसमा कंडेलसंगै राजनीतिशास्त्र डा. लोकराज बराल, पूर्वमन्त्री रमेश नाथ पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउंले र एबीसी न्युजका समाचार निर्देशक डा. सुरेश आचार्य थिए ।


एबीसी एक्जिट पोलमा नेकपा एमालेले कम्तीमा १४३ स्थानीय तहमा प्रमुख जितेर पहिलो पार्टी बन्ने प्रक्षेपण गरेको थियो । दोस्रोमा सत्तारुढ नेपाली कांग्रेसले १०७ तहमा जित्ने तथा तेस्रोमा माओवादी केन्द्रले ३५ तहमा प्रमुख जित्ने प्रक्षेपण गरेको थियो । प्रक्षेपणमा २२ तहमा चर्को प्रतिस्पर्धा रहेको भन्दै ती स्थानमा एमाले र नेकाले नै सिट आफ्नो पक्षमा पार्ने दावी गरिएको थियो । हालसम्म घोषित ३०५ तहको परिणाममा एमालेले १३४ तहमा जितेको छ भने सबै परिणामा घोषणा हुंदा १५० सिटभन्दा माथि पुग्ने देखिएको छ । त्यैगरी नेकांले ११५ जितिसकेको छ भने थप ५ सम्म बढाउन सक्ने देखिन्छ । माओवादी केन्द्रले एबीसी एक्जिट पोलको प्रक्षेपणभन्दा १ सिट बढी ३६ तहमा जित हात पारेको छ ।
एक्जिट पोलमा मधेश केद्रित दल संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमल समान ६ स्थान जित्ने प्रक्षेपण जस्ताकोतस्तै मिलेको छ ।
प्रक्षेपणमा राप्रपाले २ स्थान जित्ने भनिएकोमा ४ स्थान हात पारेको छ ।
दोस्रो चरणको निर्वाचन सुरु हुनेबेलाबाटै जनमत तयारीमा रहेकाले राजपाले ८ स्थानसम्म जित्ने प्रक्षेपण थियो । तर अन्तिममा राजपाले चुनवा वहिस्कार गर्यो भने स्वतन्त्र उमेदबार उठाउंदा उसले जित्ने सिट नेका र एमालेले खास्न पुगे ।
एबीसी न्युज देशभरको राजनीतिक पक्षेपण र जनताको नाडी छाम्न सफल भएको मत परिणामले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com