ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वस्तिमालाई रुवाउने को ?


abc news
मंसिर ८, २०७४ शुक्रबार  १० : ४९ बजे

‘कुटुमा कुटु’ गीतबाट अत्यधिक चर्चा कमाउन सफल मोडल तथा नायिका स्वस्तिमा खड्काको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । साँझ ढालेको थाहै पाएन, तल पर्यो सल्लेरी, जस्ता गीतहरुमा कलाम चलाएर चर्चामा आउनु भएका न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको पहिलो गीति एल्बम ‘नरोउ तिमी ‘ मा समेटिएको टाइटल गित “नरोउ तिमी भन्छौ भनेको” भिडियो सार्वजनिक भएको हो । आज सार्वजनिक भिडियो एकैदिनमा हजारौं पटक हेरिएको छ । “नरोउ तिमी” एल्बम भने केहीदिनमा सार्वजनिक हुनेछ ।

नेपाली संगीतिक क्षेत्रमा अहिलेको चर्चित संगीतकार हरि लम्सालको संगीतमा, म तिम्रो नाफापेको मान्छे, मायासंग माया जस्ता र अन्य दर्जनौं चर्चित गीतहरु गाएर स्रोताको मन जितिसक्नु भएका सुमधुर स्वरका धनी गायिका निखिता थापाले स्वर दिनुभएको छ ।

विभिन्न म्युजिक भिडियोको साथै हालै फाटेको जुत्ता नामक नेपाली चलचित्र बनाएर सर्वत्र चर्चा बटुल्न सफल चर्चित निर्देशक निकेश खड्काको निर्देशनमा एक्सन कट गर्नु भएको भिडियोमा स्वस्तिमा खड्कालाई चक्लेटी नायक तथा मोडल असिष श्रेष्ठले साथ दिनु भएको छ । करिब चार मिनेट पैंतालीस सेकेन्डको म्युजिक भिडियोमा अर्जुन तिवारीले क्यामरा चलाउनुभएको हो । यस भिडियोलाई कैँची चलाएर मिलाउने काम निशान घिमिरेले गर्नु भएको छ । मेकअप आर्टिस्ट सामारा लामाले सिँगारपटरको जिम्मा पूरा गर्नुभएको थियो ।

गीतकार पसाङ सेर्पाको पहिलो गीति एल्बम “नरोउ तिमी“ मा मदन दिपदिम, हरि लम्साल, राजकुमार बगर, सुरेश अधिकारी नरेन्द्र प्यासी जस्ता चर्चित संगीतकारहरुको संगीत रहेको एल्बममा ल्हक्पा सेर्पा, निखिता थापा, मेलिना राई, नेपाल तारा दिपक लिम्बू र प्रथम नेपाल आइडल बुद्ध लामाको सुमधुर आवाजहरु यस एल्बममा सुन्न सकिने छ ।

गीतकार ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

भरतपुर विकास मोडेललाई संघसम्म विस्तार गर्ने रेणु दाहालको प्रतिबद्धता (भिडियो)

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com