ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन क्षेत्र नं ३ को लोकतान्त्रिक गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक


admin
मंसिर ८, २०७४ शुक्रबार   १२ : २६   बजे

चितवन, ८ मंसिर । चितवन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहनुभएका वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

चितवन क्षेत्र नम्बर ३ समृृद्ध बनाउने अभियान लोकतान्त्रिक गठबन्धनलाई ‘अमूल्य मतदान’ भन्ने नाराका साथ सोही क्षेत्रका प्रदेशसभा सदस्य दिनेश कोइराला र साजनकुमार महतोको समेत प्रतिबद्धता रहने गरी १८ बँुदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्, सिँचाइ तथा कृषि, तटबन्ध, युवा तथा रोजगार, पार्क उद्यान, सामाजिक सेवा तथा सुरक्षा समावेश रहेका छन् ।

त्यसैगरी सुकुम्बासी समस्या, दलित, जनजाति तथा आदिवासी, महिला, एकल महिला तथा बालबालिका, सहकारी, पर्यटन, संस्कृति, मठमन्दिर, तालतलैया, उद्योग व्यवसाय र पुलपुलेसा शीर्षकमा प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

वनमन्त्री पाण्डेले आफू यसअघि निर्वाचन क्षेत्र नं र ५ बाट र क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका तर्फबाट विजयी भएपछि रामकृष्ण घिमिरेले गरेका विकास निर्माणका विवरण समेत प्रतिबद्धता पत्रमा सार्वजनिक गरिएको छ ।

क्षेत्र नं ३ मा सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने, रामपुरमा त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ कलेज स्थापना गर्ने प्रतिबद्धता पत्रमा जनाइएको छ । समग्र चितवनलाई ‘मेडिकल सिटी’को रुपमा स्थापना गर्ने, शिवनगरमा ५१ श्ययाको अस्पताल, माडीको बघौडा अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने उल्लेख छ ।

नेपाल, भारत र चीन जोड्ने प्रस्तावित केरुङ–ठोरी मार्गलाई भरतपुरबाट कसरा पुल हँुदै लैजान पहल गरिने प्रतिबद्धतामा जनाइएको छ । नारायणी नदी र राप्ति किनारबाट तटबन्धनसँगै बाहिरी हरित चक्रपथ र भित्री चक्रपथको व्यवस्था गर्ने र माडीमा चक्रपथको निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

सम्पूर्ण प्रशासनिक काम विद्युतीय माध्यमबाट गर्ने, विद्युत् नपुगेका क्षेत्रमा एक वर्षभित्र विद्युत् पु¥याउने, सुख्खाग्रस्त क्षेत्रमा सिँचाइको व्यवस्था गर्ने, युवा पलायन हुनबाट रोक्न स्वदेशी उद्योगको प्रबद्र्धन गर्ने, एक घर एक रोजगारको व्यवस्था गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

सामाजिक सेवा तथा सुरक्षा भत्ता दोब्बर गर्ने, सुकुम्बासीलाई उचित व्यवस्थापन गर्ने, बाँदरझुलाको बस्तीलाई उचित स्थानमा स्थानान्तरण गरी व्यवस्थापन गर्ने, महिलालाई सशक्तीकरण, बालबालिकालाई अनिवार्य शिक्षा र नेपालको पहिलो बखान सहकारीलाई राष्ट्रिय संग्रहालयको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणको काम गर्ने, चितवनलाई पोल्ट्रि राजधानीको रुपमा विकास गर्ने, नारायणी नदीमा दुई स्थानमा पुल निर्माण गर्नेलगायतका प्रतिबद्धता लोकतान्त्रिक गठबन्धनले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

गणतन्त्रका परजीवीहरू

“मेरो मात्र होइन, अब तपाईंहरूको पनि सम्पत्ति छानबिन गरौँ न त!” – छानबिन समितिलाई पूर्वगृहमन्त्री गुरुङको काउन्टर

‘बालेन सरकार भारतसँग ठोस सहकार्य गर्न तयार छ’: परराष्ट्रमन्त्री खनाल

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group