ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

(साग) को पाँचौं दिन आज : १७ स्पर्धामा प्रतिस्पर्धा हुँदै (सूचिसहित)


एबीसी न्यूज
मंसिर १९, २०७६ बिहीबार  ८ : ५७ बजे

काठमाडौं,  १९ मंसिर  । जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पाँचौं दिन आज (बिहीबार) विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ ।

सागको पाँचौं दिन काठमाडौं र पोखरामा १७ खेलमा प्रतिस्पर्धा हुनेछ । १७ खेल मध्ये पाँच नयाँ खेलको सुरुवात हुनेछ । अरु अघिल्लो दिनदेखि जारी खेल सञ्चालन हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल,भारोत्तोलन, बीच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।

फुटबल

सागको महिला फुटबलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । दिउसो २ बजे हुने खेल पोखरा रंगशालामा हुनेछ । यस अघि श्रीलंकाविरुद्ध १–० को झिनो गोल अन्तरले विजयी नेपाल माल्दिभ्सविरुद्ध सहज जितको खोजीमा हुनेछ ।

सागको पुरुष फुटबलतर्फ भुटान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ ।

क्रिकेट

साग क्रिकेट अन्तर्गत पुरुष क्रिकेटमा बिहीबार दुई खेल हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपालले भुटानसँग खेल्दैछ । नेपाल र भुटानको खेलको खेल बिहान ९ बजे सुरु हुनेछ । दोस्रो खेलमा माल्दिभ्सले श्रीलंका यू–२३ संग खेल्ने छ ।

पोखरामा हुने महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।

उसु

उसुतर्फ बिहीबार १८ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ । पुरुष र महिलातर्फ ६–६ ९सान्डा –फाइट० हुँदैछ । जम्मा २२ स्वर्ण रहेको उसुको अन्तिम दिन बिहीबार सम्पूर्ण विधाको स्वर्ण छिनोफानो हुनेछ ।

सुटिङ

सुटिङतर्फ महिला तथा पुरुष तर्फ दुई दुई विधामा फाइनल खेल रहेका छन् । महिलातर्फ थ्री बाई ४० तर्फ फाइनल हुनेछ भने एयर राईफल पुरुषतर्फ फाइनल खेल हुँदैछ ।

एथ्लेटिक्स

एथ्लेटिक्सतर्फ बिहीबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा ६ खेलको फाइनल चरणको खेल हुनेछ ।

भारातोलन

पोखरा रंगशालाको कभर्ड हलमा हुने भारोतोलनतर्फ तीन महिला र दुई महिला तर्फ गरि कुल ५ स्पर्धा हुनेछ । बिहान १० बजे महिला तर्फ ४५ केजी, १२ बजे पुरुषको ५५ केजी, दिउँसो २ बजे महिलाको ४९ केजी, ४ बजे पुरुष ६१ केजी र ६ बजे महिलाको ५५ केजीमा प्रतिस्पर्धा हुनेछ ।

टेबल टेनिस

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार विभिन्न स्पर्धामा खेल हुनेछ । बिहीबार नेपालले नेपालले मेन्स डबल्स र मिक्स डबल्समा गरि दुई कास्य पदक हात पारेको थियो ।

ह्याण्डबल

ह्याण्डबलमा बिहीबार लिग चरणका खेल हुनेछन् । समूह ‘ए’ को पहिलो खेलमा पुरुषतर्फ नेपालले श्रीलंकासंग खेल्ने छ भने माल्दिभ्स महिला टिमले पाकिस्तान महिला टिमसंग खेल्ने छ । यस्तै समूह ‘बी’ तर्फ पुरुषमा बंगलादेश र माल्दिभ्स तथा नेपाल महिला टिम र श्रीलंकासंग खेल्ने छ ।

पौडी

पौडीको पहिलो दिन नेपालले ८ ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित स्विमिङ पुलमा नेपालले पुरुष २ सय मिटर फ्रि–स्टिाईल, महिला २ सय मिटर फ्रि–स्टिाईल, पुरुष २ सय मिटर बे्रस्टस्ट्रोक, महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्नेछ ।

यसैगरी पुरुष १ सय मिटर बटरफ्लाई, महिला १ सय मिटर बटरफ्लाई, पुरुष ४ गुणा १ सय मिटर फ्रि–स्टिाईल र महिला ४ गुणा १ सय मिटर फ्रि–स्टिाईलमा नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, महिला २ सय मिटर फ्रि–स्टिाईलमा भने नेपाली पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने निश्चित भएसकेको छ । बाँकी ईभेन्टमा कुन खेलाडीले प्रतिस्पर्धा गर्ने भोलि टुङ्गो लाग्नेछ ।

बास्केटबल

बास्केटबल आजबाट सुरु हुनेछ । आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ ।

पुरुष र महिला दुबैमा नेपालले बिहीबार बंगलादेशसँग खेल्नेछ । पुरुषको अर्को खेलमा भुटान श्रीलंका खेल्नेछ ।

कब्बडी

कब्बडीतर्फ दुवै तर्फ बिहीबार लिग चरणमा खेल हुनेछ । एपीएफ मैदान हल्चोकमा चार खेल हुनेछ । जसमा नेपालको महिला टिमले श्रीलंकासनाग खेल्नेछ । कब्बडीको पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन्

बीच भलिबल

पोखरामा हुने बीच भलिबलको पहिलो दिन विभिन्न ६ खेल हुनेछ । जसमा नेपालको पुरुषमा ४ खेल र महिलामा दुई खेल हुनेछ ।

बिहान ९ बजे मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले पाकिस्तानसँग खेल्नेछ । १० बजे नेपालका राजु बिक र सन्जु शाहको जोडीले पाकिस्तानकै टिमसँग खेल्नेछ ।

साढे एक बने मान र दिलको जोडीले श्रीलंकासँग खेल्नेछ । साढे २ बजे राजु र सन्जुको जोडीले श्रीलंकासँग खेल्नेछ ।

महिलामा साढे ३ बजे नेपालकी बिनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले श्रीलंकासँग खेल्नेछ । यस्तै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीले श्रीलंकासँग नै खेल्नेछ ।

ब्याडमिन्टन

पोखरामा भईरहेको ब्याडमिन्टनतर्फ बिहीबार पनि विभिन्न इभेन्टको खेलहरु हुँदैछ । ब्याडमिन्टनमा बिहीबार नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्सको सेमिफाइनल खेलहरु हुनेछ ।

गल्फ

गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट सुरु हुनेछ । गल्फको दोस्रो दिन पुरुषमा नेपालका सुवास तामाङ र महिलामा श्रीलंकाकी ग्रेस यातावाराले अग्रता बनाएका छन् ।

गल्फको एकलतर्फ नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

टेनिस

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । बिहान ९ बजेपछि खेल सुरु हुनेछ ।

आर्चरी

आर्चरी खेल बिहीबारबाट सुरु हुनेछ । पोखरामा हुने आर्चरीतर्फ नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछ ।

अन्तिम समयमा आएर पाकिस्तान भने सहभागी नहुने भएको छ । बिहीबार र्याङकिङ राउण्ड हुने छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन् ।

आर्चरीमा भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६र१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् ।

तेक्वान्दो

तेक्वान्दोतर्फ बिहीबार पनि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालले केहि स्वर्ण जित्ने सम्भावना रहेको छ ।

बुधबार नेपालले तेक्वान्दोमा दुई स्वर्ण जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com