१३ औँ साग : भुटानविरुद्ध फराकिलो जित



काठमाडौं, १७ मंसिर । १३ औँ साग अन्तर्गत पुरुष फुटबलमा नेपाली टोलीले सुखद सुरुआत गरेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पारजित गरेको हो । दशरथ रंगशालमा भएको खेलको पाँचौ मिनेटमा कप्तान सुजल श्रेष्ठले गोलबाट नेपालले सुरुआती अग्रता बनाएको थियो ।

खेलको ५१ औँ मिनेटमा कप्तान सुजलले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । नेपालका लागि खेलको अविशेक रिजालले ६६ औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरे । निकैनै आक्रमक रुपमा खेलेको नेपालले खेलको ७८ औँ मिच्चेन तामाडले गोल गर्दै नेपाललाई ४–० गोलको सहज जित निकाले । जितसँगै नेपालले प्रतियोगितामा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ । नेपाल प्रतियोगिताको साविकको विजेता टोली पनि हो ।

    Comment Here!


सम्बन्धित समाचार

View All