ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व राष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित


admin
कार्तिक २४, २०७४ शुक्रबार  १ : ०८ बजे

काठमाडौँ, २४ कात्तिक ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गर्नुभएको छ ।

सर्वमान्य नेता स्व गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको समारोहमा उहाँलाई अभिनन्दनसहित सो पदकबाट विभूषित गरिएको हो ।

शान्ति प्रक्रियाका विभिन्न चरणमा पु¥याउनुभएको योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गर्नुभएको भूमिकाका लाागि डा यादवलाई अभिनन्दन गरिएको हो ।

समारोहमा राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साह देखिए झैँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक उत्सवकै रूपमा लिएर सहभागी हुन आमजनतासँग अपिल गर्नुभयो ।
उहाँले संविधानले निर्दिष्ट गरेका विभिन्न तहका निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरूबाट देखाइएको कटिबद्धताको सराहना गर्दै स्वस्थ प्रतिस्पर्धाका लागि दलहरुमा देखिएको अग्रसरताप्रति खुशी व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले सबै निर्वाचनले राजनीतिक स्थायित्व र परिपक्वता कायम गरी हालसम्म प्राप्त उपलब्धिलाई सुदृढ गर्ने र मुलुकलाई सामाजिक र आर्थिक रूपान्तरणको दिशामा अघि बढ्न मार्ग प्रशस्त गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

“युवा अवस्थादेखि नै एक निर्भिक र निडर व्यक्तित्वको पहिचान बनाउनुभएका स्व गणेशमान सिंह नेपाली जनताको स्मृतिमा लौहपुरुष एवं त्यागका प्रतिमूर्तिका रूपमा परिचित हुनुहुन्छ” – उहाँले भन्नुभयो ।

नेपालमा राजनीतिक परिवर्तनका निमित्त लोकतन्त्रवादीहरूबीच सहकार्य गर्न नेता गणेशमानले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “गणेशमानको जन्मजयन्ती मनाइरहेको यस अवसरमा संविधानले निर्देश गरे बमोजिमका सबै तहका निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्णरूपमा सम्पन्न गर्न लाग्नु उहाँप्रति वास्तविक सम्मान गर्नु हो भन्ने मैले सहसुस गरेको छु ।”

पूर्व राष्ट्रपति डा यादवले सबैले स्वीकार गरेको नेपालको संघीय लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

रक्षा मन्त्री तथा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष भीमसेनदान प्रधानले लोकतन्त्रलाई संस्थागत गर्नु नै शहीदको सच्चा सम्मान हो भन्नुभयो ।

राष्ट्रपति भण्डारीले रत्नपार्कस्थित शान्तिबाटिकामा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण पनि गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com