ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थल स्तरोन्नतिमा बजेटको कमी हुँदैन– मन्त्री भट्टराई


admin
मंसिर ७, २०७६ शनिबार   ५ : ४३   बजे

काठमाडौं, ७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थलको विकास तथा स्तरोन्नतिका लागि बजेटको कुनै कमी नहुने बताउनुभएको छ । आज नेपालगञ्ज विमानस्थल विकासका लागि आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री भट्टराईले अन्तरराष्ट्रि«य विमानस्थल निर्माणको गुरुयोजना बनाएर अघि बढेमा पर्यटन वर्षमा धेरै पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

मन्त्री भट्टराईले नेपालगञ्ज–दिल्ली उडान प्राथमिकतामा रहे पनि भारतका तर्फबाट प्राविधिक काम नटुङ्गिएका कारण तत्काल सम्भव हुन नभए पनि त्यसको प्रयास भने भइरहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले नेपालगञ्ज विमानस्थलको गुरुयोजना तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरण र दोस्रो चरणका काम अहिले धमाधम भइरहेका छन् । रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै शुरु हुनेछ ।”दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलमा झण्डै एक हजार १०० यात्रुलाई दैनिक सुविधा पुगेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजनाअनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्ने सो अवसरमा जानकारी दिइयो । हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने जनाइएको छ ।

मन्त्री भट्टराईले आजै व्यावसायिक क्षेत्रका विभिन्न व्यक्तिहरुसँग समेत भेटघाट गर्नुभएको छ । उहाँ आज नेपालगञ्जका विभिन्न कार्यक्रममा सहभागी रहनुभएको छ । बिहान नेपालगञ्ज म्याराथनको उद्घाटन कार्यक्रममा सहभागी भएपछि उहाँले वाटरपार्क परियोजनाको निरीक्षणसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुलुक प्रतिगमन र विध्वंशको दिशामा ः नेकपा नेता , देव, भिडियो ।

अदालतको फैसलाअनुसार भाडा तिर्छौं–दमनकारी नीति अख्तियार गरे ७ सय उद्योगी गिरफ्तारी दिन तयार छौँः अध्यक्ष आलम

सम्बन्धित

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group