ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनको प्रचारमा नेकपाका शीर्ष नेता


admin
७ मंसिर २०७६, शनिबार   ३ : १८   बजे

काठमाडौं, ७ मंसिर । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का शीर्षनेता चुनावी दौडमा व्यस्त हुन थाल्नुभएको छ ।

यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि नेताहरु निर्वाचन हुने जिल्लामा जानेक्रम बढेको छ । चुनावीसभालाई सम्बोधन गर्न आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल बागलुङ पुग्नुभएको छ । नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका बागलुङ–२ ९ख० का खिमविक्रम शाहीका पक्षमा प्रचारप्रसार गर्न उहाँहरु बागलुङ पुग्नुभएको हो ।

बागलुङपछि अध्यक्ष दाहाल र नेता सुवास नेम्वाङ मङ्सिर ११ गते भक्तपुरको सभामा सम्बोधनका लागि जाने नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । भक्तपुर–१ कमा नेकपाका तर्फबाट प्रदेशसभा सदस्यका लागि डिपी ढकाल उम्मेदवार बन्नुभएको छ । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मङ्सिर ११ गते कास्की–२ को अमरसिंह चोकमा हुने आमसभामा सम्बोधनका लागि जाने कार्यक्रम छ ।

चुनावीसभामा सम्बोधन गर्न अध्यक्ष दाहाल पोखरा र दाङ पुगिसक्नुभएको छ । नेकपाले उपनिर्वाचनमा सहजै जित्ने बताउँदै कार्यालय सचिव रिजालले स्थानीय तहका प्रमुख र उपप्रमुखको निर्वाचन हुने क्षेत्रमा पनि नेताहरु जाने तयारी भइरहेको जानकारी दिनुभयो ।
भक्तपुरमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका साथै सचिवालय सदस्य वामदेव गौतमले चुनावीसभालाई सम्बोधन गरिसक्नुभएको छ ।

नेकपाले निर्वाचनमा विजय हासिल गर्न स्थानीय तहमा पनि प्रचारप्रसारलाई तीव्रता दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ बाट विद्या भट्टराई उम्मेदवार बन्नुभएको छ । रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको उक्त क्षेत्रमा पार्टीले उहाँकी धर्मपत्नी भट्टराईलाई उम्मेदवार बनाएको हो ।यसैगरी दाङ–३ ९ख०मा प्रदेशसभा सदस्यका लागि विमला वली उम्मेदवार बन्नुभएको छ । निर्वाचन आयोगले यही मङ्सिर १४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म रिक्त रहेका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको निर्वाचन गराउँदैछ ।

स्थानीय तहमा सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख, पाँचथरको फागुनन्द गाउँपालिकाका अध्यक्ष, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष र हुम्लाको खार्पुथान गाउँपालिकाका उपाध्यक्ष तथा अन्य वडाध्यक्ष गरी ४६ स्थानमा उपनिर्वाचन हँुदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group