ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन : आदर्श गाउँपालिकामा नेकपा र काँग्रेसको प्रतिस्पर्धा


admin

काठमाडौं, ७ मंसिर । जिल्लाको आदर्श गाउँपालिकामा चुनावी माहोल तातेसँगै नेता–कार्यकर्तालाई भोट माग्न भ्याईनभ्याई हुन थालेको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा गाउँपालिका–२ मा चुनावी चहलपहल बढ्न थालेको हो ।

गत वर्ष तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको जिप दुर्घटनामा मृत्यु भएपछि अहिले वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट रामबहादुर बोहरा, नेपाली काङ्ग्रेसबाट महादेव साउद र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझाले उम्मेदवारी दर्ता गराउनुभएको छ । स्थानीय भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । दिवंगत बोहरा नेकपाका हुनुहुन्थ्यो ।
सबै उम्मेदवारले जनताको विकासमा समर्पित हुने प्रतिबद्धता गर्दै आएका छन् । भोट माग्नका लागि अहिले उम्मेदवार किसानका खेतबारी तथा घर–घरमा पुग्न थालेका छन् । निर्वाचनमा मुख्यगरी नेकपाका उम्मेदवार बोहरा र काङ्ग्रेसका उम्मेदवार साउदबीच बढी प्रतिस्पर्धा बढी देखिएको छ ।
स्थानीय हरि खड्काले भन्नुभयो, “भोट माग्न सबै उम्मेदवार आए पनि नेकपा र काङ्ग्रेस उम्मेदवारबीच बढी प्रतिस्पर्धा हुने देखिन्छ, आफ्ना नेता जिताउन ती पार्टीका जिल्लादेखि केन्द्रीय स्तरसम्मका नेता भोट माग्न व्यस्त छन् ।”

वडाध्यक्षको निर्वाचनका लागि गत कात्तिक २७ गते मनोनयत दर्ता गराएका सबै उम्मेदवारले यतिबेला मतदाता रिझाउन घरदैलो कार्यक्रममा जोड दिएका छन् । उम्मेदवारले गाउँमा भएको खानेपानी, शिक्षा, स्वास्थ्य र सडकका लागि विषेश पहल गर्ने भन्दै स्थानीयवासीलाई रिझाउन थालेको बाझककानीका स्थानीयवासी दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “उम्मेदवारहरु स्थानीयवासीका लागि विकास गर्ने भन्दै भोट माग्न गाउँ–गाउँ छिर्न थालेका छन्, पार्टीभन्दा पनि हामी वडाको विकास गर्नेलाई भोट हाल्छौँ ।”

नेताहरु गाउँमा आएपछि अहिले आदर्श गाउँपालिकामा चुनावको निकै सारगर्मी बढेको स्थानीयवासी बताउँछन् । यति मात्र नभई उम्मेदवार खेतमा काम गरिरहेका किसानका खेतबारीमै पुगेर भोट माग्न थालेको अर्का स्थानीयवासी टेकबहादुर खड्काले बताउनुभयो । वडामा कूल दुई हजार ५०० मतादाता छन् ।
मतदातालाई आ–आफ्ना उम्मेदवारका पक्षमा मत माग्न नेकपा र काङ्ग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेतासमेत लागिपरेका छन् ।
“उक्त वडाको निर्वाचनमा हाम्रो विजय सुनिश्चित छ, हामीले सबै तह र तप्काकालाई परिचालन गरेका छौँ”, नेकपाका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले भन्नुभयो, “सबैले ढुक्क भए हुन्छ, यो निर्वाचन हामी जित्छौँ ।”

काङ्ग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले आफ्नो पार्टीले भारी मतले जित्ने उल्लेख गर्दै भन्नुभयो, “जनता काङ्ग्रेसको पक्षमा छन्, यसपालिको चुनाव हामी भारी मतले जित्छौँ ।”

स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवार भएका खड्काले जनतालाई ठूलो सपना देखाएर भोट माग्ने तर सरकारमा गइसकेपछि गाउँ फर्केर कहिल्यै नआउने नेतासँग समयमै सचेत रहन आग्रह गर्दै आउनुभएको छ ।

उपनिर्वाचनका लागि २०० सुरक्षाकर्मी खटिएका छन् । जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि निर्वाचन सुरक्षा व्ययस्थालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाका अन्य प्रहरी चौकी तथा सुदूरपश्चिम प्रदेश प्रहरी गुल्मबाट थप सुरक्षाकर्मी झिकाइ उक्त क्षेत्रमा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनका लागि सशस्त्र प्रहरी बलको दिपायलमा रहेको ३६ नम्बर गणबाट समेत सशस्त्र प्रहरी टोली परिचालन भएको सो गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि सो गाउँपालिकाको मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com